Naya Update

नेपाल सुपर लिग को उपाधि ललितपुर सिटी एफसीलाई

Advertisement

१४ पौष, काठमाण्डौं –  नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले जितेको छ ।

शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ पाएको छ ।

गत सिजनमा उपविजेता बनेको धनगढी एफसी यस पटक पनि उपविजेतामा नै सीमित रह्यो । खेलमा ३७ औं मिनेटमा धनगढीका आफिज ओलावालेले गोल गरेर अग्रता दिलाए पनि त्यसपछि लगातार तीन गोल खायो । खेलको अन्तिम समयमा धनगढीका अहमद हिजाजीले गोल गरे पनि जितका लागि पर्याप्त भएन ।

ललितपुरका लागि पहिलो हाफको अन्तिम समयमा इमोह इजेकेल, ५० औं मिनेटमा दिनेश हेमजन र ५८ औं मिनेटमा पनि इमोह इजेकेलले गोल गरे ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

स्टार स्पोर्ट्सले एनपीएलको प्रत्यक्ष प्रसारण गर्ने

स्टार स्पोर्ट्सले एनपीएलको प्रत्यक्ष प्रसारण गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएको छ। आयोजक क्रिकेट संघ (क्यान)ले शुक्रबार एक का...
युएईलाई हराउँदै नेपाल पहिलोपटक यु-१९ टी२० महिला विश्वकपका लागि छनौट

युएईलाई हराउँदै नेपाल पहिलोपटक यु-१९ टी२० महिला विश्वकपका लागि छनौट

नेपाल आगामी वर्ष हुने आईसीसी यु-१९ टी२० क्रिकेट विश्वकपमा छनोट भएको छ। बुधबार भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै ...
देउडा गायक पार्कीको आवाजमा “सुनकेसरी फुल” बोलको देउडा गीत सार्वजनिक

देउडा गायक पार्कीको आवाजमा “सुनकेसरी फुल” बोलको देउडा गीत सार्वजनिक

पवन औजी/ महेन्द्रनगर। देउडा गायक महेन्द्र राम पार्कीको देउडा गीत "सुनकेसरी फुल" बोलको गीत सार्वजनिक गरिएको छ। मंगलबार गायिक...
महिला फुटबल टिमका मुख्य प्रशिक्षक तामाङले छाडे पद

महिला फुटबल टिमका मुख्य प्रशिक्षक तामाङले छाडे पद

नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पद छाडेका छन्। साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग हा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search