Naya Update

युवाहरूमा अहिले आसा मरेको जस्तो अवस्था भएको छ: गगन थापा

Advertisement

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा भइरहेको सत्ता समीकरण तथा राजनीति उथलपुथलले युवाहरुमा आसा मरेको जस्तो अवस्था भएको बताएका छन्।

आईतबार दक्षिण कोरियामा जनसम्पर्क समिति कोरियाद्वारा आयोजित बृहत अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सरकारका गतिविधिबाट युवाहरूमा आसा मरेको जस्तो अवस्था आएको बताएका हुन्। उनले द्वन्दकालिन समय सम्झदै उक्त समयमा युवाहरूमा युद्ध सकिन्छ र सबै ठिक हुन्छ भन्ने आसा थियो रहेको बताए। तर, अहिले द्वन्द समाप्त भएको अवस्था रहेता पनी युवाहरुमा सत्ता उथलपुथलले आसा मरेको जस्तो देखिएको बताए।

थापाले चर्को भासण गरेर मैले कांग्रेस नेता भएर अर्काेले एमालेको नेता भएर यो देशमा यो हुन्छ भन्ने हैसियत नभएको उल्लेख गरे। उनले अहिले आफ्नो समय आएको र काम, एक्सनबाट प्रमाणित गर्नुपर्ने बताए।

थापाले नेपालमा अस्थिरताको कारण बर्तमान निर्वाचन प्रणाली रहेकोमा जोड दिए। उनले प्रचलित निर्वाचन प्रणाली अनुसार कुनैपनी दलले बहुमत प्राप्त गर्नसक्ने अवस्था नरहेको बताए। यो समस्या समाधानका लागि संसदमा ४० प्रतिशत वा सो भन्दा बढी मत प्राप्त गर्ने दलले सरकारको नेतृत्व गर्नपाउने संविधानमा व्यवस्था गर्नुपर्ने कुरा उल्लेख गरे।

अन्तरक्रिया कार्यक्रमको समापनमा सभापति भजिन्द्र क्षेत्रीले नेपाली श्रमिकहरुको अवस्था, नेपालको बारेमा आयोजना गरिएको बताए। उहाँले कार्यक्रममा सहभागी हुने सम्पुर्ण व्यक्तिहरुप्रति धन्यवाद समेत व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अमेरिका पुगाउने प्रलोभन देखाइ रकम ठगिको आरोपमा कंचनपुरका एक युवक पक्राउ

अमेरिका पुगाउने प्रलोभन देखाइ रकम ठगिको आरोपमा कंचनपुरका एक युवक पक्राउ

वैदेशिक राेजगारीकाे प्रलोभन देखाएर ठगी गरेकाे आराेपमा कञ्चनपुरका एक युवक पक्राउ परेका छन्। वैदेशिक रोजगारीमा अमेरिका पठाइदिन्छु भन...
देवकोटाको अध्यक्षतामा बर्दिया सम्पर्क समिति कोरियाको नयाँ कार्यसमिति गठन

देवकोटाको अध्यक्षतामा बर्दिया सम्पर्क समिति कोरियाको नयाँ कार्यसमिति गठन

भरत देवकोटाको अध्यक्षतामा बर्दिया सम्पर्क समिति दक्षिण कोरियाको नयाँ कार्यसमिति गठन भएको छ। मंगलबार सम्पन्न समितिको पाचौं अधिव...
वि.सं. २०८२ को दूर्वाष्टमी (गोरा पर्व) भाद्रशुक्लपक्षमा पर्ने!

वि.सं. २०८२ को दूर्वाष्टमी (गोरा पर्व) भाद्रशुक्लपक्षमा पर्ने!

प्रा.डा.प्रमोदवर्धन काैण्डिन्न्यायन विगत १५ वर्षदेखि काठमाडाैँस्थित स्वाध्यायशालाबाट प्रकाशन हुँदै आए‌को वैदिकतिथिपत्र (वै...
‍रोस्टरमा रहेका नेपाली श्रमिकलाई छिटो कोरिया लैजान श्रममन्त्रीको राजदूत पार्कलाई आग्रह

‍रोस्टरमा रहेका नेपाली श्रमिकलाई छिटो कोरिया लैजान श्रममन्त्रीको राजदूत पार्कलाई आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताई योङबीच शिष्टाचार भेट भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search