Naya Update

कोरियामा “सेती महाकाली देउडा साँझ भाग-५” आयोजनाको तयारी

Advertisement

दक्षिण कोरियामा नेपालीहरुद्वारा संचालित संस्था सुदूरपश्चिम समाज दक्षिण कोरियाले आगामी सेप्टेम्बरमा “सेती महाकाली देउडा साँझ भाग-५” नामक सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।

शुक्रबार सुदूरपश्चिम समाजले कोरियाको महान चाड छुसकको अवसर पारी सेप्टेम्बर १५ मा कार्यक्रमको आयोजना गर्न लागेको जनाएको हो। समाजले आफ्नो २० बर्षको इतिहासमा पहिलोपटक “हाम्रो गौरव हाम्रो सान हाम्रो संस्कृति हाम्रो पहिचान” भन्ने नारा जारी गरि कार्यक्रम आयोजना गर्न लागेको छ।

कार्यक्रम आयोजनाको उद्देश्य सुदूरपश्चिमको भाषा, कला र संस्कृतिको संरक्षण, सम्बर्द्धन तथा अन्तरार्ष्ट्रिय स्तरमा प्रचारप्रसार तथा आपतकालीन राहतकोष स्थापमा रहेको आयोजक सुदूरपश्चिम समाजले बताएको छ। राजधानी सौलमा बेलुका ४ बजेदेखि राती २ बजेसम्म संचालन हुने कार्यक्रममा सहभागी भई मनोरञ्जन लिन कोरियावासी नेपालीहरूमा आयोजकले आमन्त्रणा प्रकट गरेको छ।

आयोजकले भौतिक उपस्थितिका साथै कार्यक्रममा उपस्थित हुने सहभागीप्रति आर्थिक तथा नैतिक हिसाबले पनि सहयोग गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

माओवादी अध्यक्ष प्रचण्ड घाइते हुँदा अस्पताल भर्ना

माओवादी अध्यक्ष प्रचण्ड घाइते हुँदा अस्पताल भर्ना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्। दाहाल शौचालयमा लडेर घाइते भएका हुन्। टाउको र...
कोरियामा २५६९औं बुद्ध जयन्ती विशेष समारोहको भव्य तयारी 

कोरियामा २५६९औं बुद्ध जयन्ती विशेष समारोहको भव्य तयारी 

दक्षिण कोरियामा २५६९औं बुद्ध जयन्तीको अवसरमा भव्य रूपमा विशेष समारोह कार्यक्रम आयोजना हुने भएको छ। आगामी बैशाख २८ मा कोरिया स्...
कोरिया जान पाउनु पर्ने माग राख्दै ईपीएस कोरिया शाखामा धर्ना

कोरिया जान पाउनु पर्ने माग राख्दै ईपीएस कोरिया शाखामा धर्ना

कोरिया जान पाउनु पर्ने माग राखेर भाषा परीक्षा पास गरेका बसेकाहरूले ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस...

‘कनिष्ठ’लाई प्रअ नियुक्त गरेर शमीभञ्ज्याङ माध्यमिक विद्यालयका अध्यक्षको जापान ‘उडान’

धादिङको ज्वालामुखि गाउँपालिका ३ स्थित शमीभञ्ज्याङ माध्यमिक विद्यालयको प्रधानाध्यापक नियुक्ती विवादमा परेको छ। विद्यालय व्यवस्थापन ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search