सुदूरपश्चिममा चर्चित ऐतिहासिक युद्धकला समावेशको भुवा पर्व मनाइने भएको छ। सुदुरपश्चिमको संस्कृति कलाको संरक्षण, सम्बर्द्धन एवं प्रचारप्रसार गर्ने उद्देशले निर्मित सुदूरपश्चिम् समाज दक्षिण कोरियाले भदौ ३० मा कोरियामा भुवा पर्वको आयोजना गर्न लागेको हो।
सन् २००५ मा स्थापित सुदूरका नौवटै जिल्लाको एउटै छाता संगठन सुदूरपश्चिम समाज दक्षिण कोरियाले विभिन्न उद्देश्य राखि सांस्कृतिक कार्यक्रम गर्दै आइरहेको छ।
यसपटक भने फरक उद्देश्य राखी हाम्रो गौरब हाम्रो सान, हाम्रो संस्कृति हाम्रो पहिचान भन्ने नाराका साथ सुदूरपश्चिमको कला संस्कृतिलाई अन्तराष्ट्रिय स्तरमा संरक्षण, समबर्द्धन र प्रचार प्रसारका निमित्त सेती महाकाली देउडा साँझ भाग–५ आयोजना हुने भएको छ।
कार्यक्रमा सुदूरका राष्ट्रिय कलाकारलाई पनि आमन्त्रित गरिएको सुदूरपश्चिम समाज दक्षिण कोरियाको महासचिव कृष्ण भण्डारीले बताए। सुदूरपश्चिमका नौँ जिल्लाका चर्चित ऐतिहासिक युद्धकला भुवा पनि कार्यक्रमा प्रर्दशन हुनेछ। सुदूरपश्चिमको झल्को दिने गरि कोरिया राजधानी सउलमा २०२४ सेप्टेम्बर १५ तारिखमा कार्यक्रम हुने छ।