Naya Update

विश्वकप लिग टु अन्तर्गत आज नेपाल-क्यानडा भिड्दै

Advertisement

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपालल्र घरेलु टोली क्यानडाको सामना गर्दैछ।

नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ।

त्रिकोणात्मक सिरिजमा नेपाल र क्यानडाको साथै ओमानको पनि सहभागिता छ। त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० सम्म हुनेछ।

त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको दोस्रो खेल असोज २ गते ओमानसँग रहेकोछ। तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध रहेको छ। सबै खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ।

ओडिआई सिरिज सकिएको २ दिन पछि सोहि टोलीबीचमा टि ट्वान्टी आई सिरिज हुनेछ। सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ।

टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा असोज १२ गते नेपालले घरेलु टोलीको सामना गर्दा दोस्रो खेलमा असोज १३ गते ओमानसँग खेल्नेछ।

तेस्रो खेलमा नेपालले असोज १५ गते क्यानडासँग र चौथो खेलमा असोज १६ गते ओमानसँग खेल्नेछ। त्यसपछि लिग टुको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली‌ टोली अमेरिका जानेछ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

माओवादी अध्यक्ष प्रचण्ड घाइते हुँदा अस्पताल भर्ना

माओवादी अध्यक्ष प्रचण्ड घाइते हुँदा अस्पताल भर्ना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्। दाहाल शौचालयमा लडेर घाइते भएका हुन्। टाउको र...
कोरियामा २५६९औं बुद्ध जयन्ती विशेष समारोहको भव्य तयारी 

कोरियामा २५६९औं बुद्ध जयन्ती विशेष समारोहको भव्य तयारी 

दक्षिण कोरियामा २५६९औं बुद्ध जयन्तीको अवसरमा भव्य रूपमा विशेष समारोह कार्यक्रम आयोजना हुने भएको छ। आगामी बैशाख २८ मा कोरिया स्...
कोरिया जान पाउनु पर्ने माग राख्दै ईपीएस कोरिया शाखामा धर्ना

कोरिया जान पाउनु पर्ने माग राख्दै ईपीएस कोरिया शाखामा धर्ना

कोरिया जान पाउनु पर्ने माग राखेर भाषा परीक्षा पास गरेका बसेकाहरूले ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस...

‘कनिष्ठ’लाई प्रअ नियुक्त गरेर शमीभञ्ज्याङ माध्यमिक विद्यालयका अध्यक्षको जापान ‘उडान’

धादिङको ज्वालामुखि गाउँपालिका ३ स्थित शमीभञ्ज्याङ माध्यमिक विद्यालयको प्रधानाध्यापक नियुक्ती विवादमा परेको छ। विद्यालय व्यवस्थापन ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search