Naya Update

एसिसी प्रमियर कपमा नेपाल आज मलेसिया विरुद्ध मैदानमा उत्रदै

Advertisement

ओमानमा आजदेखि सुरू हुन लागेको एसिसी प्रिमियर कममा नेपालले आज मलेसियासँग खेल्दैछ। प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले पहिलो खेल मलेसियासँग खेल्न लागेको हो।

ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा नेपाली समयअनुसार अपराह्न सवा ४ बजेदेखि खेल सुरू हुनेछ।

प्रतियोगितको नेपाल साविक विजेता हो। प्रतियोगितामा १० टिम सहभागी छन्।

समूह ‘ए’ मा रहेको नेपालसँगै समूहमा मलेसिया, कतार, हङकङ र साउदी अरेबिया छन्।

टी-२० फर्म्याटमा हुने कपको आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्।

नेपालले दोस्रो खेल कतारसँग वैशाख १ गते, तेस्रो खेल हङकङसँग वैशाख  ३ गते र चौथो खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्नेछ।

समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ।

यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ। सन् २०२५ को एसिया कप टी-२० फर्म्याटमा हुनेछ। शीर्ष तीन टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन्।

प्रतियोगितालाई आइसिसी टी-२० विश्वकपको तयारीको रूपमा लिइएको छ। गत वर्ष नेपालमा भएको प्रतियोगिता जितेको नेपालका लागि उपाधि रक्षा गर्ने चुनौती पनि छ।

प्रिमियर कप खेल्ने नेपाली टिममा सबै भारतमा एसएमएस फ्रेन्डसिप कप खेलेका खेलाडी छन्। भारतमा गएका आकास चन्द मात्र टिममा छैनन्।

नेपाली टिम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

क्यानमा सहमति: सन्दीपलाई विश्वकप खेल्न अमेरिका पठाउने

क्यानमा सहमति: सन्दीपलाई विश्वकप खेल्न अमेरिका पठाउने

बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न अमेरिका पठाउने विषयमा नेपाल क्रिकेट संघ (क्यान)...
क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्ने बाटो खुला

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्ने बाटो खुला

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको ...
ईपीएस मार्फत वन्यजन्तु क्षेत्रमा पनि नेपाली कामदार लैजाने कोरियाको तयारी

ईपीएस मार्फत वन्यजन्तु क्षेत्रमा पनि नेपाली कामदार लैजाने कोरियाको तयारी

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत वन्यजन्तु क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने भएको छ । वन्यजन्तु क्षेत्र...
टेकराज भट्टको उपचार खर्च जुटाउन सार्वजनिक अपिल

टेकराज भट्टको उपचार खर्च जुटाउन सार्वजनिक अपिल

दक्षिण कोरियामा कार्यरत रहेका टेकराज भट्ट विदामा घर आएको वेला दुर्घटनामा परि यतिबेला जीवन र मरणको अवस्थामा रहेका छन्। कंचनपुरक...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search