सुदुरपश्चिम समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।समाजले आयोजना गरेको दोस्रो खप्तड कप प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको समाजले जनाएको छ ।
भलिबल संघको समन्वयमा सुप समाज दक्षिण कोरियाको आयोजनामा सुवनमा खेलिने प्रतियोगिताको टाइसिट यहि महीना को ०७ तारिख एभरेस्ट करि रेस्टुरेन्ट दोङदेमुनमा राखिएको छ ।
सुप समाजले लामो समय पछि आयोजना गर्न लागेको प्रतियोगितामाको यहि महिना ०७ तारीख आइतबार १२ बजे सम्म टिम दर्ता समय रहेको प्रतियोगिता का ब्यवस्थापन संयोजक तथा समाजका वरिष्ठ उपाध्यक्ष दीपेन्द्र रोकायाले जानकारी दिए ।
वरिष्ठ उपाध्यक्ष रोकायाले लगभग दुई दर्जन भन्दा बढी टिम बिच प्रतिस्पर्धा गराइने जानकारी गराउदै खप्तड कपमा तेस्रो र चौथौ हुने टिमलाइ पनि सान्त्वना पुरुस्कारको व्यवस्था गरेको बताए ।खप्तड कपलाइ विभिन्न व्यवसायी ,संघ संस्थाहरुले सहयोग गरेको छ ।
खप्तड कपको मुख्य प्रायोजक भेटघाट रेस्टुरेन्ट सुवन रहेको छ । समाजले भेटघाट रेस्टुरेन्ट का संचालक नारायण पौडेल संग मुख्य प्रायोजन को लागि सम्झौता गरेको हो ।व्यवसायी पौडेल वाग्लुङ भलिबल टिमका पुर्व कप्तान पनि हुन ।
अजु युनिभर्सिटी सुवन मा संचालन हुने प्रतियोगिता को बैंकिङ्ग पार्ट्नर ग्लोबल आइएमइ बैंक , रेमिटान्स पार्टनर फोनमनी रेमिटान्स र कन्सलटेन्सी पार्ट्नर निमासा कन्सल्टेन्सी रहेको समाजका महासचिव कृष्ण भण्डारी ले जानकारी दिए ।
महासचिव भण्डारीले भलिबल प्रेमी सम्पूर्ण नेपाली दाजुभाइ को उपस्तिथि को लागि अपिल गरेका गर्दै सुप समाज आफैमा बृहत् समाज भएको ले सयौको संख्यामा दर्शको उपस्तिथि रहने जानकारी गराए ।