Naya Update

युवाहरूमा अहिले आसा मरेको जस्तो अवस्था भएको छ: गगन थापा

Advertisement

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा भइरहेको सत्ता समीकरण तथा राजनीति उथलपुथलले युवाहरुमा आसा मरेको जस्तो अवस्था भएको बताएका छन्।

आईतबार दक्षिण कोरियामा जनसम्पर्क समिति कोरियाद्वारा आयोजित बृहत अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सरकारका गतिविधिबाट युवाहरूमा आसा मरेको जस्तो अवस्था आएको बताएका हुन्। उनले द्वन्दकालिन समय सम्झदै उक्त समयमा युवाहरूमा युद्ध सकिन्छ र सबै ठिक हुन्छ भन्ने आसा थियो रहेको बताए। तर, अहिले द्वन्द समाप्त भएको अवस्था रहेता पनी युवाहरुमा सत्ता उथलपुथलले आसा मरेको जस्तो देखिएको बताए।

थापाले चर्को भासण गरेर मैले कांग्रेस नेता भएर अर्काेले एमालेको नेता भएर यो देशमा यो हुन्छ भन्ने हैसियत नभएको उल्लेख गरे। उनले अहिले आफ्नो समय आएको र काम, एक्सनबाट प्रमाणित गर्नुपर्ने बताए।

थापाले नेपालमा अस्थिरताको कारण बर्तमान निर्वाचन प्रणाली रहेकोमा जोड दिए। उनले प्रचलित निर्वाचन प्रणाली अनुसार कुनैपनी दलले बहुमत प्राप्त गर्नसक्ने अवस्था नरहेको बताए। यो समस्या समाधानका लागि संसदमा ४० प्रतिशत वा सो भन्दा बढी मत प्राप्त गर्ने दलले सरकारको नेतृत्व गर्नपाउने संविधानमा व्यवस्था गर्नुपर्ने कुरा उल्लेख गरे।

अन्तरक्रिया कार्यक्रमको समापनमा सभापति भजिन्द्र क्षेत्रीले नेपाली श्रमिकहरुको अवस्था, नेपालको बारेमा आयोजना गरिएको बताए। उहाँले कार्यक्रममा सहभागी हुने सम्पुर्ण व्यक्तिहरुप्रति धन्यवाद समेत व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search