Naya Update

बिना योग्यता ध्यान योगको पछि नलागौं!

Advertisement

चार आश्रम मध्ये गृहस्थाश्रमको वेदादि शास्त्रमा प्रत्यक्ष विधान हुनाले यो आश्रम नै प्रधान र सबैभन्दा श्रेष्ठ आश्रम हो, र अन्य सबै आश्रम को आश्रय र आधार पनि गृहस्थ नै हो।

गृहाश्रमात् परो धर्मो न दृष्टो न च वै श्रुतः।
वासिष्ठादिभिराचार्यैर् ज्ञानिभिः समुपाश्रितः॥
(देवी भा. १ः१४ः६०)
ऐकाश्रम्यं त्वाचार्याः प्रत्यक्षविधानाद् गार्हस्थ्यस्य गार्हस्थ्यस्य॥
(गौ. ध. सू. १ः३ः३५)

यो विषय पनि कथित बाबा/ धर्मगुरु बन्दै हिँडेका नाना वेषधारीले आँफ्ना शिष्यकोटि चेलाहरुलाइ उपदेश गरे राम्रो हुने थियो,  चेलाहरुले सुन्ने थिए। तर बाबाजीहरुले यस्तो उपदेश न दिएर राधे-राधे हरे-हरे राम-राम शिव-शिव नारायण-नारायण गर्दै भौँतारिँदै हिड भन्ने खाले उपदेश र सबैलाई वर्णाश्रमजातिकुलभेदादि नहेरि एकैनासो धर्मोपदेश दिन्छन्। सन्न्यास आश्रम नै आदर्श हो भन्नेखाले उपदेश पनि दिँदै हिँड्छन्। सन्न्यास लिने ३ प्रकारकाले हो भनेर  बुझिन्छ।

१. ब्रह्मचर्य मै वेद- उपनिषदादि शास्त्र गुरुबाट पढेर उत्थेरै अति तीव्र वैराग्य उत्पन्न भैसकेको वेद-वेदाङ्गविद् कुलीन द्विजश्रेष्ठ ब्राह्मणले

२. ब्रह्मचर्यबाट गृहस्थमा प्रवेश गर्नका लागि आर्थिक रूपले असमर्थ व्यक्ति , विवाह गरि परिवार चलाउन सामर्थ्य न भएको असमर्थ र विवाहगरि कुटुम्ब चलाउन नसक्ने स्थितिमा रहेकाले।

३. गृहस्थ या वानप्रस्थ मा रहँदा वेदा-वेदाङ्गादि अध्ययनपश्चात्  तीव्र वैराग्य उत्त्पन्नले। सामान्यतया यी ३ प्रकारले लिने भनिएको छ।

एस्तै अचेलका धेरैजसो सन्त भनिएकाहरु गृहस्थी भन्दा पनि जीवन मा अति असन्तुष्ट (अ)सन्त प्रपञ्ची नै रहेको देखिन्छ। जीवनमा अत्यधिक असन्तुष्टि हुनाले कुनै बाटो न पाएर, गृहस्थादि आश्रमधर्म चलाउनमा र गृहस्थको जिम्मेबारी लिएर परिवार चलाउने प्रति असमर्थता रहेको हुनाले यस्तो भयका कारणपनि  (अ)सन्त (कु)सन्त बन्दै हिँडे जस्तो पनि देखिन्छ। कुनै मठ/पीठमा आबद्ध भै बाबा/ सन्त बने जीवनपर्यन्त आफ्नो आजीविका सुरक्षित रहेलाकि भनेर पनि सन्त बनेका हुन् कि भनेर उनिहरुको क्रियाकलाप र गृहस्थी भन्दा पनि महाप्रपञ्ची र आडम्बरी व्यवहारबाट बुझिन्छ।

यस्तै क्षत्रिय वैश्यशूद्रादिको वैदिक सन्न्यास प्रति अधिकार रहदैन भन्ने कुरो भगवद्पाद आद्यशङ्कराचार्य का निम्न टीका बाटै बुझिन्छ।

न हि क्षत्रियवैश्ययोः परिव्राज्यप्रतिपत्तिरस्ति॥४ः५ः१५॥
(बृ.उ. वृत्ति)
ब्राह्मणानामेवाऽधिकारो व्युत्थाने॥३ः५ः१॥
(बृ.उ. वृत्ति)

वास्तवमा आँफ्ना कर्तव्यकर्म पूरा नगरी ,मोक्षकै इच्छा पनि राम्ररी नै गरेता पनि त्यो त पतित हुञ्छ भनिएकै छ शास्त्रमा।

सन्न्यास लिए मात्रै आत्मज्ञान ईश्वरलाभ मोक्ष या मुक्ति मिल्छ अन्यथा मिल्दैन भन्नु बेतुकी र आधारहीन अशास्त्रीय कुरा हो।युवाहरु यस्ता भ्रमतिर लागेर विरागी बन्दै हिड्ने हैन। आ-आँफ्नो कर्तव्यकर्म निष्ठापूर्वक न्यायपूर्वक र धर्मपूर्वक निर्वहन गर्नाले ईश्वरलाभ स्वतः मिल्छ लौकिक र पारलौकिक सुख पनि स्वतः मिल्छ र आत्मज्ञान को अध्ययन र उपासना पनि गृहस्थमै रहेरै गर्न सकिन्छ र गृहस्थीपनि अधिकारी हुन् भनेर बुझ्नु पर्छ। गृहस्थाश्रम नै सर्वश्रेष्ठ आश्रम र अन्य सबै आश्रमको आधार पनि हो।

लौकिक विषयबाट अत्यन्तै तीव्र वैराग्य जागे मात्रै सन्न्यास लिने हो। सन्न्यास लिएकाले १ कौडीपनि दानादि लिएर सङ्ग्रह गर्न थाले त्यो स्थलमा दिनदिनै सहस्रगाई वध गरेको पाप सन्न्यासिलाइ लाग्छ भनेर शास्त्रमा भनिएकै छ।

प्रतिग्रहं न गृह्णीयान् नैव चाऽन्यं प्रदापयेत्।
प्रेरयेद् वा तथा भिक्षुः स्वप्नेऽपि न कथाचन॥
(नारदपरिव्राजकोपनिषद्)
परार्थं न प्रतिग्राह्यं न दद्याच्च कथञ्चन।
(सन्न्यासोपनिषद्)
वराटके सङ्गृहीते तत्र तत्र दिनेदिने।
गोसहस्रवधं पापं श्रुतिरेषा सनातनी॥
(स्क.म.पु.)

*ऋणैर् त्रिभिर् द्विजो जातो देवर्षिपितॄणाम् प्रभो।*
*यज्ञाध्ययनपुत्रैस् तान्यनिस्तीर्य त्यजन् पतेत्॥*
*(श्रीमद्भागवत १०ः८४ः३९)*

वर्णाश्रमधर्मको पालनामा जोड दिँदै भागवतमा द्विजाति जन्मदैमा ऋषिऋण ,पितृऋण र देवऋण बोकेरै जन्मेको हुञ्छ, वेद पढेर, सन्तानलाई जन्म दिएर वैदिक शिक्षादीक्षा दिइ तिनलाइ हुर्काएर तथा यथाशक्ति यज्ञयागादि गरेर ती ऋण तिर्ने काम नगरिकन सन्न्यास लिनतिर लागेमा उ पतित हुञ्छ मुक्त हुन सक्दैन भन्ने कुरा पनि स्पष्ट रूपमा उल्लिखित छ।

आँखी चिम्म गरि हुलमा बसेरै योग ध्यान गर्दैमा सित्तैमा मोक्ष मिल्ने भए त वेदादि शास्त्रको के प्रयोजन् नै हुन्थ्यो र?
धार्मिक् मार्गमा हिँडेर वेदोक्त नित्य ,नैमित्तिक र काम्य कर्मादि र स्वशाखा को स्वाध्याय पनि गरि धर्म, अर्थ र काम पुरुषार्थ संयक् गर्नुपश्चात् नै गृहस्थहरु मोक्ष को खोजिमा लाग्नु उचित हो। पुरुषार्थ गर्ने मार्ग देखाउन नै ऋषिहरुलाइ वेदादि श्रुति भएका हुन् र अनादि परम्पराबाट हामी तक वेद पुगेका हुन्।

यदि वेदादि शास्त्र को आलम्बन नै नलिएर सिधै वेदनिरपेक्षमार्गद्वारा मोक्ष मिल्ने बाटो थियो भने त वेद नै निरर्थक् हुने थिये। अतः वेदनिरपेक्ष मार्गद्वारा सिधै योगादि ध्यान गरि या योग्यता र अधिकारित्व विना सिधै वेदान्तमा हाम् फालि सर्टकट् ( shortcut) मार्गबाट मोक्ष मिल्दै मिल्दैन भनेर बुझ्नुपर्छ। गृहस्थमा प्रवेश गरेपछि सन्तानलाई जन्म दिएर उनिहरु आत्मनिर्भर भैसकेपछि अब सप्पै जिम्मेबारी बाट मुक्त भइयो भन्ने स्थिति पुगेपछि, आफ्नो स्वशाखीय उपनिषदादि गुरुबाट अध्ययन गरि आत्मतत्व बुझि, अनि उपनिषद् ले बताएको मार्ग आलम्बन गरी, उपनिषदोक्त मन्त्रध्यान ओंकारोपासनादि गरे बल्ल आत्मसाक्षात्कार को बाटो खुल्ला।

सन्मार्गबाटै पनि मोक्ष सिद्ध हुनु त धेरै दुर्लभ नै रहन्छ। अतः अविवाहित र अनेक आशा पाशा ले वृद्ध युवा युवती र विवाहित, स-साना बच्चा रहेका गृहस्थी पनि मोक्ष चाहियो भन्दै, हुल् मा बसेर ध्यान गर्ने या हामी सबै ब्रह्म हो भन्दै भौतारिदैं हिडें मोक्ष मिल्नु त धेरै टाढा को विषय हो, गृहस्थ जीवन पनि खलबलिन्छ, परेकाले बुझेकै पनि होलान्। अतः मुक्ति तक पुराइदिन्छौं भन्दै ठगधन्धा भावातीत योग ध्यानादि चलाएकाहरुबाट र कथित सबै ब्रह्म हो भन्दै योग्यता पनि न हेरि सबैलाइ वेदान्त को समानोपदेश उपदेश दिदै हिँडेका नक्कली वेदान्ती बाट जोगिएर आफ्नो गृहस्थ को कर्तव्य निभाउनतिर लागे, गृहस्थधर्म को निष्ठापूर्वक निर्वहनद्वारा नै आत्मसाक्षात्कार को मार्ग पनि सहज हुँदै जान्छ।

कामधाम छोडेर मात्रै नामजपादि गरि विविध उपासनादि मात्रै गरि भौतारिदैं हिँडे पनि मोक्ष मिल्दैन। त्यसकारण बिना योग्यता र अधिकारित्व मा ध्यान नदिएर लूटधन्दा प्रयोजनार्थ योगध्यानको मात्र पछि नलागौं।

निरञ्जन् शर्मा सुवेदी(बिई/एमबिए) दिप(संस्कृत), संस्कृत शिरोमणि मध्यमा(शास्त्री/बिए), एमए(संस्कृत)

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search