Naya Update

पिता र माता(बा र आमा) बराबर हैनन्!

Advertisement

डा.सम्मोद आचार्य/काठमाडौं

पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले झुक्याएर समाजमा दुःखी आमा बढाउने तथा अबोध शिशुलाइ आमाको ममताबाट वञ्चित गर्नेे  षड्यन्त्र रचिएको हो। यस्तो धारणा चलाइएको थियो।

आजभोलि शारीरिक र मानसिक रूपमा धेरै भिन्न भएका स्त्री र पुरुष बराबर हुन् भनेर भन्नु र एकै काम गर्नुमा नै राम्रो हो  भन्ने हास्यास्पद कुरा नारीको शरीरमा आत्मा हुञ्छ कि हुँदैन भनेर केही समय अघिसम्म विवाद गर्ने पश्चिमाहरुले सुनियोजित रूपमा फैलाइदिएकाले अनि हाम्रो शिक्षा पनि विदेसिकै हातमा परी हाम्रो सनातन धार्मिक मूलपरम्परामा नारीहरुको विशेष आदर र संरक्षण गर्नेे सिद्धान्त भएको कुरा धेरैले बुझ्न नदिइएकाले र ती नराम्रा हुन् भनाउन प्रायोजित कथा नाटक उपन्यास चलचित्र बनाउन लगाइ उल्टो प्रचार समेत गराएकाले हो।

मध्यकालमा र पछिको  कालमा शास्त्रको ज्ञान कम भएर वा अश्रद्धाले नारीको सम्मान र संरक्षणमा केही विचलन पनि देखा परेकाले साधारण जनसमुदाय पनि बहकिएको देखियो। शरीरविज्ञानका दृष्टिले हेर्दा पनि  नारी पुरुषको शरीरको रचनामा मात्र हैन विभिन्न कारणहरु जस्तै शारीरिकस्राव (हर्मोनहरु) का कारणले शारीरिक र मानसिक गुण र  क्षमता पनि सामान्य रूपमा भिन्न हुञ्छ। अपवादका कुरा छुट्टै हुन्।

मानसिक वा भौतिक गरीबी वा अज्ञानका कारण नारीलाइ पुरुषले गर्ने जस्ता कडा शारीरिक मानसिक श्रम निरन्तर गर्नुपर्ने काम गराएमा नारीको शरीरमा असामान्य परिवर्तन देखा पर्छ भन्ने कुरा पनि धेेरैले यो बहकाउमा आएर बुझ्न नपाएको देखियो। बालबच्चाको लालन पालनमा चााहिने असीम धेेर्य र ममता दिने क्षमता पुरुषमा सामान्यतया पाइँदैन। केवल शरीरविज्ञानका दृष्टिले मात्रै पनि पनि ९ मैनासम्म गर्भमा हुर्काएर अनि जन्मेपछि पनि महिनौंसम्म  शिशुलाइ केवल आफ्नो दुधकैै धाराले पाल्ने शक्ति आमालाई मात्र दिइएको छ पिता एसबाट वञ्चित छन्। आमा पिताभन्दा १००० गुना बढी मान्य हुन् भन्ने कुरा मनुस्मृति पनि छ।

उपाध्यायान् दशाऽऽचार्य आचार्याणां शतम् पिता।
सहस्रन् तु पितॄन्मातागौरवेणातिरिच्यते।।

भनेर मनुस्मृतिमा स्पष्ट पारिएको छ। तर समानता भनेर बहकाउनेहरुले नारीको शिशु गर्भमा छँदादेखि पालन पोषण गर्ने ममता दिएर हुर्काउने अति नै महत्त्वपूर्ण कार्यको उपेक्षा गरी पुरुष सरह हुन अरु काम  गर्नुपर्छ भनेर नारीलाइ दोहोरो कार्यको भार दिएर दुःख दिँदै  नारीहरुलाइ आफ्नो कर्तव्य र अधिकारबाट वञ्चित गराई तिनका अबोध शिशुको आमाको माया पाउने अधिकारबाट वञ्चित गर्ने  निन्दनीय कार्य गरीरहेका छन्। तिनै बाल अधिकार भन्दै ठग्न पनि उत्तिकै लागेका देखिञ्छन्।

गरीबी बढाउने, कुशिक्षा फैलाउने विदेसीका गोटी बनेको शासन र कथित बुद्धिजीवीका बहकाउमा नपरौँ।  पेटमा हुँदा आमाको शारीरिक मानसिक पोषणबाट  अनि जन्मेपछि पनि आमाको स्तनपान पर्याप्त मात्रामा गर्दै, आमाको काखमा लुटपुटिदैं “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” भन्ने कुराको अनुभव गर्न पाउने प्रत्येक शिशुको प्राथमिक अधिकार हो।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९औँ साधारण सभा र अधिवेशन जनवरी १८ मा आयोजना हुने

सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९औँ साधारण सभा र अधिवेशन जनवरी १८ मा आयोजना हुने

दक्षिण कोरियामा क्रियाशील सुदूरपश्चिम समाजले आगामी जनवरी १८ मा आफ्नो १९औँ साधारण सभा तथा अधिवेशन भव्य रूपमा सम्पन्न गर्ने तयार...
दक्षिण कोरियामा ‘G–1 भिसा’ दुरुपयोग बढ्दो, नेपाली दूतावासको कडा चेतावनी

दक्षिण कोरियामा ‘G–1 भिसा’ दुरुपयोग बढ्दो, नेपाली दूतावासको कडा चेतावनी

दक्षिण कोरियामा पछिल्लो समय G-1 (Refugee/Humanitarian) भिसा दुरुपयोग गर्ने प्रवृत्ति तीव्र रूपमा बढ्दै गएपछि सिओल स्थित नेपाली...
रास्वपा प्रवास विभाग–दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, युबिन श्रेष्ठ नेतृत्वमा नयाँ कार्यसमिति घोषणा

रास्वपा प्रवास विभाग–दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, युबिन श्रेष्ठ नेतृत्वमा नयाँ कार्यसमिति घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग–दक्षिण कोरियाले आईतबार राजधानी सौलमा आयोजना गरेको दोस्रो अधिवे...
“डिसेम्बर १५ देखि सुरु हुने ९% ब्याजमा विदेशी ऋण: सिन्हान बैंकमा एक महिना तलब थापेकामात्र योग्य”

“डिसेम्बर १५ देखि सुरु हुने ९% ब्याजमा विदेशी ऋण: सिन्हान बैंकमा एक महिना तलब थापेकामात्र योग्य”

दक्षिण कोरियाली वित्तीय क्षेत्रको अग्रपंक्तिमा रहेको सिन्हान बैंकले विदेशी नागरिकहरूका लागि नयाँ र अत्यन्तै सुविधाजनक ऋण योजना...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search