Naya Update

तीनकुनेको हिंसात्मक घटना कुनै राजनीतिक दलबाट प्रेरित थिएन: गृहमन्त्री लेखक

Advertisement

गृहमन्त्री रमेश लेखकले तीनकुनेको हिंसात्मक घटना कुनै राजनीतिक दल प्रेरित नभएको बताएका छन्। शुक्रबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लेखकलाई चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनाको जानकारी दिन बैठकमा बोलाएपछि उनले संविधान उल्ट्याउने र यो व्यवस्था उट्याउने ढंगले भएको बताएका हुन्।

उनले भने, ‘आफ्ना अगुवाबाट उत्तेजित अभिव्यक्ति र निर्देशित भीडले जानीजानी अन्नपूर्ण पोस्ट् र कान्तिपुरको कार्यालयमा ढुंगामुढा गरियो र आगो फालियो, लगाइयो।’

संविधान र गणतान्त्रिक व्यवस्थाभित्र रहेर शान्तिपूर्ण प्रदर्शनलाई सरकारले स्वागत गरिरहेको जानकारी दिए। ‘तीनकुने भएको कार्यक्रम हिंसात्मक, अमानवीय, अमार्यादित र उच्छिङ्खल ढंगले भएको छ।’ उनले भने, ‘संविधान र गणतान्त्रिक व्यवस्थाभित्र रहेर शान्तिपूर्ण प्रदर्शनलाई सरकारले स्वागत गरिरहेको छ। तर यो प्रदर्शनको उद्देश्य नेपालको वर्तमान संविधान उल्ट्याउने र यो व्यवस्था उट्याउने, समावेशि चरित्र समाप्त गर्ने उद्देश्यबाट प्रेरित थियो। यदि यो कार्यक्रमलाई शान्तिपूर्ण प्रदर्शन गर्ने, आफ्नो धारणा राख्ने, सरकारलाई खबरदारी गर्ने र ध्यानाकर्षण गर्ने उद्देश्यले प्रेरित थियो भन्यो भने ठिक हुँदैन। यसमा द्विविधा छैन।’

उनले फागुन ७ गतेको अभिव्यक्ति र विगतका पृष्ठभूमिलाई केलाएर हेर्दा व्यवस्था खारेज गर्ने गरी अगाडि बढेको धारणा राखे। उनले निजी घर, सञ्चार गृह, दमकल र प्रहरीलाई समेत आक्रमण भएको बताए। उनले भने, ‘आफ्ना अगुवाबाट उत्तेजित अभिव्यक्ति र निर्देशित भीडले जानीजानी अन्नपूर्ण पोस्ट् र कान्तिपुरको कार्यालयमा ढुंगामुढा गरियो र आगो लगाइयो, राजनीतिक दलको कार्यालय र निजी घरमा तोडफोड र आगजनि भयो। भाटभटेनी तोडफोड भयो । जडिबुटीको उद्योगमा आगो लगाएर पूर्ण ध्वस्त बनाइयो।’

गृहमन्त्री लेखकले तीनकुनेमा भीडलाई उत्तेजक बनाउने काम भएको उल्लेख गरे। ‘संसद् भवन कब्जा गर्नुस् भनेर बोलेर भीडलाई उत्तेजक बनाउने काम भयो, निषेधाज्ञा तोड्ने गतिविधि भयो, त्यसपछि उत्तेजित भीड विभिन्न ठाउँमा आगजनी र तोडफोडमा उत्रियो।’

लेखकले दमकललाई जान नदिई तोडफोड गरेको र प्रहरीमाथि नै आक्रमण भएकाले घर जल्न पुगेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कुवेतसँग ३ रनको हारले नेपाल उपविजेतामा सीमित

कुवेतसँग ३ रनको हारले नेपाल उपविजेतामा सीमित

पवन औजी/कंचनपुर: हङकङमा भएको चारदेशीय टी–२० आई शृङ्खलामा नेपाल उपविजेतामा सिमीत रहदा उपाधि कुवेतले जितेको छ। आइतबार भएको फाइनलमा न...
कंचनपुरमा लागूऔषध चरेश सहित एक जना पक्राउ

कंचनपुरमा लागूऔषध चरेश सहित एक जना पक्राउ

पवन औजी/कंचनपुर: कंचनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ भुुमिराज टोलबाट ४ सय ९२ ग्राम चरेशसहित एक जनालाई पक्राउ गरिएको छ। ...
सुदुरपश्चिम समाज दक्षिण कोरियाद्वारा नयाँ बर्षको शुभकामना आदानप्रदान एवं देउडा कार्यक्रम सम्पन्न

सुदुरपश्चिम समाज दक्षिण कोरियाद्वारा नयाँ बर्षको शुभकामना आदानप्रदान एवं देउडा कार्यक्रम सम्पन्न

सुदुरपश्चिम समाज दक्षिण कोरियाले नेपाली नयाँ वर्ष २०८२ सालको अवसरमा शुभकामना आदानप्रदान एवं देउडा कार्यक्रम सम्पन्न गरेको छ । ...
गायक औजी र परियारको आवाजमा ‘देउराली भाकम्ला’ बोलको गित सार्बजनिक

गायक औजी र परियारको आवाजमा ‘देउराली भाकम्ला’ बोलको गित सार्बजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: गायक पवन औजीको ‘देउराली भाकम्ला’ बोलको दोहोरी गित सार्बजनिक भएको छ। पवन औजी र सोनिया परियारको आवाज रहेको '...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search