पवन औजी/कंचनपुर: गए राती आएको हावाहुरी सङ्गै भारी बर्षाका कारण कञ्चनपुरका अधिकांस क्षेत्रमा विद्युत अवरुद्ध हुदा स्थानीयहरु समस्यामा परेका छन्। बुधबार साँझ हावाहुरीसँगै आएको बर्षाले विद्युत सेवा अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती खेप्नु परेको हो।
कंचनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगर, शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र कञ्चनपुरको दक्षिणी क्षेत्रमा विद्युत् सेवा आपुर्तिमा समस्या आएको नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवले जानकारी दिनुभयो।
उहाँले हावाहुरीसँगै परेको पानीले विद्युत लाइनमा क्षति पुगाएकोले मर्मतका लागि विद्युत् प्राधिकरण टोली बिहानैदेखि खटिएको बताउनु भएको हो। समस्याको समाधान छिटो छरितो गर्नका लागि प्राबिधिक खटाइएको जनाइएको छ।
साथै गहु काटेर खेतबारीमा राखेका किसानहरुलाई गहु मा पानी परेर कतिपयको खराब भएको र सुकाउन राखेको र सोचे जस्तो गहु नहुने भन्दै कंचनपुरका किसानहरु चिन्तित भएका छन। कंचनपुरको भिमदत्त ५ का रमेश दयालले गहु चुट्न जम्मा थुप्र्याएर राखेको गहुँमा चुट्ने थ्रेसर आइरहेका बेला हावाहुरि सङ्गै आएको बर्षाका कारण गहुँ नचुट्न पाउँदा र अब चार पाँच दिन सुकाउन लाग्ने हुँदा सोचे जति गहुँ नहुने भन्दै चिन्ता व्यक्त गरेका हुन।