Naya Update

सुदुरपश्चिम समाज दक्षिण कोरियाद्वारा नयाँ बर्षको शुभकामना आदानप्रदान एवं देउडा कार्यक्रम सम्पन्न

Advertisement

सुदुरपश्चिम समाज दक्षिण कोरियाले नेपाली नयाँ वर्ष २०८२ सालको अवसरमा शुभकामना आदानप्रदान एवं देउडा कार्यक्रम सम्पन्न गरेको छ । सुदुरपश्चिममा प्रतेक नयाँ बर्षको अवसरमा मनाइदै आएको मौलिक विशु पर्वको अवसर पारी देउडा खेल सहित मनोरञ्जनात्मक कार्यक्रम को आयोजना गरेको हो ।

आइतबार सम्पन्न भएको शुभकामना आदानप्रदान एवं मनोरञ्जनात्मक कार्यक्रममा सुदुर पश्चिम घर भइ हाल कोरियामा विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरुको वाक्लो उपस्थित रहेको थियोे ।

आइतबार सु-सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रम मा लोकप्रिय देउडा गायिका गिता चनाराको प्रस्तुती रहेको थियो । गायिका गिताले कर्णाली र सुदुरपश्चिमको लोक भाका र देउडा गितमा प्रस्तुती दिई मनोरञ्जन गराएकी थिइन । सोही कार्यक्रममा गायिका लाई समाजका अध्यक्ष महेश भट्टले प्रसंशाप्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कोरियाको राजधानी सौलमा सम्पन्न कार्यक्रम मा सुदुरपश्चिम समाजका अध्यक्ष महेश भट्ट को सभापतित्व र समाजका संरक्षक जितेन्द्र महताको प्रमुख अथिती रहेका थिए ।

कार्यक्रम मा शुभकामना मनतव्य राख्दै प्रमुख अथिती महताले सम्पुर्ण सुदुर पश्चिम मा मनाइने लोकप्रिय विशु पर्वको पौराणिक इतिहास वारे चर्चा गरे ।महताले सबैमा सुख शान्ति र उत्त गति सहित देश विदेश मा रहेका सम्पुर्ण नेपालीहरुको मनोकामना पूरा होस भन्ने शुभकामना सन्देश व्यक्त गरे ।

कार्यक्रम मा जीतेन्द्र महता, ईश्वर धामी , नरेश रावल, दिपेन्द्र रोकाया ,नेत्र कुवर, कृष्ण भण्डारी लगायत ले आफ्नो मौलिक प्रस्तुति राखेका थिए । कार्यक्रम का सभापती महेश भट्टले शुभकामना व्यक्त गर्दै सबैले समाजलाइ गरेको सहयोग प्रती धन्यवाद व्यक्त गरे, शुभकामना आदानप्रदान कार्यक्रम को सन्चालन समाजका महासचिव नवराज तिमिल्सिनाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कुवेतसँग ३ रनको हारले नेपाल उपविजेतामा सीमित

कुवेतसँग ३ रनको हारले नेपाल उपविजेतामा सीमित

पवन औजी/कंचनपुर: हङकङमा भएको चारदेशीय टी–२० आई शृङ्खलामा नेपाल उपविजेतामा सिमीत रहदा उपाधि कुवेतले जितेको छ। आइतबार भएको फाइनलमा न...
कंचनपुरमा लागूऔषध चरेश सहित एक जना पक्राउ

कंचनपुरमा लागूऔषध चरेश सहित एक जना पक्राउ

पवन औजी/कंचनपुर: कंचनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ भुुमिराज टोलबाट ४ सय ९२ ग्राम चरेशसहित एक जनालाई पक्राउ गरिएको छ। ...
सुदुरपश्चिम समाज दक्षिण कोरियाद्वारा नयाँ बर्षको शुभकामना आदानप्रदान एवं देउडा कार्यक्रम सम्पन्न

सुदुरपश्चिम समाज दक्षिण कोरियाद्वारा नयाँ बर्षको शुभकामना आदानप्रदान एवं देउडा कार्यक्रम सम्पन्न

सुदुरपश्चिम समाज दक्षिण कोरियाले नेपाली नयाँ वर्ष २०८२ सालको अवसरमा शुभकामना आदानप्रदान एवं देउडा कार्यक्रम सम्पन्न गरेको छ । ...
गायक औजी र परियारको आवाजमा ‘देउराली भाकम्ला’ बोलको गित सार्बजनिक

गायक औजी र परियारको आवाजमा ‘देउराली भाकम्ला’ बोलको गित सार्बजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: गायक पवन औजीको ‘देउराली भाकम्ला’ बोलको दोहोरी गित सार्बजनिक भएको छ। पवन औजी र सोनिया परियारको आवाज रहेको '...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search