पवन औजी/कंचनपुर: कंचनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ भुुमिराज टोलबाट ४ सय ९२ ग्राम चरेशसहित एक जनालाई पक्राउ गरिएको छ।
आइतबार भारत तर्फ गइरहेका बिर्ख रोकायालाई चेकजाच गर्ने क्रममा सशस्त्र प्रहरी बल भुुमिराज बिओपी बाट खटिएको टोलीले ४ सय ९२ ग्राम चरेश सहित पक्राउ गएइएको हो।
बरामद गरेको चरेश र रोकायालाई सशस्त्र प्रहरीले कानुुनी पक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय कंचनपुरलाई बुुझाएको छ। यस्तै घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जानकारी दिएको छ।