Naya Update

कुवेतसँग ३ रनको हारले नेपाल उपविजेतामा सीमित

Advertisement

पवन औजी/कंचनपुर: हङकङमा भएको चारदेशीय टी–२० आई शृङ्खलामा नेपाल उपविजेतामा सिमीत रहदा उपाधि कुवेतले जितेको छ। आइतबार भएको फाइनलमा नेपाललाई ३ रनले हराउँदै कुवेतले उपाधि जितेको हो।

कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १७१ रनमात्र बनाएको थियो।

नेपालका लागि बसिर अहमदले ४३ बलमा ८० रन बनाएका थिए भने नन्दन यादवले ३७ रन र आसिफ शेखले २१ रन बनाउदा अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कको रन जोड्न सकेनन्।

यस्तै कुवेतका लागि अनुदीप चेन्थमाराले सर्वाधिक ३ विकेट लिए। यासिन पटेल र नवीनराज राजेन्द्रनले २/२ विकेट हात पार्दा मोहम्मद शफीक र मोहम्मद असलमले पनि १/१ विकेट लिएका थिए।

कुवेतका लागि रविजा सन्दारुवानले अर्धशतकीय पारि खेलेका थिए।

यस्तै नेपालका लागि सोमपाल कामी र नन्दन यादवले २/२ विकेट लिँदा करण केसी र कुशल भुर्तेलले १/१ विकेट हात पारेका थिए।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कुवेतसँग ३ रनको हारले नेपाल उपविजेतामा सीमित

कुवेतसँग ३ रनको हारले नेपाल उपविजेतामा सीमित

पवन औजी/कंचनपुर: हङकङमा भएको चारदेशीय टी–२० आई शृङ्खलामा नेपाल उपविजेतामा सिमीत रहदा उपाधि कुवेतले जितेको छ। आइतबार भएको फाइनलमा न...
कंचनपुरमा लागूऔषध चरेश सहित एक जना पक्राउ

कंचनपुरमा लागूऔषध चरेश सहित एक जना पक्राउ

पवन औजी/कंचनपुर: कंचनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ भुुमिराज टोलबाट ४ सय ९२ ग्राम चरेशसहित एक जनालाई पक्राउ गरिएको छ। ...
सुदुरपश्चिम समाज दक्षिण कोरियाद्वारा नयाँ बर्षको शुभकामना आदानप्रदान एवं देउडा कार्यक्रम सम्पन्न

सुदुरपश्चिम समाज दक्षिण कोरियाद्वारा नयाँ बर्षको शुभकामना आदानप्रदान एवं देउडा कार्यक्रम सम्पन्न

सुदुरपश्चिम समाज दक्षिण कोरियाले नेपाली नयाँ वर्ष २०८२ सालको अवसरमा शुभकामना आदानप्रदान एवं देउडा कार्यक्रम सम्पन्न गरेको छ । ...
गायक औजी र परियारको आवाजमा ‘देउराली भाकम्ला’ बोलको गित सार्बजनिक

गायक औजी र परियारको आवाजमा ‘देउराली भाकम्ला’ बोलको गित सार्बजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: गायक पवन औजीको ‘देउराली भाकम्ला’ बोलको दोहोरी गित सार्बजनिक भएको छ। पवन औजी र सोनिया परियारको आवाज रहेको '...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search