Naya Update

वास्तु शास्त्र अनुसार उत्तर तर्फ शिर गरेर सुत्ने गर्दा आउँछ यस्तो समस्या

Advertisement

तपाईले अग्रजहरुबाट वा कतै पढ्नु वा सुन्नु भएको होला सुत्ने समयमा शिर कुन दिशामा पार्नुपर्छ भन्ने।

वास्तु शास्त्र अनुसार उत्तर दिशामा खुट्टा र दक्षिण दिशामा शिर गरेर सुत्नु सवैभन्दा उचित मानिन्छ। तर केही मानिस यसलाई अन्धविश्वासका रुपमा हेर्छन्। तर वास्तवमा यसको पछाडि बैज्ञानिक कारण तथा स्वास्थयसम्बन्धी कारण रहेको छ।

थाहा पाउनुस् यसको बैज्ञानिक कारण

मानव शरीरमा शिरले सकारात्मक ऊर्जा को प्रवाह गर्छ र यसलाई चुम्बकीय उत्तर भनिन्छ। यस्तोमा यदी हामी उत्तर तर्फ शिर गरेर सुत्छौं भने उत्तर दिशाको सकारात्मक ऊर्जा आपसमा प्रतिरोध गर्छन्। जसरी चुम्बकका समान ध्रुब एक आपसमा जोडिनुको सटा एकले अर्कालाई धकेल्छन्।

यस्तोस्थितिमा जब हामी उत्तर तर्फ शिर गरेर सुत्छौं तब हाम्रो निन्द्रामा समस्या आउँन सक्छ। जसका कारण राम्रो सँग निदाउन सकिदैन। यस्तोमा हाम्रो हात, खुट्टाका पीडा महसुस हुनेगर्छ।

यसै कारण उत्तर दिशामा शिर बनाएर सुत्दा बिरामी पर्ने सम्भावना बढी हुन्छ।

जबकि यसको विपरीत उत्तरतर्फ खुट्टा पारेर दक्षिण दिशामा शिर गरेर सुत्दा हाम्रो सिरबाट सकारात्मक ऊर्जा को प्रवाह सही हुन्छ। र हामीलाई निन्द्रा राम्रोसँग आउँछ। यस्तोमा विहान उठ्दा हाम्रो टाउँको हल्का तथा शान्त समेत हुन्छ भने दिनभरको तनावसमेत कम हुन्छ।

यसको पछाडि पनि पौराणिक मान्यता छ। जस अनुसार एक पटक जब भगवती पार्वती नुहाइ रहेकी थिइन् तब उनका पुत्र गणेश ढोकामा पालेको रुपमा उभिएका थिए। तब कोही भित्र जान पाएनन्। जब भगवान शिव आए तव गणेशले उनलाई पनि भित्र जानबाट रोके। जसका कारण भगवान शिव रिसाए। उनले आफ्नो पुत्र गणेशको शिर काटिदिए। जब पार्वतीले गणेशलाई पुन जिवित गर्न आग्रह गरिन् त्यस समय शिवले आफ्ना दूतलाई त्यस्ता मान्छेको सिर काटेर ल्याउन आदेश दिए जो उत्तर दिसामा शिर गरेर सुतिरहेको हुनेछ।

त्यस सयमा मानवहरु सवै शास्त्रमा बर्णन गरिए अनुसार नै सुत्थे जसका कारण दूतले पृथ्वीमा कुनै यस्तो मानिस भेटेनन् जो उत्तर तिर सिरानी गरेर सुतोस्।

यस्तोमा दूतहरुले उत्तर दिशामा सिर गरेर सुतेको एक हात्ती भेटे र त्यसकै शिर हिमालय पर्वत लगे।

त्यसपछि भगवान गणेशको जीउमा हात्तीको टाउँको जोडियो। तसर्थ हिन्दू धर्म शास्त्र अनुसार उत्तर दिशा तर्फ खुट्टा फर्काएर सुत्दा भगवान शिव प्रशन्न हुनेछन्।

शास्त्रमा दक्षिणलाई यमराजको दिशा मानिएको छ। र यस्तो धार्मिक व्यख्या छ की दक्षिण दिशामा खुट्टा गरेर सुत्दा हाम्रो उमेर कम हुन्छ।

यसको अलावा पूर्व दिशा तर्फ खुट्टा गरि सुत्नुलाई पनि राम्रो मानिदैन किनकी पूर्व भगवान सूर्यको दिशाहोम जसका कारण हाम्रो जीवनमा कयौं प्रकारका समस्या आउँछन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९औँ साधारण सभा र अधिवेशन जनवरी १८ मा आयोजना हुने

सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९औँ साधारण सभा र अधिवेशन जनवरी १८ मा आयोजना हुने

दक्षिण कोरियामा क्रियाशील सुदूरपश्चिम समाजले आगामी जनवरी १८ मा आफ्नो १९औँ साधारण सभा तथा अधिवेशन भव्य रूपमा सम्पन्न गर्ने तयार...
दक्षिण कोरियामा ‘G–1 भिसा’ दुरुपयोग बढ्दो, नेपाली दूतावासको कडा चेतावनी

दक्षिण कोरियामा ‘G–1 भिसा’ दुरुपयोग बढ्दो, नेपाली दूतावासको कडा चेतावनी

दक्षिण कोरियामा पछिल्लो समय G-1 (Refugee/Humanitarian) भिसा दुरुपयोग गर्ने प्रवृत्ति तीव्र रूपमा बढ्दै गएपछि सिओल स्थित नेपाली...
रास्वपा प्रवास विभाग–दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, युबिन श्रेष्ठ नेतृत्वमा नयाँ कार्यसमिति घोषणा

रास्वपा प्रवास विभाग–दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, युबिन श्रेष्ठ नेतृत्वमा नयाँ कार्यसमिति घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग–दक्षिण कोरियाले आईतबार राजधानी सौलमा आयोजना गरेको दोस्रो अधिवे...
“डिसेम्बर १५ देखि सुरु हुने ९% ब्याजमा विदेशी ऋण: सिन्हान बैंकमा एक महिना तलब थापेकामात्र योग्य”

“डिसेम्बर १५ देखि सुरु हुने ९% ब्याजमा विदेशी ऋण: सिन्हान बैंकमा एक महिना तलब थापेकामात्र योग्य”

दक्षिण कोरियाली वित्तीय क्षेत्रको अग्रपंक्तिमा रहेको सिन्हान बैंकले विदेशी नागरिकहरूका लागि नयाँ र अत्यन्तै सुविधाजनक ऋण योजना...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search