Naya Update

पहलगाम आक्रमणको विरोधमा दिल्लीसहित विभिन्न शहरमा प्रदर्शन

Advertisement

कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणको विरोधमा शुक्रबार दिल्लीका व्यापारीहरूले ’दिल्ली बन्द’ को आह्वान गरेका छन्। यसका कारण राजधानीका विभिन्न बजारहरू बन्द रहेका छन्।

भारतभर विभिन्न शहरहरूमा नागरिकहरूले शान्तिपूर्ण प्रदर्शन गर्दै आक्रमणको विरोध जनाएका छन् । ओडिसाको भुवनेश्वरमा भारतीय जनता पार्टी (भाजपा) युवा मोर्चाले बिहीबार साँझ प्रदर्शन गरेको थियो। उक्त प्रदर्शनमा सहभागी भाजपा ओडिसा प्रदेश अध्यक्ष मनमोहन सामलले सरकारले आतङ्कवादको अन्त्यका लागि दृढ प्रतिबद्धता जनाएको उल्लेख गरे।

काश्मीरको अनन्तनागमा सरकारी विद्यालय ‘स्यामस’ का विद्यार्थीहरूले शान्तिपूर्ण पदयात्रा गर्दै आक्रमणको विरोध जनाए। चण्डीगढ़मा नागरिकहरू प्लेकार्डसहित भेला भई न्यायको माग गर्दै विरोध प्रदर्शनमा उत्रिए।

उत्तर प्रदेशको अयोध्यामा मृतकहरूको आत्माको शान्तिका लागि दिप प्रज्वलन गरिएको थियो। दिल्लीको प्रसिद्ध खान मार्केटमा पनि व्यापारी सङ्घले श्रद्धाञ्जलिस्वरूप दिप प्रज्वलन कार्यक्रम आयोजना गर्यो।

यसैगरी, मध्य प्रदेशको भोपालमा भाजपा नेता तथा कार्यकर्ताहरूले श्रद्धाञ्जली सभा आयोजना गरे, जसमा पार्टीका प्रदेश अध्यक्ष तथा सांसद वीडी शर्मा सहभागी थिए। उनले आतङ्कवाद विरुद्ध सिङ्गो देश एकजुट भएको बताउँदै आतंककारीहरूलाई नछोड्ने प्रतिबद्धता व्यक्त गरे।

गएको साता पहलगाममा भएको सो आक्रमणमा २५ जना भारतीय र एक जना नेपाली नागरिकको ज्यान गएको थियो, जबकि अन्य धेरै घाइते भएका थिए। यसअघि सन् २०१९ मा पुलवामा आक्रमणमा ४० जना सीआरपीएफ जवानको मृत्यु भएको थियो। एजेन्सी

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९औँ साधारण सभा र अधिवेशन जनवरी १८ मा आयोजना हुने

सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९औँ साधारण सभा र अधिवेशन जनवरी १८ मा आयोजना हुने

दक्षिण कोरियामा क्रियाशील सुदूरपश्चिम समाजले आगामी जनवरी १८ मा आफ्नो १९औँ साधारण सभा तथा अधिवेशन भव्य रूपमा सम्पन्न गर्ने तयार...
दक्षिण कोरियामा ‘G–1 भिसा’ दुरुपयोग बढ्दो, नेपाली दूतावासको कडा चेतावनी

दक्षिण कोरियामा ‘G–1 भिसा’ दुरुपयोग बढ्दो, नेपाली दूतावासको कडा चेतावनी

दक्षिण कोरियामा पछिल्लो समय G-1 (Refugee/Humanitarian) भिसा दुरुपयोग गर्ने प्रवृत्ति तीव्र रूपमा बढ्दै गएपछि सिओल स्थित नेपाली...
रास्वपा प्रवास विभाग–दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, युबिन श्रेष्ठ नेतृत्वमा नयाँ कार्यसमिति घोषणा

रास्वपा प्रवास विभाग–दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, युबिन श्रेष्ठ नेतृत्वमा नयाँ कार्यसमिति घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग–दक्षिण कोरियाले आईतबार राजधानी सौलमा आयोजना गरेको दोस्रो अधिवे...
“डिसेम्बर १५ देखि सुरु हुने ९% ब्याजमा विदेशी ऋण: सिन्हान बैंकमा एक महिना तलब थापेकामात्र योग्य”

“डिसेम्बर १५ देखि सुरु हुने ९% ब्याजमा विदेशी ऋण: सिन्हान बैंकमा एक महिना तलब थापेकामात्र योग्य”

दक्षिण कोरियाली वित्तीय क्षेत्रको अग्रपंक्तिमा रहेको सिन्हान बैंकले विदेशी नागरिकहरूका लागि नयाँ र अत्यन्तै सुविधाजनक ऋण योजना...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search