
भीम जाग्री/दक्षिण कोरिया
दक्षिण कोरियामा केही दिन देखि लगातार वर्षा परिरहेको छ।लगातार परेको अविरल वर्षाका कारण जनजीवन निकै प्रभावित भएको छ ।वर्षाका कारण सडकहरु जलमग्न छन भने केही ट्रेन लाइन हरु पनि जलमग्न छ्न । केही प्रभावित सडक र जलमग्न ट्रेन लाइन मा यातायात सन्चालन नगर्न कोरियाको यातायात मन्त्रालय निर्देशन दिएको छ । सुचना तथा सन्चार मन्त्रालयले मोबाइल नम्बर मा पुर्व चेतावनी दिदै सावधानी अपनाउन सन्देश दिइरहेको छ ।
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षाको रेकर्ड बनेको छ ।मुलुकको मौसम एजेन्सीका अनुसार कोरियामा एक क्षेत्रमा सन् १९०४ मा पूर्ण रेकर्ड सुरु भएयता प्रतिघण्टा सबैभन्दा धेरै वर्षा भएको छ ।कोरियाको धेरैजसो समथर भूभागहरु डुबानमा परेका छन् भने बाढीले सडक, विद्युत, भवन लगायत भौतिक संरचनामा ठुलो क्षती गरेको छ । हालसम्म ४ जनाको मृत्युसमेत भइसकेको छ ।
आगामी दिनहरुमा समेत वर्षा निरन्तर रहने भएकाले उच्च सतर्कता अपनाउन सरकारले नागरिकहरुमा सूचना जारी गरेको छ ।एनआरएनए दक्षिण कोरिया का महासचिव अजय सोडारिले कोरियामा रहेका आम नेपाली हरुलाइ सतर्क रहन भनेका छ ।
सोडारिले आवश्यक काम भए मात्र लामो यात्रामा निस्कन , होशियारपूर्वक बाहिर निस्कन सबैलाइ अपिल गरेका छन ।लगातार वर्षाका कारण कम्पनी बाहिर काम गर्ने कामदार हरुको काम निकै कस्टकर बनेको छ ।
वर्षाका कारण एक हप्ता देखि काम गर्न नपाएको र निर्माण कम्पनिको पनि सिमेन्ट वालुवा लगाएत वर्षाले धेरै क्षती पुर्याएको लामो समय देखि निर्माण क्षेत्र मा कार्यरत रोसन पुरिले वताए ।
कृषि क्षेत्र पनि लगातार वर्षाका कारण निकै प्रभावित बन्न पुगेको छ । धेरै जस्तो ठाउँमा मौसमि वालिहरु डुवानमा परेका छन भने केही स्थानमा वाली हरु नै वोटबिरुवा , अन्नवाली बगाएर लग्दा ठूलो क्षती पुर्याएको छ ।
साना साना खोलाहरु मा पानीको वहाव बढेर कतिपय ठाउमा जमिन पनि बगाएर लगेको छ। निरन्तर वर्षाका कारण केही ठाउमा विधुतमा पनि समस्या आएको समयमै बिजुली जडान हुन नसक्दा काम नै चल्न नसकेको कामदारहरु गुनासो गरिरहेका छन ।
सुदुरपश्चिम समाज दक्षिण कोरिया का अध्यक्ष महेश भट्टले सम्पुर्ण सुदुरपश्चिमीले दाजुभाइ दिदिबहिनी हरुमा सचेत रहन आग्रह गरेका छन , हामीसङ्गको कुराकानिमा अध्यक्ष भट्ट ले बर्षा ले धेरै क्षेत्र मा क्षती पुर्याएको भन्दै सबैलाई सावधानी पुर्याउन अनुरोध गरे ।

