Naya Update

उच्च अदालतको आदेशपछि दुर्गा प्रसाईं धरौटीमा रिहा, कारागारबाट बाहिरिए

Advertisement

उच्च अदालत पाटनको आदेशपछि विवादित व्यवसायी र राजावादी आन्दोलनका अगुवा दुर्गा प्रसाईं डिल्लीबजार कारागारबाट रिहा भएका छन्। सोमबार राति प्रक्रियागत काम पूरा भएपछि कारागार प्रशासनले उनलाई रिहा गरेको हो।

न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले यसअघि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश उल्ट्याउँदै प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

अदालतले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने गरि भएको राजावादीको प्रदर्शनका मुख्य नाइकेका रुपमा रहेका प्रसाईंलाई तीन लाख धरौटीमा छाड्न भनेको हो।

प्रसाईंविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् राज्यविरुद्धको कसुरसहित विभिन्न पाँच मुद्दा दायर गरेको थियो। २०८१ चैत २६ गते भारतको असमबाट पक्राउ परेका प्रसाईंलाई गत जेठ ३० गते जिल्ला अदालत काठमाडौंले थुनामा पठाउन आदेश दिएको थियो।

जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीले थुनामा पठाउने आदेश दिएसँगै उनी डिल्ली बजार जेलमा थिए। उक्त घटनामा सरकारी वकिलको कार्यालयले ५० जनाविरुद्ध राज्यविरुद्धसमेतको कसुरमा जिल्ला अदालतमा अभियोजन गरेको थियो। त्यसमध्ये प्रसाईंसहित ३९ जना प्रहरी हिरासतमा थिए।

प्रसाईंविरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी लिइएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९औँ साधारण सभा र अधिवेशन जनवरी १८ मा आयोजना हुने

सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९औँ साधारण सभा र अधिवेशन जनवरी १८ मा आयोजना हुने

दक्षिण कोरियामा क्रियाशील सुदूरपश्चिम समाजले आगामी जनवरी १८ मा आफ्नो १९औँ साधारण सभा तथा अधिवेशन भव्य रूपमा सम्पन्न गर्ने तयार...
दक्षिण कोरियामा ‘G–1 भिसा’ दुरुपयोग बढ्दो, नेपाली दूतावासको कडा चेतावनी

दक्षिण कोरियामा ‘G–1 भिसा’ दुरुपयोग बढ्दो, नेपाली दूतावासको कडा चेतावनी

दक्षिण कोरियामा पछिल्लो समय G-1 (Refugee/Humanitarian) भिसा दुरुपयोग गर्ने प्रवृत्ति तीव्र रूपमा बढ्दै गएपछि सिओल स्थित नेपाली...
रास्वपा प्रवास विभाग–दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, युबिन श्रेष्ठ नेतृत्वमा नयाँ कार्यसमिति घोषणा

रास्वपा प्रवास विभाग–दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, युबिन श्रेष्ठ नेतृत्वमा नयाँ कार्यसमिति घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग–दक्षिण कोरियाले आईतबार राजधानी सौलमा आयोजना गरेको दोस्रो अधिवे...
“डिसेम्बर १५ देखि सुरु हुने ९% ब्याजमा विदेशी ऋण: सिन्हान बैंकमा एक महिना तलब थापेकामात्र योग्य”

“डिसेम्बर १५ देखि सुरु हुने ९% ब्याजमा विदेशी ऋण: सिन्हान बैंकमा एक महिना तलब थापेकामात्र योग्य”

दक्षिण कोरियाली वित्तीय क्षेत्रको अग्रपंक्तिमा रहेको सिन्हान बैंकले विदेशी नागरिकहरूका लागि नयाँ र अत्यन्तै सुविधाजनक ऋण योजना...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search