Naya Update

सुदूरपश्चिम–केयू यूथम्यापर्सबीच दुईपक्षीय सम्झौता पत्रमा हस्ताक्षर

Advertisement

धिरेन्द्र भट्ट/भदौ १६

नक्शांकन तथा समुदाय–आधारित अनुसन्धान क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले सुदूरपश्चिम् विश्वविद्यालय यूथम्यापर्स नेपाल र काठमाडौं विश्वविद्यालय (केयू) यूथम्यापर्स बीच दुई पक्षीय सम्झौता पत्रमा आज हस्ताक्षर भएको छ।

सम्झौता कार्यक्रममा सुदूरपश्चिम् विश्वविद्यालय यूथम्यापर्स नेपालका अध्यक्ष किरण भट्ट र काठमाडौ विश्वविद्यालय यूथम्यापर्स अध्यक्ष प्रतिभा थापाले हस्ताक्षर गरेका हुन्। धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा सम्पन्न कार्यक्रममा दुवै संस्थाका पदाधिकारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

सम्झौता अनुसार संयुक्त नक्शांकन गतिविधि सञ्चालन, ज्ञान र सीप आदान–प्रदान, क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यलाई प्राथमिकतामा राखिनेछ। यसलाई विद्यार्थी तथा युवामाझ खुला नक्शांकन प्रवर्द्धन गर्ने महत्वपूर्ण पहलका रूपमा लिइएको छ।

विशेषज्ञहरूले यस सहकार्यलाई नक्शांकन क्षेत्रमा रुचि राख्ने विद्यार्थीहरूका लागि ठूलो अवसरको रूपमा मूल्याङ्कन गरेका छन्। साथै, यसले समुदाय–आधारित पहललाई थप सबल बनाउँदै दीगो प्रभाव सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९औँ साधारण सभा र अधिवेशन जनवरी १८ मा आयोजना हुने

सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९औँ साधारण सभा र अधिवेशन जनवरी १८ मा आयोजना हुने

दक्षिण कोरियामा क्रियाशील सुदूरपश्चिम समाजले आगामी जनवरी १८ मा आफ्नो १९औँ साधारण सभा तथा अधिवेशन भव्य रूपमा सम्पन्न गर्ने तयार...
दक्षिण कोरियामा ‘G–1 भिसा’ दुरुपयोग बढ्दो, नेपाली दूतावासको कडा चेतावनी

दक्षिण कोरियामा ‘G–1 भिसा’ दुरुपयोग बढ्दो, नेपाली दूतावासको कडा चेतावनी

दक्षिण कोरियामा पछिल्लो समय G-1 (Refugee/Humanitarian) भिसा दुरुपयोग गर्ने प्रवृत्ति तीव्र रूपमा बढ्दै गएपछि सिओल स्थित नेपाली...
रास्वपा प्रवास विभाग–दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, युबिन श्रेष्ठ नेतृत्वमा नयाँ कार्यसमिति घोषणा

रास्वपा प्रवास विभाग–दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, युबिन श्रेष्ठ नेतृत्वमा नयाँ कार्यसमिति घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग–दक्षिण कोरियाले आईतबार राजधानी सौलमा आयोजना गरेको दोस्रो अधिवे...
“डिसेम्बर १५ देखि सुरु हुने ९% ब्याजमा विदेशी ऋण: सिन्हान बैंकमा एक महिना तलब थापेकामात्र योग्य”

“डिसेम्बर १५ देखि सुरु हुने ९% ब्याजमा विदेशी ऋण: सिन्हान बैंकमा एक महिना तलब थापेकामात्र योग्य”

दक्षिण कोरियाली वित्तीय क्षेत्रको अग्रपंक्तिमा रहेको सिन्हान बैंकले विदेशी नागरिकहरूका लागि नयाँ र अत्यन्तै सुविधाजनक ऋण योजना...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search