Naya Update

Day: २५ पुष २०८१ १७:४१

‍रोस्टरमा रहेका नेपाली श्रमिकलाई छिटो कोरिया लैजान श्रममन्त्रीको राजदूत पार्कलाई आग्रह

‍रोस्टरमा रहेका नेपाली श्रमिकलाई छिटो कोरिया लैजान श्रममन्त्रीको राजदूत पार्कलाई आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताई योङबीच शिष्टाचार भेट भएको छ। भेटका क्रममा नेपाल र दक्षिण कोरियाचीच भएको श्रम सम्झौताका विभिन्न पक्षहरूबारे गहन छलफल भयो। त्यस्तै, इपिएस प्रणाली अन्तर्गतको सम्झौतालाई पुनरावलोकन गरी नवीकरण गर्ने, सीपयुक्त कामदारलाई दक्षिण कोरिया पठाउने सम्बन्धी कार्यविधि, इपिएस उत्तीर्ण भई रोस्टरमा रहेका नेपाली कामदारलाई जतिसक्दो छिटो रोजगारमा पठाउने विषयमा छलफल भएको हो। सीप बिल्डिङ लगायत क्षेत्रमा छनोट भएका कामदारका माग सम्बोधन गर्ने, कोरिया जान सबै चरण पूरा गरी उडानका लागि पर्खाईमा रहेका नेपाली कामदारहरुलाई छिटो, सरल र सहज ढंगबाट दक्षिण कोरिया पठाउन सहजीकरण गर्नुपर्ने विषयमा छलफल भएको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search