२९ कार्तिक २०८० १७:५३
२९ कार्तिक २०८० १७:५३
२९ कात्तिक, काठमाडौँ । तिहार सकिएसँगै तराइ क्षेत्रमा छठको तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएपछि मधेसप्रदेश र जनकपुर धामको विभिन्न पोखरीलाई स्थानीय र क्लबहरूको सहयोगमा विशेषरूपमा श्रृङ्गार्न थालिएको छ । कतिपय पोखरीका घाटमा सरसफाइ पनि गरिएको छ । तराईमा छठको छुट्टै महत्त्व रहेको छ । सस्कृतीविद् राजेन्द्र बिमल तराइ क्षेत्रमा छठको बिशेष महत्व रहेको बताउँछन् । मिथिलाञ्चलको पौराणिक महत्त्व बोकेको जनकपुरधामका गङ्गा सागर पोखरी, धनुष सागर पोखरी, अरगजा पोखरी, महरासागर, रत्न सागर, गोरधोइ, अरगजासर, नोचा पोखरी, मटकोरबा पोखरी, दुधमती घाटलगायत पोखरी, नदी तलाउलाई स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ । प्रत्येक वर्ष छठ मनाउनेहरू…