Naya Update

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

Advertisement

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री

कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् भने त्यस्ता बाट कुनै कथा, रमिता र रत्यौली सुन्ने/हेर्ने नै हैन।

भौतिक बाहरी विषय को पूर्ण सन्यास त्याग गरेको वैराग्य चित्त, आन्तरिक र बाह्य शौच यानि ५ यम(अहिंसा, सत्य, आस्तेय, ब्रह्मचर्य, अपरिग्रह) ५ नियम (शौच, सन्तोष, तपस्, स्वाध्याय, ईश्वरप्रणिधानम्) को नित्य पालना गरेको यानि यम-नियम मा उतीर्ण भएको, इन्द्रिय विषय (काम क्रोध लोभ राग द्वेष आदि) माथि विजय प्राप्त गरेको, ४ वटै वेद गुरुमुख भै न पढेता पनि आफ्नो स्वशाखा, स्वसूत्र गुरुमुखबाट अध्ययन गरेको र ६ वटै वेदाङ्गहरु स्मृति, इतिहास ,पुराणहरु र षड्दर्शनशास्त्रहरुको सम्यक् ज्ञाता, शास्त्रमा पाण्डित्य प्राप्त, परब्रह्म तत्व को ज्ञाता, योग सिद्ध भयेको आत्मज्ञानी, यिनि सबै गुणहरुभएको ब्रह्मज्ञ वेदनिष्ठ, ब्रह्मनिष्ठ, त्रिशुक्ल शुद्धकुलीन द्विजोत्तम र द्विजश्रेष्ठ व्यक्ति नै व्यासपीठ को आसन ग्रहण गर्न सक्दछ।

अन्यथा योग्यता न पुगेका व्यक्ति व्यासपीठमा बसेर शास्त्रीय मर्यादा र शास्त्रको मर्म लथालिङ्गै पार्नेगरि मर्यादा उल्लङ्घन गर्नाले धर्म-अधर्म विषयप्रति जनमानस भ्रमित र अलमलमा छन्। कथा र धर्मको नाममा छल/लूटधन्धाको चपेटमा परेका छन्।

मठाम्नाय मा भगवद्पादले धर्माचार्य मा हुनुपर्ने लक्षणहरु को विधान व्यक्त गर्ने यो श्लोक यस सन्दर्भमा अति सान्दर्भिक छ।

शुचिजितेन्द्रियो वेद-वेदाङ्गादिविशारदः।
योगज्ञः सर्वशास्त्राणां स मदास्थानमाप्नुयात्॥४८॥
(मठाम्नाय-सेतु एवं महानुशासनम्)

चातुर्वर्ण्यव्यवस्थानं यस्मिन देशे न विद्यते।
स म्लेच्छविषयो विज्ञेय आर्यावर्तमतः परः।
-विष्णुधर्मसूत्रम् ८४ः४

तदेतद् भारतं वर्षं सर्वबीजं वरानने।
तत् कर्मभूमिर् नाऽन्यत्र सम्प्राप्तिः पुण्यपापयोः॥
(स्कन्द म. पु. प्रभासखण्डः १ः११ः१४)

संप्रदायवादी, मठाधीश र तिनका शिष्यकोटि, भावातीत भक्तिवादी र चल्ती लौकिक लहरमा बगेर शास्त्र विधान भन्दा पनि  नकल गरी शास्त्र विधान लाई थिचेर मनोरञ्जक र देखावटी अनुष्ठान चलाउनेले वैदिक शास्त्रीय मर्यादा सबै मास्न पनि प्रयास गर्दैछन्।

साधु – सन्त को हुन्?

वास्तवमा साधु सन्त भनेका आँफ्ना-आँफ्ना गार्हस्थ्यादि आश्रमधर्मका साधक वर्णाश्रमधर्मसेवि सज्जनहरु नै हुन्। तैत्तिरीयोपनिषद्‌को “असन्नेव स भवति” (२।६) इत्यादि वचनकों व्याख्यामा आद्यशङ्करभगवत्पादले पनि शास्त्रानुसार वर्णाश्रमधर्मको पालना गर्ने नै साधु वा सन्त हुन् वर्णाश्रमधर्मको पालन नगर्नेहरु केवल असाधु वा असन्त हुन् भन्ने कुरा बताउनुभएको छ। अतः नाना चटके वेष-जटा-भस्म-तिलक-आभूषण धारण गरेका तर शास्त्रोक्त आफ्नो आश्रमधर्म को पालना न गर्नेहरु त केवल ढोङ्गी पाखण्डी मात्रै हुन् साधु सन्त हुँदै हैनन भनि स्पष्ट बुझ्नु पर्छ।

सन्न्यास लिनेहरुले सर्वप्रथम त आ-आफ्नो स्वशाखीय धर्मशास्त्रहरु, वेद-वेदाङ्गोक्त चतुर्वर्णाश्रमधर्म, वेदशाखाका धर्मसूत्रहरुमा विधान गरिएका सन्न्यास आश्रम र अन्य सबै आश्रमका पनि विधि निषेध नियम आदि गुरुबाट गतिलेरि अध्ययन गरेर सन्न्यास आश्रम का विधि निषेध राम्रेरि बुझेर अनि बल्ल सन्न्यास लिनु पर्छ।

हैन भने नाम मात्रै को काषाय र चटके सिलाएका अशास्त्रीय वस्त्र पनि धारण गरेर, गृहस्थी भन्दा पनि अत्यन्तै लोभी, दम्भी, पाखण्डी, प्रपञ्ची, आडम्बरी, धन र द्रव्यलोलूप, प्रसिद्धिलोलूप, सिद्धिलोलूप, शिष्यसङ्ग्रही, शास्त्रसङ्ग्रही, वाहन-मठ-सम्पत्ति सङ्ग्रही, स्त्रीसंसर्गी, कथावाचक आदि बनेर सन्न्यास आश्रम को शास्त्रीय विधि विधान लाइ लथालिङ्गै पारेर हिड्नाले जनमानस मा सन्न्यास आश्रम प्रति नै अति भ्रम फैलेको छ! सन्न्यासि नै धर्म का अभिभावक हुन्, सन्यास आश्रम नै आदर्श हो भन्ने खाले भ्रम पनि प्रशस्तै फैलेको देखिन्छ। अतः यो शास्त्रीय मीमांसा पढेर आश्रमधर्मलाइ राम्ररी बुझौं!

हिन्दुधर्मको भ्रान्त व्याख्यान र धर्मको नाममा पाखण्डी, ठगी र आसुरी यज्ञादि बाट सावधान रहौं।

हिन्दुधर्मको मूल धाराका रूपमा रहेको वैदिक सनातन वर्णाश्रम धर्मलाइ उचित स्थान नदिएर हल्का फुल्का, अप्रामाणिक, उत्तरदायित्वहीन टिप्पणी, वक्तव्य, व्याख्यान र असिद्ध साधारण पेशेवर लौकिकपुरुषरचित गीतजस्ता भजन आदिलाइ नै हिन्दुधर्मका प्रमुख र मूल पक्ष झै गरि प्रस्तुत गर्दै आएका व्यक्ति-संस्थाहरु र सनातन धर्मको नामको आड लिइ लाटा-सिधा, विवेचना गर्न नसक्ने धार्मिक सज्जनहरुलाइ झुक्क्याइ हिन्दुधर्मका नाममा श्रुति-स्मृति-पुराण-विरुद्ध तथाकथित धार्मिक क्रियाकलापको प्रचार गर्ने संस्थाका व्यक्तिहरुबाट हिन्दुधर्मको निराधार र अनर्गल व्याख्या एवम् त्यसको प्रचार भैरहेको छ। साथै अशास्त्रीय, ब्राह्मणसम्पद्विहीन यज्ञयागादिको आयोजना गरि धर्मको यथार्थ रूप नबुझेका श्रद्धालु सज्जनहरुलाई लुट्ने काम पनि विभिन्न पक्षबाट भैरहेको छ।

हिन्दुधर्म भनि चिनिने हाम्रो वैदिक सनातन-वर्णाश्रम-धर्ममा धर्मको व्याख्या गर्ने मुख्य अधिकार वेदवेदाङ्गका गम्भीर विद्वान्, स्मृति-पुराणका मर्मज्ञ र अरु शास्त्रका पनि अभिज्ञ, सदाचारनिष्ठ, शुद्धकुलीन, र स्वतन्त्र ब्राह्मणलाई छ। तसर्थ हिन्दुधर्मका आस्तिक सज्जनहरुले यस्तै पुरुषबाट धर्मको व्याख्या सुन्नुपर्छ र धर्मको स्वरूप बुझ्नुपर्छ तथा धर्मकृत्यहरु सम्पन्न गर्नुपर्छ। वेदवेदाङ्गादि नजान्ने, आचार-विचारको मर्यादा नराख्ने, राजनीतिक र आर्थिक क्रियाकलापमा निमग्न, परमुखापेक्षी वा परप्रेरित पेशेवर धर्मकथक व्यक्तिहरु र समुदायहरुका अनर्गल व्याख्याबाट बहकिन हुँदैन। यस्ता विषयमा विशेष सावधान भै आफ्नो अनादि परम्पराबाट आएको धर्मको रक्षा गरि कल्याणको मार्ग सुरक्षित राख्नका लागि सबै हिन्दू धार्मिक सज्जनहरु उद्बुद्ध हुनु पर्छ। [साभार- श्री बुद्धिसागर पराजुली मीमांसाचार्यजी को २०४३/१२/४ को लेखबाट केही सन्शोधन सहित]

तसर्थ, हामी धेरैजसो नेपालीहरु जो कि शुक्लयजुर्वेदीय वाजसनेयिमाध्यनदिन शाखा अन्तर्गत का पर्छौं। अतः हाम्रा लागि स्वशाखीय शतपथब्राह्मणम्, कल्पशास्त्र अन्तर्गत संस्कार शास्त्र पारस्कर गृह्यसूत्रम्, कात्यायन श्रौतसूत्रम्, कात्यायन शुल्बसूत्रम् आदि अध्ययन गर्नै पर्ने हुन्छन्। सबै वेदाङ्गहरुको र धर्मसूत्रादिको ज्ञान विना त धर्मनिर्णय दिनै मिल्दैन। र स्वयं लाइ वैदिकी भन्न पनि सुहाउदैन।

अतः आफ्नो शाखासूत्र चिनेर स्वशाखीय मूलप्रमाणशास्त्रको नै आलम्बन गरौं! विविध आयातित वेदबाहिरका तन्त्र आगमादि संप्रदायमा लागेको भए पनि यदि कुटुम्बको वेदशाखा र स्वसूत्र अवगत छ भने प्रायश्चित् गरि, संप्रदायको तिलक त्याग गरि स्वधर्म र कुलधर्ममा फर्कनुपर्छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

कथावाचक/कथाव्यास बन्न को-को योग्य हुन्छन्?

निरञ्जन शर्मा सुवेदी/धर्मशास्त्री कथावाचक, कथाव्यास र कथित धर्मगुरु (धर्माचार्य) मा हुनुपर्ने न्यूनतम योग्यता र लक्षणहरु छैनन् ...
पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search