१ पुष २०८१ १६:५८
१ पुष २०८१ १६:५८
एसिसी यू-१९ महिला एसिया कपमा पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै नेपाल सुपर-४ मा प्रवेश गरेको छ। समूह ‘ए’ मा पाकिस्तानले लगातार दुई खेलमा पराजय भोगेर बाहिरिएसँगै नेपाल समूहको अन्तिम खेलअघि सुपर-४ मा पुगेको हो। समूहमा यसअघि भारतले पाकिस्तानलाई पराजित गरेको छ। नेपालले अब आफ्नो समूहको अन्तिम खेलमा भोलि भारतसँग खेल्नेछ। समूहमा तीन टोली मात्र छन्। भारतसँगै खेल्नुअघि नै सुपर-४ मा पुगेको नेपालले सोमबार पाकिस्तानलाई ६ विकेटले पराजित गर्दा कप्तान पूजा महतोले अलराउन्ड प्रदर्शन गरिन्। नेपालले पाकिस्तानले दिएको १०५ रनको लक्ष्य १९ ओभरमा विकेट ४ क्षतिमा पूरा गर्यो। पूजाले नटआउट ४७ रन जोड्ने क्रममा ४७ बलमै ३ चौका प्रहार गरिन्। ६ टोलि…