Naya Update

खेलकुद

च्याम्पियन्स ट्रफी सेमिफाइनलमा आज भारत र अष्ट्रेलिया भिड्दै

च्याम्पियन्स ट्रफी सेमिफाइनलमा आज भारत र अष्ट्रेलिया भिड्दै

आईसीसी च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज भारत र अष्ट्रेलिया खेल्दैछन्। दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरू हुनेछ। सेमिफाइनलमा अष्ट्रेलियाविरुद्ध मैदानमा भारत दबाबमा रहने अनुमान रहेको छ। आईसीसी ईभेन्ट्सका नकआउट खेलहरुमा भारत विरुद्ध अस्ट्रेलियाको पल्ला भारी रहेको छ। अघिल्लो एकदिवसीय विश्वकप फाइनलमा अस्ट्रेलियाले भारतलाई स्तब्ध पार्दै उपाधी जितेको थियो। त्यसअघिको २०२३ मै वर्ल्ड टेस्ट च्याम्पियनसीपको फाइनलमा भारतलाई हराउँदै अष्ट्रेलियाले उपाधी जितेको थियो। फाइनल पुग्न अर्को सेमिफाइनलमा भोलि न्युजिल्यान्ड र दक्षिण अफ्रीकाले पाकिस्तानको लाहोरमा खेल्दैछन्। च्याम्पियन्स ट्रफीको फाइनल खेल मार्च ९ मा हुने छ। यो खेल भारत फाइनल नपुगे पाकिस्तानमा र पुगेमा दुबईमै हुनेछ।
Read More
पहिलो संस्करणको ‘सेभेन ए साइड फुटबल प्रतियोगिता २०२५’ अप्रिल १३ देखि हुने

पहिलो संस्करणको ‘सेभेन ए साइड फुटबल प्रतियोगिता २०२५’ अप्रिल १३ देखि हुने

दक्षिण कोरियामा 'सेभेन ए साइड फुटबल प्रतियोगिता' आयोजना हुने भएको छ। नाम्जी एफ.सी. कोरियाको आयोजनामा पहिलो संस्करणको 'सेभेन ए साइड फुटबल प्रतियोगिता' आगामी अप्रिल १३ देखि चिल्सेवो स्पोर्ट्स पार्कमा आयोजना हुने लागेको हो। प्रतियोगिताको स्लोगन "स्वस्थ रहन जीवनमा खेलकुद" रहेको छ। आयोजकले प्रतियोगितामा सहभागी भएर आफ्नो टिमको उत्कृष्ट प्रदर्शन देखाउन अपिल गरेको छ। आयोजकले प्रतियोगितामा टिम दर्ताको लागि ३ लाख ५० हजार कोरियन वन(३३ हजार ५ सय ५८ नेपाली रुपैयाँ) शुल्क तय गरेको छ। टिम दर्ताको लागि अन्तिम म्याद अप्रिल ५ सम्मको लागि छुट्याइएको छ। प्रतियोगिताको विजेता टिमले ४० लाख कोरियन वन(३ लाख ८३ हजार ५ सय २७ नेपाली रुपैयाँ),…
Read More
एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा “फ्लडलाइट्स” जडानको काम सम्पन्न 

एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा “फ्लडलाइट्स” जडानको काम सम्पन्न 

रुपन्देहीको तिलोत्तमा स्थित निर्माणाधीन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा "फ्लडलाइट्स" जडानको काम सम्पन्न भएको छ। एक्स्ट्राटेक ओभलका निर्देशक विनोद कुँवरले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत पोस्ट सेयर गर्दै फ्लडलाइट् जडानको काम सम्पन्न भएको बताएका हुन्। मैदानमा फ्लडलाइट्स जडानको काम शनिबारदेखी थालिएको थियो। दुई दिनमा ५ वटा फलडलाइट्सका पोलहरु ठड्याउने र त्यसमा लाईफ जडान गर्ने काम सकिएको छ। उनले भोली(सोमबार) देखि लाईट टेस्टिङको काम सुरु हुने बताएका छन्। उनले लेखेका छन्, 'अन्ततः दिन रात नभनि फ्लड लाईट जडानको काम सकिएको छ। हिजो र आज गरी हामीले पाँचवटै फ्लड लाईट जडान गरेकाे जानकारी तपाइँहरुलाई गराउन पाउँदा हामी हर्षित छौं। भोलिदेखि लाईट टेस्टिङको काम…
Read More
पाकिस्तानलाई हराउँदै नेपाल यू-१९ महिला एसिया कपको सुपर-४ मा

पाकिस्तानलाई हराउँदै नेपाल यू-१९ महिला एसिया कपको सुपर-४ मा

एसिसी यू-१९ महिला एसिया कपमा पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै नेपाल सुपर-४ मा प्रवेश गरेको छ। समूह ‘ए’ मा पाकिस्तानले लगातार दुई खेलमा पराजय भोगेर बाहिरिएसँगै नेपाल समूहको अन्तिम खेलअघि सुपर-४ मा पुगेको हो। समूहमा यसअघि भारतले पाकिस्तानलाई पराजित गरेको छ। नेपालले अब आफ्नो समूहको अन्तिम खेलमा भोलि भारतसँग खेल्नेछ। समूहमा तीन टोली मात्र छन्। भारतसँगै खेल्नुअघि नै सुपर-४ मा पुगेको नेपालले सोमबार पाकिस्तानलाई ६ विकेटले पराजित गर्दा कप्तान पूजा महतोले अलराउन्ड प्रदर्शन गरिन्। नेपालले पाकिस्तानले दिएको १०५ रनको लक्ष्य १९ ओभरमा विकेट ४ क्षतिमा पूरा गर्‍यो। पूजाले नटआउट ४७ रन जोड्ने क्रममा ४७ बलमै ३ चौका प्रहार गरिन्। ६ टोलि…
Read More
स्टार स्पोर्ट्सले एनपीएलको प्रत्यक्ष प्रसारण गर्ने

स्टार स्पोर्ट्सले एनपीएलको प्रत्यक्ष प्रसारण गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएको छ। आयोजक क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रम आयोजना गरेर खेल क्षेत्रको प्रशिद्ध टेलिभिजन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो। स्टार स्पोर्ट्स दक्षिण एसियाका ६ वटा देशमा प्रसारित हुने खेलकुद च्यानल हो। क्यान सचिव पारस खड्काले स्टार स्पोर्ट्सबाट एनपीएलको प्रत्यक्ष प्रसारण हुने जानकारी दिएका हुन्। यस्तै नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य प्रायोजकमा सिद्धार्थ बैँक रहेको छ। क्यान बोर्डले एनपीएल प्रसारणको अधिकार स्टार स्पोर्ट्सले पाएसँँगै यो प्रतियोगिताले थप अन्तरास्ट्रिय उचाइ प्राप्त गर्ने भएको छ।
Read More
युएईलाई हराउँदै नेपाल पहिलोपटक यु-१९ टी२० महिला विश्वकपका लागि छनौट

युएईलाई हराउँदै नेपाल पहिलोपटक यु-१९ टी२० महिला विश्वकपका लागि छनौट

नेपाल आगामी वर्ष हुने आईसीसी यु-१९ टी२० क्रिकेट विश्वकपमा छनोट भएको छ। बुधबार भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक यु-१९ महिला विश्वकपमा छनोट भएको हो। यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक रन ३५ बनाइन् । त्यस्तै कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान दिइन्। साबित्रा धामीले १२ रन बनाइन्। टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन।  त्यस्तै रिनिथा रन्जितले २० रन बनाइन्…
Read More
महिला फुटबल टिमका मुख्य प्रशिक्षक तामाङले छाडे पद

महिला फुटबल टिमका मुख्य प्रशिक्षक तामाङले छाडे पद

नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पद छाडेका छन्। साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग हारपछि मुख्य प्रशिक्षक तामाङले पद छाड्ने घोषणा गरेका हुन्। 'अब म महिला टिमसँग काम गर्दिन, आजको खेल अन्तिम हो’, उनले भने, ‘राजीनामा भन्दा पनि अब  छाड्छु। क्लबतिर जान्छु । यहाँ अरु नयाँ मान्छेहरु आउँछन्।’
Read More
क्यानडासँग पुनः पराजित नेपाल

क्यानडासँग पुनः पराजित नेपाल

त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत क्यानडासँग नेपाल पुनः पराजित भएको छ। गएराती सम्पन्न खेलमा क्यानडाले नेपाललाई ४ विकेटले पराजित गरेको हो। नेपालले दिएको १४० रनको लक्ष्य पछाएको क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। त्यस अघि नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो। एकदिवसीय सिरिजमा क्यानडाविरुद्ध दुवै खेलमा हारेको नेपालले टी-२० खेलमा पनि दुवै खेलमा पराजित भएको छ। यो जितपछि क्यानडाले सिरिजमा ३ खेलमा दोस्रो जित हासिल गरेको छ भने नेपालले ३ खेलमा दोस्रो हार बेहोरेको छ। अब सिरिज अन्तर्गत आज नेपालले ओमानको सामना गर्दै छ। फाइनलमा पुग्न नेपाललाई जित्नै…
Read More
बर्षाले नेपाल-ओमानबीचको खेल सुरु हुन सकेन

बर्षाले नेपाल-ओमानबीचको खेल सुरु हुन सकेन

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेलमा वर्षा बाधक बनेको छ। खेल क्यानडाको किङ् सिटीमा ८ः४५ बजे हुने तय थियो। तर, खेल हुने आधा घण्टा भन्दा कम समय बाँकी हुँदा पनि टस हुन सकेको छैन। जारी लिगमा नेपाल कमजोर प्रदर्शन गर्दै आएको छ। एक दिवसीय फर्म्याटमा भइरहेको खेलमा हालसम्म नेपालले एक खेलमा पनि जित निकाल्न सकेको छैन। पछिल्लो खेलमा पनि नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको थियो। रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टीमको प्रदर्शनबाट फ्यान र प्रशिक्षक पनि खुशी छैनन्। नेपालको न ब्याटिङ्ग राम्रो देखिएको छ न बलिङ्ग नै। जसले गर्दा नेपाली क्रिकेट टीमका समर्थक र प्रशंकहरू पनि निराश…
Read More
विश्वकप लिग टु अन्तर्गत आज नेपाल-क्यानडा भिड्दै

विश्वकप लिग टु अन्तर्गत आज नेपाल-क्यानडा भिड्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपालल्र घरेलु टोली क्यानडाको सामना गर्दैछ। नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ। त्रिकोणात्मक सिरिजमा नेपाल र क्यानडाको साथै ओमानको पनि सहभागिता छ। त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० सम्म हुनेछ। त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको दोस्रो खेल असोज २ गते ओमानसँग रहेकोछ। तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध रहेको छ। सबै खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ। ओडिआई सिरिज सकिएको २ दिन पछि सोहि टोलीबीचमा टि ट्वान्टी आई सिरिज…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search