Naya Update

Day: १६ माघ २०८१ २१:३८

अमेरिका पुगाउने प्रलोभन देखाइ रकम ठगिको आरोपमा कंचनपुरका एक युवक पक्राउ

अमेरिका पुगाउने प्रलोभन देखाइ रकम ठगिको आरोपमा कंचनपुरका एक युवक पक्राउ

वैदेशिक राेजगारीकाे प्रलोभन देखाएर ठगी गरेकाे आराेपमा कञ्चनपुरका एक युवक पक्राउ परेका छन्। वैदेशिक रोजगारीमा अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा कंचनपुरको शुक्लाफाँटा नगरपालिका-१ का २५ वर्षीय भुवन कार्की प्रकाउ परेका हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई सोमबार काठमाडौं-१२ बाट पक्राउ गरेको हो। उनले बेरोजगार युवा/युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए। उनले अहिलेसम्म १ करोड रुपैयाँ संकलन गरेको आचार्यले बताए। आकर्षक तलब/सुविधाको लोभ देखाएर रकम संकलनपछि कार्की सम्पर्कविहीन भए। सम्पर्कविहीन भएपछि पीडित प्रहरीमा उजुरी दिन पुगेका थिए। कार्कीलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।  …
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search