Naya Update

अपराध

एकीकृत समाजवादीका स्याङ्जा जिल्ला अध्यक्ष गिरी बलात्कार अभियोगमा पक्राउ

एकीकृत समाजवादीका स्याङ्जा जिल्ला अध्यक्ष गिरी बलात्कार अभियोगमा पक्राउ

जबरजस्ती करणीको आरोपमा नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ परेका छन्। कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। फागुन २ गते जबरजस्ती करणी मुद्दामा स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई कास्की जिल्ला अदालतले पक्राउको अनुमति दिएपछि घरबाटै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।    
Read More
खैरो हिरोइनसहित कंचनपुरबाट दुई युवक पक्राउ

खैरो हिरोइनसहित कंचनपुरबाट दुई युवक पक्राउ

कञ्चनपुरमा अवैध लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्। पुनर्वास नगरपालिका–१० बिकाशबस्तीको नेपाल-भारत सिमानाकाबाट म २ प ८३० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा १३ ग्राम ८९० मिलिग्राम सहित दुई जना युवक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–७ बस्ने २२ वर्षीय सुरज राना र सोही नगरपालिका–८ बस्ने २२ वर्षीय महेश राना रहेका छन्। दुवैलाई पक्राउ गरि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ।
Read More
बलात्कार अभियोगमा एक प्रहरी जवान पक्राउ

बलात्कार अभियोगमा एक प्रहरी जवान पक्राउ

सिराहामा एक जना प्रहरी जवान पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय लहानको मुद्दा शाखामा कार्यरत प्रहरी जवान नवीन यादव बलात्कार आरोपमा पक्राउ परेका हुन्। उनलाई फागुन १५ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी वीरेन्द्र पासवानले जानकारी दिए। महिलाले बलात्कार मुद्दामा उजुरी दिएपछि यादवलाई नियन्त्रणमा लिएका हौं, डिएसपी पासवानले भने, विवाह गर्ने सर्तमा यौनसम्बन्ध राखेको र विवाह नगरेकोले बलात्कार आरोपमा उजुरी दर्ता भएको छ। उनलाई जिल्ला अदालतबाट चार दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
Read More
भरुवा बन्दुकसहित दुईजना घरबाटै प्रहरीको फन्दामा

भरुवा बन्दुकसहित दुईजना घरबाटै प्रहरीको फन्दामा

अवैध भरुवा बन्दुक राखेको आरोपमा तनहुँ प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीको नेतृत्वमा खटिएको ग्रामीण गस्ती टोलीले देवघाट गाउँपालिका–४ मा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार ६१ वर्षीय संखबिर गुरुङको घरबाट लुकाइराखिएको अवस्थामा एक नाले बन्दुक र त्यसको चाप (घोडा नभएको बन्दुक) बरामद गरिएको छ। यस्तै, ६८ वर्षीय कृष्णबहादुर गुरुङको घरमा पनि लुकाइराखिएको एक नाले बन्दुक फेला परेको थियो। तीन थान भरुवा बन्दुकसहित दुवै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। हाल उनीहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
Read More
अवैध लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ

अवैध लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ

कैलालीको लम्कीचुहा नगरपालिका-२ बगनियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Read More
अमेरिका पुगाउने प्रलोभन देखाइ रकम ठगिको आरोपमा कंचनपुरका एक युवक पक्राउ

अमेरिका पुगाउने प्रलोभन देखाइ रकम ठगिको आरोपमा कंचनपुरका एक युवक पक्राउ

वैदेशिक राेजगारीकाे प्रलोभन देखाएर ठगी गरेकाे आराेपमा कञ्चनपुरका एक युवक पक्राउ परेका छन्। वैदेशिक रोजगारीमा अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा कंचनपुरको शुक्लाफाँटा नगरपालिका-१ का २५ वर्षीय भुवन कार्की प्रकाउ परेका हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई सोमबार काठमाडौं-१२ बाट पक्राउ गरेको हो। उनले बेरोजगार युवा/युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए। उनले अहिलेसम्म १ करोड रुपैयाँ संकलन गरेको आचार्यले बताए। आकर्षक तलब/सुविधाको लोभ देखाएर रकम संकलनपछि कार्की सम्पर्कविहीन भए। सम्पर्कविहीन भएपछि पीडित प्रहरीमा उजुरी दिन पुगेका थिए। कार्कीलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।  …
Read More
कंचनपुरमा लागुऔषध खैरो हिरोइनसहित ३ जना पक्राउ

कंचनपुरमा लागुऔषध खैरो हिरोइनसहित ३ जना पक्राउ

कञ्चनपुरमा लागू औषध(खैरो हेरोइन)सहित ३ जना किशोर पक्राउ परेका छन्। शुक्रबार भीमदत्त नगरपालिका–१७ मझगाउबाट भीमदत्त नगरपालिका–१५ बस्ने एक जना १८ वर्षीय किशोर र भीमदत्त नगरपालिका–१८ का दुई जना किशोर गरी ३ जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अस्थायी प्रहरी पोष्ट मझगाउँबाट संयुक्त खटिएको प्रहरी टोलीले उनीहरुलाई शुन्य दश्मलव ९६ ग्राम लागू औषध (खैरो हेरोइन) र तीनै जना सवार म २ प ४२०८ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जनाएको छ।    
Read More
लुटेरा समूहले गोली हानी अमेरिकामा एक नेपालीको हत्या

लुटेरा समूहले गोली हानी अमेरिकामा एक नेपालीको हत्या

अमेरिकाको टेक्ससमा लुटेराको समूहले गोली हानी एक नेपालीको हत्या गरेका छन्। टेक्ससको वेको सिटी नजिक हाइवे-३५ को मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको हो। उनी रुकुम बाफीकोटका भएको जनाइएको छ। बिहान ५ बजे उनको गोली हानी हत्या भएको बताइएको छ।   हत्यामा तीन जना लुटेराको समूह संलग्न थियो। घटनाको बारेमा उनको परिवारलाई जानकारी गराइसकिएको छ।
Read More
कैलाली जिल्लाको मोहन्याल गाँउपालिका सोल्टा घटना प्रकरण: विभिन्न संघसंस्थाको स्थलगत अवलोकन पश्चात् पायो सार्थकता

कैलाली जिल्लाको मोहन्याल गाँउपालिका सोल्टा घटना प्रकरण: विभिन्न संघसंस्थाको स्थलगत अवलोकन पश्चात् पायो सार्थकता

कञ्चनपुर/ फागुन १४ गते सुदूरपश्चिम प्रदेश कैलाली जिल्लाको मोहन्याल गाउँपालिकाको सोल्टामा घटेको घटना बारेमा सम्बन्धी विभिन्न संघसंस्थाको साचो जाग्दा घटनाले सार्थकता पाएको छ। कैलाली जिल्लाको मोहन्याल गाँउपालिका वडा नं. ६, रैनाकोट , सोल्टामा १६ बर्षिय र १७ बर्षिय बालिकाहरुको सम्बन्धलाई लिएर उनीहरुमाथी भएको हिंसा तथा अमानविय ब्यवहारहरु समाजिक संजालमा देखिएको विषयलाई लिएर राष्टिय मानव अधिकार आयोग, सुदूर पश्चिम समाज, नील हिरा समाज,एकता नेपाल र यौनिक तथा लैगिंक अल्पसंख्यक महासंघका टोलीले स्थलगत अबलोकन गरिएको थियो। अवलोकन प्रक्रिया लाई ईलाका प्रहरी कार्यालय सोल्टाको सहयोगमा दुवै पिडितहरुको परिवारको सदस्यहरु राखी छलफल गरिएको थियो। जसमा उहाँहरुलाई यौनिकता तथा लैगिंकताको विषयमा जानकारी गराईएको थियो। हाल…
Read More
बियर खाएको पैसा तिर्ने विषय नमिल्दा साथीको हत्या

बियर खाएको पैसा तिर्ने विषय नमिल्दा साथीको हत्या

धनुषामा एक युवकको हत्या भएको छ। जनकनन्दनी गाउँपालिका–२ स्थित भारतीय सीमा भन्दा ५० मिटरको दूरीमा रहेको आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको हत्या भएको हो। बिहीबार राति बियर खाएर साथीहरूबीच सामान्य विवादकै क्रममा साथीले उनको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। हत्या आरोपमा सोही ठाउँमा बस्ने मृतकका दुई साथीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफ छन्। प्रहरीका अनुसार रोजा सकेर तीनै जना बियर खान गएको फर्किने बेला त्यो पैसा तिर्ने विषयमा भनाभन हुँदा एकजनाले चक्कु निकालेर घाँटीमा प्रहार गरेका थिए। गम्भीर घाइते भएका कैफलाई परिवारले उपचारका लागि…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search