१६ फाल्गुन २०८१ १२:४७
१६ फाल्गुन २०८१ १२:४७
नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ। ८४ वर्षिया श्रेष्ठको आज बिहान उपचारको क्रममा महराजगन्जस्थित प्रहरी अस्पतालमा निधन भएको हो। सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार श्रेष्ठको उपचारका क्रममा आज (शुक्रबार) बिहान ५ बजे मृत्यु भएको हो। शारदा नेपालको पहिलो महिला न्यायाधशि तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्याायधीश हुन्। २०६१ साल वैशाखमा सर्वोच्च प्रवेश गरेकी शारदा ०६५ जेठमा सर्वोच्चबाट बिदा भएकी थिईन्। सर्वोच्च पुग्नुअघि उनी उच्च् अदालत राजविराजमा कार्यरात थिईन् । उनको आजै साँझ अन्त्येष्टि गरिन स्रोतले जनाएको छ।