Naya Update

राष्ट्रिय

नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन

नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन

नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ। ८४ वर्षिया श्रेष्ठको आज बिहान उपचारको क्रममा महराजगन्जस्थित प्रहरी अस्पतालमा निधन भएको हो। सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार श्रेष्ठको उपचारका क्रममा आज (शुक्रबार) बिहान ५ बजे मृत्यु भएको हो। शारदा नेपालको पहिलो महिला न्यायाधशि तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्याायधीश हुन्। २०६१ साल वैशाखमा सर्वोच्च प्रवेश गरेकी शारदा ०६५ जेठमा सर्वोच्चबाट बिदा भएकी थिईन्। सर्वोच्च पुग्नुअघि उनी उच्च् अदालत राजविराजमा कार्यरात थिईन् । उनको आजै साँझ अन्त्येष्टि गरिन स्रोतले जनाएको छ।
Read More
दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै

दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै छ। संघीय संसद् भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजे उक्त बैठक बस्न लागेको हो। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, ०७९/८०’ पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ। यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पति भएको विद्युतीय व्यापार विधेयक, ०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा विद्युतीय व्यापार (इ कमर्श) विधेयक, ०८१ लाई पारित गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।
Read More
छतमा यात्रु बोके २० हजार जरिवाना

छतमा यात्रु बोके २० हजार जरिवाना

जोखिमपूर्ण तरिकाले निर्बाध रूपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम कारबाही थालेको छ। यात्रु बोक्ने अनुमति नभएको सवारीसाधनले छतमा खचाखच यात्रु बोक्नेक्रम बढ्दै गएपछि स्थानीय प्रशासनले कडाइ गरेको हो। खाद्यान्न तथा अन्य सामानले भरिभराउ भएका जिपमा जोखिमपूर्ण ढंगले यात्रु चढाएर सदरमुकामबाट ग्रामीण भेगतर्फ जाँदै गरेका र ग्रामीण भेगबाट सदरमुकाम आउँदै गरेका जिपलाई बाटोमै रोकेर २० हजारसम्म जरिबाना गराइएको छ। पटक–पटक सचेत गराउँदा पनि अटेर गरेकाले ती सवारीलाई कारबाही गर्नुपरेको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए। प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार यातायात व्यवसायी, सवारी चालक र सरोकारवाला निकायका प्रतिनिधिलाई राखेर सवारी सञ्चालनका विषयमा जानकारी…
Read More
मुखमा कालो टेप लगाएर प्रसाईंका समर्थक सडकमा

मुखमा कालो टेप लगाएर प्रसाईंका समर्थक सडकमा

चरित्रहत्या आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरु मुखमा कालो टेप लगाएर माइतीघरमा प्रदर्शन गरेका छन्। बोल्ने अधिकार हनन भएको भन्दै उनीहरु मंगलबार प्रर्दशनमा उत्रिएका हुन्। राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीहरुले प्रसाईंलाई विनाशर्त रिहा गर्नुपर्ने माग गरेका छन्। रास्वपा केन्द्रीय सदस्यको चरित्रहत्या गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई आइतबार भक्तपुरस्थित निजी निवासबाटै पक्राउ गरेको थियो।    
Read More
पत्रकार महासंघविरुद्ध सर्बोच्चमा रिट दर्ता

पत्रकार महासंघविरुद्ध सर्बोच्चमा रिट दर्ता

नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएको समयमा हुन नसकेपछि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। सोमबार ध्रुवप्रसाद चौलागाईंले पत्रकार महासङ्घलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका हुन्। वर्तमान कार्यसमितिले तोकिएको मितिमा चुनाव गराउन नसकेपछि अब वैकल्पिक माध्यमबाट चुनाव गराएर संस्थालाई निकास दिनुपर्ने माग गरिएको छ। रिटमा अब प्रदेश र जिल्ला अध्यक्षहरू सम्मिलित राष्ट्रिय भेला आयोजना गरी सोही भेलाको निर्णयबाट समितिले गरेका काम कारबाही बारे आवश्यक निर्णय गर्नुका साथै बढीमा ६ महिनाभित्र निर्वाचन गर्ने गरी मिति तोक्न माग गरिएको छ। यस्तै अघिल्लो वार्षिक साधारण सभामा सहभागी पुराना सदस्यहरूलाई निर्वाचनमा सहभागी हुने व्यवस्था गरेर मात्रै निर्वाचन गर्नु भनी विपक्षीहरूका नाममा परमादेश आदेश…
Read More
रविले सहकारीबाट ९५ करोड ठगेको प्रमाण मसँग छ: मुकुल ढकाल

रविले सहकारीबाट ९५ करोड ठगेको प्रमाण मसँग छ: मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री डा मुकुल ढकालले सभापति रवि लामिछानेले सहकारी बचतकर्ताको ९५ करोड रुपैयाँ ठगेको प्रमाण आफूसँग भएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले लामिछानेले सहकारीको २ करोड रुपैयाँ गोर्खा मिडिया नेट्वर्कमा लगेको आरोप पनि लगाएका छन्। ‘नेपालमा स्वेट शेयरको कानुन छैन भनेर रवि लामिछानेले हल्ला फैल्याए, हामीले त्यसमा विश्वास गर्‍यौँ। कतिपय मिडियाकर्मी साथीहरूले पनि त्यहीअनुसार समाचार प्रशारण गरे’, उनले भनेका छन्, ‘तर नेपालमा ‘स्वेट शेयर’ वा यस्तै प्रकृतिमा लिइने अन्य शेयरका लागि कानुन छ।’ ढकालले रविले २ करोड मात्रै नभएर झण्डै ९५ करोड रकम सहकारीबाट ठगेको प्रमाण आफूसँग सुरक्षित रहेको पनि दाबी गरेका छन्।  ‘‘करिब ९५ करोड सहकारीबाट…
Read More
यातायात सिन्डिकेट खारेज गर्ने सरकारको ६ बर्षअघिको निर्णय बदर

यातायात सिन्डिकेट खारेज गर्ने सरकारको ६ बर्षअघिको निर्णय बदर

यातायात क्षेत्रको सिन्डिकेट अन्त्य भएको भनी ६ बर्ष अघि सरकारले गरेको घोषणाको निर्ण सर्बोच्च अदालतले बदर गरिदिएको छ। नेपाल ट्रक तथा यातायात व्यवस्था महासङ्घको रिटमा सर्वोच्चले २०७५ वैशाख ४ गतेको मन्त्रीपरिषद् र असार ३१ गतेको मन्त्रिस्तरीय निर्णय बदर गरेको हो। सरकारको निर्णयपछि संस्था दर्ता ऐन अनुसार गठित अधिकांश समिति कम्पनीमा रूपान्तरण भएका छन् तर अदालतले समिति खारेज वा विघटनको अधिकार मन्त्रीपरिषद्लाई नरहेको फैसला गरेको हो। मुद्दाका कारण महासङ्घ भने कम्पनीमा रूपान्तरण भएको छैन। न्यायाधीशद्वय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले गरेको २०८० चैत २० गतेको फैसलाको पूर्ण पाठ हालै सार्वजनिक भएको हो । संस्था दर्ता ऐन अन्तर्गत दर्ता भएका…
Read More
निर्माणाधीन झोलुङ्गे पुन बनिसकेको देखाएर साढे चार करोड रुपैयाँ भुक्तानी?

निर्माणाधीन झोलुङ्गे पुन बनिसकेको देखाएर साढे चार करोड रुपैयाँ भुक्तानी?

रुकुम पश्चिमका तीन ठाउँमा झोलुङ्गे पुल बनाउन करिब चार करोड ६४ लाखमा ठेक्का लाग्यो। ती तीन वटै पुल बनिसकेका छैनन्। तर ठेकेदारले सबै भुक्तानी पाइसकेको विभिन्न दस्तावेजले देखाएका छन्। अधिकारीहरूका अनुसार रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर १ कुसुम खोला, वडा नम्बर २ को भल खोला र चौरजहारी नगरपालिका वडा नम्बर १४ को साक्चा खोलामा झोलुङ्गे पुल बनाउने ठेक्का हरिहरि पिएस जेभीले पाएको छ। अधिकारीहरूका अनुसार कुसुम खोलामा एक करोड दुई लाख ६ हजार २२४ रुपैयाँ, भल खोलामा दुई करोड ५४ लाख ९१ हजार ७०१ र साक्चा खोलामा पुल बनाउन एक करोड ७ लाख ९१ हजार ३८७ रुपैयाँमा ठेक्का दिइएको…
Read More
नेपाल एयरलाइन्स कोरिया ओहोरदोहोर संचालन गर्न संसदमा थापाको ध्यानाकर्षण

नेपाल एयरलाइन्स कोरिया ओहोरदोहोर संचालन गर्न संसदमा थापाको ध्यानाकर्षण

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली ध्वजाबाहक सहितको नेपाल एयरलाइन्स विमान दक्षिण कोरिया ओहोरदोहोरको बाटो निर्माण गरि संचालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्रालयको ध्यानाकर्षण गराएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै थापाले नेपाल एयरलाइन्स कोरिया ओहोरदोहोर संचालन गर्न नागरिक उड्डयन मन्त्रालयलाई ध्यानाकर्षण गराएका हुन्। थापाले नेपालीहरुले कोरिया जादा तिर्नुपर्ने जति भाडा छिमेकी कुनैपनि राष्ट्रहरुमा नभएको हुँदा यथासिघ्र यो विषयको समाधान गर्न मन्त्री बद्री पाण्डेयले पहलकदम चाल्नुपर्ने बताए। थापाले अहिले ईपीएसमा टेण्डर पनि खुलेको हुनाले मन्त्री पाण्डेयले नागरिक उड्डयन प्राधिकरणलाई थोरै चलाउदा नेपाली विमान कोरिया ओहोरदोहोर गर्ने बाटो खुल्ने बताए। दुई साताअघि नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले…
Read More
गायक प्रकाश तिमिल्सिनाको निधन

गायक प्रकाश तिमिल्सिनाको निधन

गायक प्रकाश तिमल्सिनाको निधन भएको छ। ​उनी शनिवार साँझ भैँसेपाटी स्थित डेरामा अचेत अवस्थामा फेला परेका छन्। घरमै बेडमा अचेत अवस्थामा फेला परेपछि परिवारले पाटन अस्पताल पुर्‍याएको र अस्पताल पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। गायन प्रतियोगिता नेपाली ताराबाट उदाएका प्रकाश भैंसेपाटीमा बस्दै आएका थिए। उनका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ’ लगायत दर्जनौं गीत लोकप्रिय छन्। २०४५ सालमा कोशीमा आएको बाढीले घर परिवार सबै गुमाएका उनले आँखाको ज्योति पनि गुमाएका थिए। ३ वर्षको उमेरमा बाढीले बगाउँदा धेरै तल माझीले जालमा पारेर उनलाई निकालेको र पछि हजुरआमाले पालेको प्रकाशले अन्तर्वार्ताहरुमा बताएका थिए। तिमिल्सीनाको शव आइतबार बिहान ८ बजे सङ्गीत…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search