Naya Update

म भागिरहेछु वा………

Advertisement

 

  • मोहनविक्रम सिंह

 

 

तिमी भन्छौ,
म भागी रहेको छु,
किनभने म–
‘यो धरतीलाई छाडेर,
आकाशतिर गइरहेको छु’
तर म–
‘यो धरतीको माया मारेर,
त्यो नीलो आकाशको मायामा अल्झेर
आकाशतिर गई रहेको छैन ।’
म त–
‘ती काला बादलहरूसित लडेर
ती चम्किला ताराहरू टिपेर,
यो धरतीलाई सिँगार्ने सङ्कल्प गरेर
आकाशतिर गई रहेको छु ।’
मलाई आश्चर्य लाग्छ ।
जब तिमीले यो भुल्दछौ–
‘म पनि यही धरतीमा जन्मेको हुँ
जहाँ तिमी जन्मेका हौ ।
मैले पनि यो धरतीलाई माया गर्छु
जहाँका सारा बाँझा चौरहरूमा
हरिया अङ्कुरहरू उम्रन्छन्’
तिमीले भन्छौ–
म भागिरहेको छु ।
तर म भन्छु–
‘म लडी रहेको छु’
म–
‘ती काला बादलहरूसित लडेर
ती चम्किला ताराहरू टिपेर
फेरि फर्केर आउनेछु ।
अनि धर्तीलाई
आकाशका फुलहरूको
सौगात चढाउने छु ।’
त्यो दिन–
‘जब म धरतीको माया मारेर
इन्द्रेणीको रङ्गमा भुल्नेछु
धरतीलाई सिँगार्ने व्रत तोडेर
आकाशमा नै डेरा जमाउने छु
त्यो दिन–
तिमीले मलाई
बाँचेको भए पनि ‘मरेको सम्झनु’
मेरा लासमा परैबाट
डुङ्गाले हानेर ‘फर्केर जानु’
तिमीले किन बिर्सन्छौ– ?
‘म माटामा नै जन्मेको हुँ ।’
तिमीले किन पत्याउन्नौ ?
‘म माटोमा नै मर्ने छु ।’
तिमीले मान वा नमान–
आज नभए भोली
धरतीका चट्टानहरूले बताउने छन्–
‘म भागिरहेको छु वा लडिरहेको छु ’

वि.सं.२०१७ साल कार्तिक१७, वाराणसी

 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

राजावादीको प्रदर्शन: लुटपाट अराजकता सहित दुइको मृत्यु

राजावादीको प्रदर्शन: लुटपाट अराजकता सहित दुइको मृत्यु

पवन औजी/कंचनपुर: काठमाडौको तिनकुनेमा बिरोध प्रदर्शनमा उत्रिएका राजिवादि समुहका प्रदर्शनकारीहरू अराजक शैलीमा देखापरेका छन्। शुक्रबा...
तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

काठमाडौको तीनकुनेमा शुक्रबार राजावादी समर्थक र प्रहरी बिच भएको झडपमा एकजना पत्रकारको मृत्यु भएको छ। भवनको छतमा चढेर टेलिभिजनका लाग...
कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

दक्षिण कोरियाको उत्तर ग्यङ्साङ प्रान्तको उईसङमा गएको हप्ता सुरु भएका वन डढेलोले कम्तीमा १८ जनाको ज्यान लिएको छ र बलियो हावा र ...
प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

कालीकोटको रास्कोट नगरपालिकाको बडीमालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कृष्णप्रसाद बरालले फेसबुकमा नगरप्रमुख धर्मराज शाहीको प्...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search