Naya Update

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

Advertisement

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिमा स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छत्र खड्काले बुधबार आफ्ना २५ बुँदे चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्।

केन्द्रिय क्याम्पसमा बिएएलएलबी छैटौं सेमेस्टरमा अध्यनरत खड्काले मंगलबार फेसबुकमा भिडियो पोस्ट गर्दै स्वतन्त्रबाट सभापतिका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका थिए। त्यसको दुईदिन पछि बिहिवार उनले पुनः फेसबुक मार्फत आफ्ना चुनावी एजेन्डा सार्वजनिक गरेका हुन्।

खड्काले आफ्ना चुनावी एजेन्डामा विद्यार्थीहरुलाई एकताबद्ध गर्ने देखि लिएर विश्वविद्यालयको आफ्नै मिडिया हाउस स्थापना गर्ने सम्मका कुराहरू समेटेका छन्। यस्तै विश्वविद्यालयको शैक्षिक तथा आन्तरिक सूचना प्रवाहको लागि छुट्टै मोबाइल एप्स संचालनमा ल्याउने, विश्वविद्यालयमा साहित्यिक महोत्सवको आयोजना गर्ने, वार्षिक शैक्षिक क्यालेन्डरको प्रभावकारी कार्यान्वयन गर्ने, भर्ना तथा आवस्यक फारमहरु अनलाइन मार्फत गर्ने जस्ता एजेन्डाहरु पनि समेटेका छन्।

विश्वविद्यालयमा स्वास्थ्य क्लिनिक निर्माण गरि वार्षिक स्वास्थ्य शिविर, छात्राहरूका लागि निःशुल्क सेनेटरी प्याड तथा आराम कक्षको व्यवस्था गर्ने, विश्वविद्यालयका सिसिटिभी, वाईफाई, पार्किङ, गार्डेन तथा फोहोर व्यवस्थापलाई समाधान गर्नेमा पनि उनले प्राथमिकता दिएका छन्। साथै देश तथा विदेशका विश्वविद्यालयहरूसँग समन्वय गर्दै विद्यार्थीहरूका लागि अन्तरक्रिया तथा छलफलको परिपाटीको सुरुवात गर्ने विषयहरु घोषित एजेन्डाहरुमा रहेका छन्।

विद्यार्थी आवासीय भवन(होस्टेल) निर्माण तथा सभा हल निर्माणका लागि पहल कदम चाल्ने घोषणापत्रमा उल्लेख छ।

खड्काले विश्वविद्यालयमा नयाँ जोस जागर भएका युवाहरू मिलाएर संयुक्त प्यानल सहित चुनावमा जाने बताएका छन्।

विश्वविद्यालयमा यतिबेला स्ववियु निर्वाचनको माहोल बन्न सुरुभएको छ। हालसम्म राजनीतिक दलका भातृ संगठनहरुले उम्मेदवारी घोषणा गरेका छैनन्।

 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कुवेतसँग ३ रनको हारले नेपाल उपविजेतामा सीमित

कुवेतसँग ३ रनको हारले नेपाल उपविजेतामा सीमित

पवन औजी/कंचनपुर: हङकङमा भएको चारदेशीय टी–२० आई शृङ्खलामा नेपाल उपविजेतामा सिमीत रहदा उपाधि कुवेतले जितेको छ। आइतबार भएको फाइनलमा न...
कंचनपुरमा लागूऔषध चरेश सहित एक जना पक्राउ

कंचनपुरमा लागूऔषध चरेश सहित एक जना पक्राउ

पवन औजी/कंचनपुर: कंचनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ भुुमिराज टोलबाट ४ सय ९२ ग्राम चरेशसहित एक जनालाई पक्राउ गरिएको छ। ...
सुदुरपश्चिम समाज दक्षिण कोरियाद्वारा नयाँ बर्षको शुभकामना आदानप्रदान एवं देउडा कार्यक्रम सम्पन्न

सुदुरपश्चिम समाज दक्षिण कोरियाद्वारा नयाँ बर्षको शुभकामना आदानप्रदान एवं देउडा कार्यक्रम सम्पन्न

सुदुरपश्चिम समाज दक्षिण कोरियाले नेपाली नयाँ वर्ष २०८२ सालको अवसरमा शुभकामना आदानप्रदान एवं देउडा कार्यक्रम सम्पन्न गरेको छ । ...
गायक औजी र परियारको आवाजमा ‘देउराली भाकम्ला’ बोलको गित सार्बजनिक

गायक औजी र परियारको आवाजमा ‘देउराली भाकम्ला’ बोलको गित सार्बजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: गायक पवन औजीको ‘देउराली भाकम्ला’ बोलको दोहोरी गित सार्बजनिक भएको छ। पवन औजी र सोनिया परियारको आवाज रहेको '...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search