पवन औजी/कंचनपुर: काठमाडौको तिनकुनेमा बिरोध प्रदर्शनमा उत्रिएका राजिवादि समुहका प्रदर्शनकारीहरू अराजक शैलीमा देखापरेका छन्। शुक्रबार भएको प्रदर्शनमा प्रदर्शनकारीले प्रहरिमाथी ढुङ्गामुडा प्रहार गर्नुका साथै केहि निजि सम्पत्तिमा समेत आगो लगाउने र लूटपाट समेत गरेका हुन्।
काठमाडौको कोटेश्वर स्थित भाटभटेनीमा तोडफोड गर्दै प्रदर्सनकारीहरुले लुटपाट गरेका छन्। यती मात्र नभइ विभिन्न पाटी कार्यालय सन्चार माध्यमका कार्यलय हरुमा समेत आगलागी गर्ने तथा तोडफोड गरेका छन। अन्नपूर्ण , कान्तिपुर जस्ता ठुला मिडियामा समेत ढुङ्गा मुडा प्रहार गरेको पाइएको हो। यस्तै अवस्था तनावग्रस्त देखिए पछि जिल्ला प्रशासन कार्यालय काठमाडौले कर्फ्यु समेत लगाएको छ। यस्तै काठमाडौमा गणतन्त्र पक्षधर समाजवादी मोर्चाले आयोजना गरेको जनसभामा लाखौको संख्यामा आएका ब्यक्तिहरुले गणतन्त्रको विकल्प कुनै पनि हालतमा राजतन्त्र हुन न सक्ने बताएका छन।
जनसभालाई सम्बोधन गर्दै पुर्ब प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी त निरंकुशतावादिको प्रतीक जस्तो रहेको भन्दै घरहरुमा आगो लगाउने प्रहरीमाथी समेत ढुङ्गामुडा प्रहार गरेको प्रती आक्रोश जनाउदै जनता मारेर देशभर आतंक फैलाउन चाहेको आरोप समेत राजावादीहरुलाई लगाउनु भयो। साथै उहाले इतिहास पछाडी फर्काउने दुस्साहस नगर्न समेत चुनौती दिनु भयो। यस्तै राजावादीका नाममा भएका अराजकता र लुटपाट रोक्न नेपाली सेना सडकमा निस्किएका छन । यस्तै नेपालमा आज दुई समुहले गरेको प्रदर्शनले भने जनता नै मारमा परेका भन्दै सामाजिक संजालमा बहस चलेको देखिन्छ।
कुनै पनि प्रदर्शनमा गए आखिर मारिने भनेको जनता नै हो भन्दै बहस चलेको हो। यस्तै प्रदर्शनका क्रममा दुई जनाको ज्यान समेत गएको छ। राजावादीको प्रदर्शनका क्रममा तीनकुनेस्थित एक घरमा प्रदर्शनकारीले लगाएको आगोमा परी एभिन्युजका पत्रकार सुरेश रजकको ज्यान गएको प्रहरी जानकारी दिएको छ। त्यस्तै झडपमा कीर्तिपुरका अर्का एक युवकको र पनि भएको छ। मृत्यु हुनेमा २९ वर्षीय सविन महर्जन रहेको प्रहरीले जानकारी दिएको हो।