
आश्विन २३ गते दिउँसो ३.३० बजे नयाँबजारस्थित केन्द्रको हलमा हुने सो कार्यक्रममा मानवादी अभियन्ता प्रोफेसर डा. नायकका साथै अन्य भारतीय सामाजिक अभियन्ताहरूको समेत उपस्थिति हुनेछ । धार्मिक अन्धविश्वासहरूलाई दार्शनिक पक्षका साथै प्रयोगात्मक प्रकारले समेत खण्डन गर्दै आउनुभएका अभियन्ताहरूसँगको अन्तरक्रिया अत्यन्तै रोचक हुने अनुमान गरिएको छ ।
स्मरण रहोस्, अभियन्ता नायकले धर्मको नाममा व्यापार गर्ने त्यस्ता चटकी बाबाहरूले आफ्नो अलौकिकता प्रमाणित गरे आफ्नो अरबौँ रुपैयाँको सम्पत्ति पुरस्कार दिने घोषणा समेत गर्दै आउनु भएको छ ।