Naya Update

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Advertisement

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले “साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका” बिषयक बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। महासंघको कोरिया शाखाले आइतबार राजधानी सौलको दोङ्देमुनमा एतिहासिक साधारणसभा तथा अन्तरक्रिया कार्यक्रमको सफलतापुर्वक सम्पन्न गरेको हो।

 

नेपाली राजदूतावास दक्षिण कोरिया “सिओल” की श्रम काउन्सेलर मैया कंडेलको प्रमुख अतिथ्यमा सम्पन्न साधारण सभा तथा अन्तरक्रिया कार्यक्रम करिब ६ घण्टा सञ्चालनमा आएको थियोे। कार्यक्रममा कडेलले हलबाट उठेका प्रश्नहरुको जबाफ दिदै नियम र कानुनले दिए सम्म र सकेसम्म सबै श्रमिकहरुमा त्यतिकै आत्मियता बढाउँदै जाने र गर्नु पर्ने काम गर्ने बताईन्। गत महिना कोरियाको मोक्पोमा बङ्गुर फार्ममा मृत फेला परेका म्याग्दीका तुलसी पुन मगरको परिवारलाई दुताबासले काउन्सिलिङ गरेर एककरोड वन भन्दा बढि रकम उपलब्ध गराउने प्रक्रियामा रहेको बताईन। साथै औधोगीक दुर्घटनामा परि दाहिने हातका ४ औंला गुमाएका पश्चिम रुकुमका मनिष बुढा मगरलाई दूतावासले हरसम्भव आवस्यक सहयोग दिने आश्वासन समेत व्यक्त गरिन।

२०६५ साल देखि कोरियन एयरले मात्र सिधा उडान मार्फत चर्को भाडामा कामदार कोरिया ल्याउँदै गरेकोमा आफु ईपीएस कोरिया शाखाको निर्देशकको रुपमा जिम्मेवारी सम्हालेर आएपछि बोलपत्र आह्वान गरेर ट्रान्जिट उडान मार्फत आधा भाडा दरमा श्रमिकहरु कोरिया आउने गरेको बताईन।

 

ई-७ भिसाको आधिकारिकताको सम्बन्धमा हलबाट उठेको प्रश्नको जवाफ दिदै काउन्सेलर कडेलले हालको मिति सम्ममा नेपाल सरकार र कोरियन सरकार सँगको सम्झौता भए बमोजिम रोजगार अनुमति प्रणाली ई-९ भिसा मार्फत मात्र नेपाली श्रमिक कोरिया आउदै गरेको बताईन।

 

त्यस्तै महासंघ कोरिया शाखाका कार्यवाहक अध्यक्ष सन्तोष खड्काले अबको केहि समय भित्रमा पत्रकार महासंघ कोरिया शाखाको आफ्नै कार्यालय र स्टुडियो हुने साथै कोरियाली नियम कानुन एवं निति नियम अनुसार सस्थालाई दर्ता गराई छाड्ने प्रतिबद्धता ब्यक्त गरे। साथै पत्रकार भनेको न्यायधीश नभई वास्तविक ऐना भएको कारण सहि र गलत छुट्याउने काम नगरी वास्तविक र देखेका सामाग्री मात्रै सम्रेषण गर्न आग्रह गरे। अधिवेशन बारे हलबाट केहि सहभागीहरुले जिज्ञासा राखेका कारण नेपाल पत्रकार महासंघको केन्द्र देखि हरेक शाखा संरचनाहरुको कार्यावधि ३ बर्षको हुने र आगामी जुलाईको ३१ भित्रमा ८औँ अधिवेशन सम्पन्न भई सक्ने बताए।

 

यसैबीच पत्रकार महासंघका केन्द्रिय सचीव प्रकाश धौलाकोटीले कोरिया शाखालाई शुभकामना सन्देश व्यक्त गरेका छन्। शुभकामना सन्देशमा नेपालमा मात्रै नभएर परदेशमा समेत रहेका नेपाली समुदायको सवालमा पत्रकार महासंघको सक्रियता रहिआएको बताए। कोरिया शाखाले पत्रकारिता क्षेत्रको विकास सँगसँगै नागरिक अधिकारको क्षेत्रमा कार्य गर्दै आएको बताउदै आभार तथा धन्यवाद व्यक्त पनि गरे।

 

‘भर्खरै नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। महासंघको साढे ७ दशक लामो इतिहासमा यसपटक जुन व्यवधान र अफ्ठयाराहरू महासंघले झेल्नुपर्‍यो, यसप्रति महासंघको नयाँ नेतृत्व सचेत छ, र सजगताका साथ आवश्यक रणनीतिहरूसहित काम अगाडि बढाइएको छ’ उनले भने, ‘महासंघको सदस्यताका सवालमा उठेका प्रश्नहरूलाई सम्बोधन गर्न हालै सम्पन्न केन्द्रीय समिति बैठकले सदस्यता पारदर्शीता अभियान सञ्चालन गर्ने, र सबै शाखाहरूले आफ्ना सदस्यहरूको नाम, ठेगाना, कार्यरत मिडिया, फोटो र सम्पर्क नम्बरसहितको विवरण सार्वजनिक गर्ने निर्णय गरेको समेत जानकारी गराउन चाहान्छु।’

 

महासंघले दक्षिण कोरिया रहि नेपाली समुदायका निमित्त विशेष योगदान पुर्याएका एक दर्जन बढि सञ्चारकर्मी तथा सामाजिक अभियन्ताहरु लाई सम्मान समेत गरेको थियो।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
एकीकृत समाजवादीका स्याङ्जा जिल्ला अध्यक्ष गिरी बलात्कार अभियोगमा पक्राउ

एकीकृत समाजवादीका स्याङ्जा जिल्ला अध्यक्ष गिरी बलात्कार अभियोगमा पक्राउ

जबरजस्ती करणीको आरोपमा नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ परेका छन्।...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search