Naya Update

हराउँदै घर लिप्ने परम्परा

Advertisement

हेमन्त केसी
सुर्खेत, ४ कार्तिक । बडादसैँ प्रत्येकको घरघरमा प्रवेश गरिसकेको छ। बडादसैँलाई नेपालीले विशेष महत्त्व दिएर मनाउँछौँ। परदेसिएका आफन्तहरू पनि दसैँको मौका पारेर घर फर्किने गर्दछन्।

दसैँमा घर लिपपोत गरी चिटिक्क पार्नु महत्त्वपूर्ण मानिन्छ। रातो माटो र कमेरोले घर लिप्दा घर पनि कम्ता आकर्षक देखिँदैनन्। रातो माटो र कमेरोले लिपेपछि मात्र गाउँघरमा दसैँ आएको अनुभूति हुन्थ्यो। पछिल्लो समय भने रातो माटो र कमेरोले घर लिप्ने चलन बिस्तारै लोप हुँदै जान थालेको छ।

आधुनिकताले परम्परागत घर विस्थापित हुँदै जाँदा रातो माटो र कमेरोले घर पोतिन छाडेका छन्। गाउँमा खर र ढुङ्गे घर हराउँदै जाँदा घर पोत्ने परम्परा पनि हराउँदै जान थालेको बनगाड कुपिण्डे नगरपालिका–३ की सुशीला पुनले बताइन्।

उनले भनिन्, ‘पहिले सबै घर रातो माटो र कमेरोले लिप्ने चलन थियो तर आजभोलि पक्की घर बन्न थालेपछि अरू रङ लगाउने चलन छ।’ आफ्नो घर ढुङ्गा माटोको भएकाले अहिले पनि घर लिप्दै आइरहेको उनको भनाइ छ।

पहिले घर लिप्ने माटो ल्याउन गाउँभरका सबै एकै पटक जाँदा रमाइलो पनि हुन्थ्यो र सुख दुःखका कुरा साटासाट पनि हुन्थे तर आजभोलि पक्की घर बन्न थालेपछि गाउँघरका जम्मा भएर सुख दुःख साटासाट गर्ने संस्कार पनि हराएको देवबहादुर विकको भनाइ छ।

गाउँमा ढुङ्गा, माटो र खरले बनेका घर बिस्तारै हराउँदै जान थालेका छन्। अचेल फलाम, जस्तापाता र सिमेन्टका घर बन्न थालेपछि बजारबाटै आउने रङ प्रयोग हुँदा परम्परागत मौलिकता पनि हराउँदै जान थालेको उनले बताए।

सरकारले फुसका छाना हटाउने अभियान चलाउँदा पनि परम्परागत मौलिकता हराउँदै जान थालेको स्थानीयको भनाइ छ। अहिले बजार कुन हो गाउँ कुन छुट्टाउन पनि गाह्रो हुने गरेको सुमित्रा बिसीको भनाइ छ।

बजारमा पनि ठुला ठुला पक्की घर छन्। गाउँघरमा पनि बिस्तारै पक्की घर बन्दै जाँदा सहर र गाउँबिचको दूरी पनि हट्दै गएको अनुभूति हुने गरेको उनले बताइन्।

उनले भनिन्, ‘पहिले आफ्नो घर राम्रो देखाउन टाढा टाढाबाट रातो माटो, कमेरो बोकेर ल्याइन्थ्यो। भित्र बाहिर लिपेर चिटिक्क पारिन्थ्यो तर आजभोलि बजारबाट रङ ल्यायो लिप्यो।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
एकीकृत समाजवादीका स्याङ्जा जिल्ला अध्यक्ष गिरी बलात्कार अभियोगमा पक्राउ

एकीकृत समाजवादीका स्याङ्जा जिल्ला अध्यक्ष गिरी बलात्कार अभियोगमा पक्राउ

जबरजस्ती करणीको आरोपमा नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ परेका छन्।...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search