Naya Update

अमेरिकामा गर्भवती मोडेलको हत्या

Advertisement

लस एन्जलस, १२ कार्तिक । अमेरिकाको लस एन्जलसमा एक गर्भवती मोडल मृत फेला परेकी छन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार मृत्यु अघि उनलाई कुटपिट गरिएको थियो । पोस्टमार्टमका अनुसार ती महिला मोडल दुई महिनाकी गर्भवतीसमेत थिइन् ।

ती महिलाको नाम मलेसा मुनी रहेको प्रहरीले जनाएको छ । मुनीकी बहिनी जोर्डिन पाउलिनले स्थानीय समाचार केटिएलएलाई बताइन् कि उनकी बहिनीले सधैँ आमा बन्ने सपना देखेकी थिइन् र उनको मृत्युको समयमा दुई महिनाको गर्भवती थिइन्।

विष विज्ञानको नतिजाले महिलाको शरीरमा बेन्जोइलेगोनिन (एक कोकेन मेटाबोलाइट) साथै कोकाइथिलिन र इथानोलको मिश्रण भेटिएको न्यु योर्क पोस्टले उल्लेख गरेको छ । उक्त समाचारमा भनिएको छ कि पोस्टमार्टमको समयमा शरीरमा चोटपटकको अवस्था हेर्दा यी ज्यान जोखिममा पर्ने चोटहरू थिएनन् भन्ने अनुमान गर्न सकिन्छ।

मुनी फेला परेको परिस्थितिले मृत्यु हुनु अघि उनी माथि कोही शारीरिक हिंसामा संलग्न भएको सङ्केत गरेको छ । समाचार अनुसार प्रहरीले मुनीको शव फ्रिजमा रगतले लतपतिएको अवस्थामा फेला पारेको थियो । उनको मुख बन्द थियो, हात खुट्टा बाँधिएको थियो। महिलाको घाँटी थिचेको पनि प्रमाण भेटिएको छ ।

मोडेल मुनीकी बहिनीले एक न्युज च्यानललाई भनिन्,  ‘मेरी दिदीले त्यो समय कसरी गुजारेकी हाेलिन, जुन बेला उनी माथि हमला भएको थियो, म कल्पना पनि गर्न सक्दिनँ, यो सोचेर मात्रै पनि म अहिले पनि काँपिरहेको छु ।’

मुनीको फोन र म्याकबुकसँग जोडिएको आइक्लाउडमा अलर्ट रहेको प्रहरीले जनाएको छ। जसको मतलब उसको फोन अरू कसैले प्रयोग गरिरहेको थियो भन्ने देखिएको छ । त्यसैमा टेकेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

राजावादीको प्रदर्शन: लुटपाट अराजकता सहित दुइको मृत्यु

राजावादीको प्रदर्शन: लुटपाट अराजकता सहित दुइको मृत्यु

पवन औजी/कंचनपुर: काठमाडौको तिनकुनेमा बिरोध प्रदर्शनमा उत्रिएका राजिवादि समुहका प्रदर्शनकारीहरू अराजक शैलीमा देखापरेका छन्। शुक्रबा...
तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

काठमाडौको तीनकुनेमा शुक्रबार राजावादी समर्थक र प्रहरी बिच भएको झडपमा एकजना पत्रकारको मृत्यु भएको छ। भवनको छतमा चढेर टेलिभिजनका लाग...
कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

दक्षिण कोरियाको उत्तर ग्यङ्साङ प्रान्तको उईसङमा गएको हप्ता सुरु भएका वन डढेलोले कम्तीमा १८ जनाको ज्यान लिएको छ र बलियो हावा र ...
प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

कालीकोटको रास्कोट नगरपालिकाको बडीमालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कृष्णप्रसाद बरालले फेसबुकमा नगरप्रमुख धर्मराज शाहीको प्...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search