मंसिर ९,बर्दिया । बर्दियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ । एक जना सख्त घाइते भएको प्रहरीले जनाएको छ ।
गुलरिया नगरपालिका–४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिका सहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।
शुक्रबार राति ११ बजेतिर भरत चन्दको घरमा आगलागी भएको थियो ।
आगलागी हुँदा घरमा सुतिरहेका ७ वर्षीय बालक कृष चन्द, १८ महिनाका कार्तिक चन्द, ९ वर्षीया बाललिका मानसी बुढा र ३६ वर्षीया राधा बुढाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक तुल्सिराम अर्यालले बताए ।
गम्भीर घाइते भएकी २७ वर्षीया करिष्मा चन्दको जिल्ला अस्पताल बर्दियामा उपचार भइरहेको छ ।