Naya Update

कोप २८ मा नेपालले पर्वतीय क्षेत्रको मुद्दालाई विशेष प्राथमिकताका साथ उठाउने

Advertisement

मंसिर १०, काठमाडौं । नेपालले आसन्न विश्व जलवायु सम्मेलनमा जलवायुवित्त, जलवायु अनुकुलनको लक्ष्य निर्धारण पर्वतीय क्षेत्रको मुद्दालाई विशेष प्राथमिकताका साथ उठाउने भएको छ ।

यो वर्ष संयुक्त अरब इमिरेट्सको दुबईमा यही मंसिर १४ देखि २६ गतेसम्म जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि युएनएफसिसीका पक्ष राष्ट्रहरुको सम्मेलन कोप—२८ हुँदैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा नेपालले सहभागिता जनाउने सो सम्मेलनमा जलवायु वित्त, अनुकुल र पर्वतिय क्षेत्रको समस्यालाई विशेष प्रथामकिताका साथ उठाइने भएको हो ।

सन् २०१० मा नै धनी राष्टबाट २०२० देखि लगभग सय अर्ब अमेरिकी डलर बराबरको लगानी नेपाल जस्ता विकासोन्मुख देशमा गर्ने भनी घोषणा गरिएको थियो । तर घोषणा गरिएको रकम अहिलेसम्म परिचालन हुन सकेको छैन ।

यस विषयलाई नेपालले विशेष प्राथमिकताका साथ उठाउने सम्मेलनमा नेपाल सरकारको तर्फबाट वार्ता टिमका सदस्य समेत रहनुभएका जलवायुविज्ञ डाक्टर धर्मराज उप्रेतीले बताए ।

जलवायु परिवर्तनले कृषि, स्वास्थ्य, बसाईंसराई लगायत क्षेत्रमा पारेको असरको हानी नोक्सानी तथा जलवायु अनुकुलनका कार्यक्रमका बारेमा पनि सवाल उठाइने भएको छ ।

सरकारले हानी नोक्सानी, नेपालको पर्वतीय क्षेत्र, अनुकुलन, जलवायुजन्य बसाईंसराई, न्युनिकरण र लैङ्गिक समावेशिता, युवा र आदिवासी गरी ६ वटा विषयलाई प्रमुख एजेण्डा बनाएको छ ।

क्षमता अभिवृद्धि, जलवायु वित्तको परिचालन, जलवायुको मुद्दालाई विकासको लक्ष्यसम्म समावेशीकरण हुँदै आउनुलाई सकारात्मक रुपमा लिन सकिने विज्ञको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
एकीकृत समाजवादीका स्याङ्जा जिल्ला अध्यक्ष गिरी बलात्कार अभियोगमा पक्राउ

एकीकृत समाजवादीका स्याङ्जा जिल्ला अध्यक्ष गिरी बलात्कार अभियोगमा पक्राउ

जबरजस्ती करणीको आरोपमा नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ परेका छन्।...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search