Naya Update

रास्वपाको बैठकमा मंगलबार सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने

Advertisement

११ मङ्सिर, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा आजबाट सुरु भएको छ।

बैठक आज दिउँसो १२:३० बजेबाट सुरु भएको हो। आजको बैठकमा केन्द्रीय सदस्यहरू, सांसदहरू, संगठन, कानुन तथा न्याय, प्रशिक्षण विभागका पदाधिकारी सहभागी छन् ।

बैठकमा रास्वपा मधेश प्रदेश सभापति र महामन्त्रीलगायतको पनि सहभागीता रहेको थियो।

बैठकमा महामन्त्री मुकुल ढकालले समसामयिक राजनीतिक तथा पार्टी गतिविधिको जानकारी गराएका थिए। महामन्त्रीपछि प्रदेशका सभापतिहरूले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए।

सोमबार पार्टी सभापतिबाहेक २० सांसदलाई ७ मिनेटका दरले बोल्न समय दिइएको छ। त्यस्तै पार्टी उपसभापति डोलप्रसाद अर्यालले आर्थिक तथा लेखा प्रतिवेदन पेश गर्नेछन्। आर्थिक व्यवस्थापन विभाग प्रमुख लिमा अधिकारी र लेखा आयोगका प्रमुख अभिषेक घिमिरेले उक्त प्रतिवेदनमाथि धारणा राख्नेछन्।

संगठन विभागका प्रमुख तथा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले  सांगठनिक प्रतिवेदन पेस गर्ने भएका छन्।

मंगलबार विहान केन्द्रीय समिति र संसदीय दलको छुट्टाछुट्टै बैठक पनि बस्नेछ। केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक भने विहान ११ बजेबाट सुरु हुनेछ। बैठकमा प्रमुख सचेतक सन्तोष परियारले संसदीय दलको गतिविधिबारे एक प्रतिवेदन पेश गर्नेछन् ।

मंगलबार नै सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने रास्वपाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

राजावादीको प्रदर्शन: लुटपाट अराजकता सहित दुइको मृत्यु

राजावादीको प्रदर्शन: लुटपाट अराजकता सहित दुइको मृत्यु

पवन औजी/कंचनपुर: काठमाडौको तिनकुनेमा बिरोध प्रदर्शनमा उत्रिएका राजिवादि समुहका प्रदर्शनकारीहरू अराजक शैलीमा देखापरेका छन्। शुक्रबा...
तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

काठमाडौको तीनकुनेमा शुक्रबार राजावादी समर्थक र प्रहरी बिच भएको झडपमा एकजना पत्रकारको मृत्यु भएको छ। भवनको छतमा चढेर टेलिभिजनका लाग...
कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

दक्षिण कोरियाको उत्तर ग्यङ्साङ प्रान्तको उईसङमा गएको हप्ता सुरु भएका वन डढेलोले कम्तीमा १८ जनाको ज्यान लिएको छ र बलियो हावा र ...
प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

कालीकोटको रास्कोट नगरपालिकाको बडीमालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कृष्णप्रसाद बरालले फेसबुकमा नगरप्रमुख धर्मराज शाहीको प्...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search