Naya Update

नयाँ ढंगले केही धक्का दिएर क्रमभंग गर्दै छु : प्रधानमन्त्री पुष्पकमल दाहाल

Advertisement

६ पुस, सुनसरी – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सधैं निरन्तरतामा क्रमभंगताको कुरा गरेको भन्दै  प्रधानमन्त्री बनेको एक वर्ष पूरा हुँदै गर्दा नयाँ धक्का दिएर दोस्रो वर्षको काम सुरू गर्ने बताएका छन्।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्मित ४०० केभी इनरुवा सबस्टेसन उद्घाटनका क्रममा शुक्रबार उनले आफू नयाँ ‘धक्का’को नजिक पुगेको बताएका हुन् ।

प्रधानमन्त्री बनेको एक वर्ष पूरा भइसकेपछि नयाँ ढंगबाट क्रमभंग गर्ने कोसिस गरिरहेको उनले उल्लेख गरे । अबको निर्णय जनताको साथमा हुने उनले बताए ।

जनतालाई निराश पार्ने भाष्यप्रति चिन्ता व्यक्त गर्दै उनले त्यसबाट टाढा रहन आग्रह गरे । उनले देशलाई असफल राष्ट्र बनाउने षड्यन्त्रबाट सावधान रहन अपिल समेत गरे । सारा नेपालीको निराश चाँडै नै आशामा परिणत हुने उनको भनाइ छ ।

“मेरो अब एक वर्ष पूरा हुँदै छ, प्रधानमन्त्री भएर तेस्रो कार्यकाल सुरु गरेको । एक वर्ष पूरा भएपछि मैले नयाँ ढंगले केही धक्का दिएर क्रमभंग गर्दै छु अर्को । त्यति बेला आमनेपाली जनताको साथ रहने विश्वास समेत व्यक्त गर्न चाहन्छु । मानिसहरूमा अहिले एउटा भाष्य बडो नराकात्मक,  जनतालाई निराश पार्ने– नेपाल अँध्यारोमा छ, कहीँकतै उज्यालो छैन, नेपाल बस्न लायक छैन भन्ने गलत प्रचारको भाष्य बनेको छ,” उनले भने, “म यो मञ्चबाट आमनेपाली जनतालाई यो नकारात्मक भाष्यबाट निराश बनाउने र देशलाई असफल राष्ट्र बनाउने षड्यन्त्रबाट सावधान रहन अपिल गर्न चाहन्छु । नेपाल उज्यालो छ । नेपालमा धेरै सम्भावना छ । धेरै चिज गर्न सकिन्छ । यो विश्वास जनतामा जगाउन सरकार लागिपरेको छ । एकताको बलमा सरकार अघि बढेको छ । छिट्टै सारा निराशा अन्त्य हुनेछ ।”

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

राजावादीको प्रदर्शन: लुटपाट अराजकता सहित दुइको मृत्यु

राजावादीको प्रदर्शन: लुटपाट अराजकता सहित दुइको मृत्यु

पवन औजी/कंचनपुर: काठमाडौको तिनकुनेमा बिरोध प्रदर्शनमा उत्रिएका राजिवादि समुहका प्रदर्शनकारीहरू अराजक शैलीमा देखापरेका छन्। शुक्रबा...
तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

काठमाडौको तीनकुनेमा शुक्रबार राजावादी समर्थक र प्रहरी बिच भएको झडपमा एकजना पत्रकारको मृत्यु भएको छ। भवनको छतमा चढेर टेलिभिजनका लाग...
कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

दक्षिण कोरियाको उत्तर ग्यङ्साङ प्रान्तको उईसङमा गएको हप्ता सुरु भएका वन डढेलोले कम्तीमा १८ जनाको ज्यान लिएको छ र बलियो हावा र ...
प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

कालीकोटको रास्कोट नगरपालिकाको बडीमालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कृष्णप्रसाद बरालले फेसबुकमा नगरप्रमुख धर्मराज शाहीको प्...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search