Naya Update

कृषिप्रधान मुलुकको आधा जनसंख्या आफूले उत्पादन गरेको कृषिउपजले छ महिना बाँच्न सक्दैनन् : कांग्रेस महामन्त्री गगनकुमार थापा

Advertisement

६ पुस, उदयपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले समानुपातिक निर्वाचन प्रणालीको विरोध भइरहेको भन्दै समावेशी नेपालका लागि मिश्रित निर्वाचन प्रणालीको विकल्प नभएको बताएका छन् ।

शुक्रबार कटारीमा उदयपुर कांग्रेसको पहिलो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले मिश्रित समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको, तर नेताले खल्तीबाट नाम झिकेर सांसद् बनाउने चलन नचाहिएको बताए ।

‘हामीले समाज जस्तो छ, संसद्लाई पनि त्यस्तै बनाउने परिकल्पना गरेका हौँ, त्यसैका लागि समानुपातिक निर्वाचन प्रणाली ल्याइएको हो,’ उनले भने, ‘तर यो समानुपातिक प्रणालीमा नेताले खल्तीबाट नाम झिकेर सांसद् बनाउने होइन, यस्तो अभ्यासलाई हामीले स्वीकार्न सकिँदैन ।’

महामन्त्री थापाले अहिले तीन वटै तहका सरकारले नागरिकले अनुभूत गर्ने गरी परिणाम दिनुपर्ने बताए । ‘तलदेखि माथिसम्म नेपाली कांग्रेसको सरकार छ । तर कसैसँग पनि जनता खुसी हुन सकेको देखिँदैन,’ उनले भने, ‘अहिले तीन वटै तहका सरकारले नागरिकले अनुभूत गर्ने गरी परिणाम दिनुपर्छ, जनताले मन्त्रीबाट भाषण होइन, परिणाम खोजेका छन् ।’

उनले कृषिप्रधान मुलुक नेपालको आधा जनसंख्या आफूले उत्पादन गरेको कृषिउपजले छ महिना बाँच्न नसक्ने अवस्थामा रहेको भन्दै देशमा ठूलो संख्यामा रोजगारीको सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताए ।

जनता भ्रष्टाचार र कुशासनबाट दिक्क बनेको भन्दै उनले ०४६ सालपछि अहिलेसम्म पदमा बसेर अनियमितता गर्नेहरूको सम्पत्ति छानविन गर्नुपर्ने बताए । ‘अहिले संसद्मा एउटा ऐन छलफलमा छ । ०४६ सालपछि पदमा बसेको, जो–जो हो, जसले अकुत सम्पत्ति कुम्ल्याएर बसेको छ, त्यस्तो व्यक्तिको सम्पत्ति छानविन हुनुपर्छ भनेर मैले आफैँ एउटा शक्तिशाली आयोग गठन गर्न प्रस्ताव लगेको छु,’ थापाले भने।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

राजावादीको प्रदर्शन: लुटपाट अराजकता सहित दुइको मृत्यु

राजावादीको प्रदर्शन: लुटपाट अराजकता सहित दुइको मृत्यु

पवन औजी/कंचनपुर: काठमाडौको तिनकुनेमा बिरोध प्रदर्शनमा उत्रिएका राजिवादि समुहका प्रदर्शनकारीहरू अराजक शैलीमा देखापरेका छन्। शुक्रबा...
तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

काठमाडौको तीनकुनेमा शुक्रबार राजावादी समर्थक र प्रहरी बिच भएको झडपमा एकजना पत्रकारको मृत्यु भएको छ। भवनको छतमा चढेर टेलिभिजनका लाग...
कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

दक्षिण कोरियाको उत्तर ग्यङ्साङ प्रान्तको उईसङमा गएको हप्ता सुरु भएका वन डढेलोले कम्तीमा १८ जनाको ज्यान लिएको छ र बलियो हावा र ...
प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

कालीकोटको रास्कोट नगरपालिकाको बडीमालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कृष्णप्रसाद बरालले फेसबुकमा नगरप्रमुख धर्मराज शाहीको प्...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search