Naya Update

बेलडाँडीका लोकेन्द्रको नेतृत्वमा एकै खेलमैदानमा १८ बर्ष अघि रौलेश्वर र अहिले एपिएफलाई उपाधी

Advertisement

विकास सिंह महता। माघ २१

शनिबार कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा सम्पन्न भएको तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधी सशस्त्र प्रहरी बल नेपालको एपिएफ क्बललाई पाईयो।

१४ माघ उद्घाटनकै दिनदेखि लिग चरणका प्रतियोगितामा निरन्तर एपिएफ क्बलले जित हासिल गर्दै उपाधी चुमेको हो ।
एपिएफ क्बलले पहिलो दिन मधेश प्रदेश, दोस्रो दिन कोसी प्रदेश, चौथोदिन सुदूरपश्चिम प्रदेश, पाँचौ दिन गण्डकी प्रदेशसंग जितेर सेमिलाईनल हुँदै छैटौँ दिन त्रिभुवन आर्मी क्लबसंग जित्दै फाईनलमा पुगेकोे सातौँ दिन सशस्त्र प्रहरीले गण्डकीसंग (३–१) सेटले हराउँदै उपाधी जित्न सफल भएको हो ।

एपिएफले पाचौँ दिन लिग चरणमा समेत गण्डकीलाई (३–१) कै सेटले हराएको थियो । सशस्त्र प्रहरीको विभागिय टिमलाई यो सफलता दिलाउनमा एपिएफ क्लबका टिम कप्तान लोकेन्द्र गिरी थिए । टिम कप्तान गिरीको असल नेतृत्वले नै सिङ्गो टिमसंगै खेलाडी र कोचसम्मले उत्कृष्ठ पुरस्कार पाएका छन । एपिएफ क्लब नै तेस्रो मुख्यमन्त्री पुरुष पुरुष राष्ट्रिय भलिबलको च्याम्पियन बनाउन सफल भएपछि एपिएका तर्फबाट उत्कृष्ठ सर्भिसर हेमन्त मल्ल, उत्कृष्ठ डिफेन्सर बिनोद चन्द, उत्कृष्ठ खेलाडी बिजय थापा र उत्कृष्ठ कोचमा पुष्पजंग मल्लले नगद पुरस्कार पाएका छन ।

एपिएफ क्लबका टिम कप्तान गिरी सुदूरपश्चिम प्रदेश कञ्चनपुरको बेललडाँडी गाँउपालिका ३ खैरिघाटका स्थानीय हुन । उनी बाल्यकालदेखि नै भलिबलमा रुची राख्दै आएका थिए । किशोरा अवस्थादेखि उनी विद्यालय, गाँउस्तरका प्रतियोगिता खेल्दै आएका थिए ।

विद्यालय, अन्तर विद्यालय, जिल्ला स्तरका प्रतियोगितामा विद्यार्थी उमेरदेखि नै भलिबल प्रतियोगितामा आफ्नो टिमलाई सफलता दिलाउन सफल गिरी अहिले एपिएफकै नेतृत्व लिदा समेत सफल भएका छन ।

गाँउबाटै जन्मिएको प्रतिभा गिरीले गाँउ स्तरका क्लब, विद्यालय हुँदै विभागिय टिमको नेतृत्व गर्न सफल भलिबलका अन्र्तराष्ट्रिय खेलाडी बन्न मात्रै नभई आफ्नो टिमलाई जिताउन सफल भएका छन । पहिलो पटक ठिक १८ बर्ष अघि महेन्द्रनगरकै खुला मञ्चको ग्राउनमा ०६२ सालमा भएको जिल्ला स्तरिय तत्तकालिन बिरेन्द्र शिल्ड (हाल राष्ट्रपति रनिङ्गशिल्ड) प्रतियोगितामा आफ्नो विद्यालय रौलेश्वर माध्यामिक विद्यालय बेलडाँडीका तर्फबाट भलिबलका कप्तानको नेतृत्व गरेका गिरीले जिल्लामै रौलेश्वरलाई च्याम्पियनशिप उपाधी जिताउन सफल भएका थिए ।

किशोरा अवस्थामा विद्यालय टिमबाट नेतृत्व गरेकै खेल मैदानमा युवा अवस्थामा पुग्दा गिरीले एपिएफको टिमलाई सफलता दिलाउँदा विद्यालय जिवनको स्मरण गरेका छन । उनले यही खेलकुद ग्राउनमा १८ बर्ष अघि शैलेश्वर माविको नेतृत्व गरेर जिल्लाकै विद्यालय उत्कृष्ठ बनाएको र अहिले विभागिय एपिएफ टिमको नेतृत्व गर्दा पनि जिताउन सफल भएको बताए ।

‘फाईनलमा हामीले पहिलो सेट गुमायौँ, त्यसबाट हामी हतोत्साहित भएनौँ, उनले भने, ‘हामीसंग अनुभव छ, फरक फरक टिमसंग आ–आफ्नै रणनीति अनुरुप हामीले खेल्छौँ, हाम्रो टिमका सबै खेलाडीको अत्यधिक मेहनतले जित्न सफल भयौँ ।’ गिरीको सफलताले उनका घर परिवार, विद्यालय, गाँउले सहित साथिभाई विभाग समेत हर्षित भएका छन ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

काठमाडौको तीनकुनेमा शुक्रबार राजावादी समर्थक र प्रहरी बिच भएको झडपमा एकजना पत्रकारको मृत्यु भएको छ। भवनको छतमा चढेर टेलिभिजनका लाग...
कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

दक्षिण कोरियाको उत्तर ग्यङ्साङ प्रान्तको उईसङमा गएको हप्ता सुरु भएका वन डढेलोले कम्तीमा १८ जनाको ज्यान लिएको छ र बलियो हावा र ...
प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

कालीकोटको रास्कोट नगरपालिकाको बडीमालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कृष्णप्रसाद बरालले फेसबुकमा नगरप्रमुख धर्मराज शाहीको प्...
सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search