Naya Update

बियर खाएको पैसा तिर्ने विषय नमिल्दा साथीको हत्या

Advertisement

धनुषामा एक युवकको हत्या भएको छ। जनकनन्दनी गाउँपालिका–२ स्थित भारतीय सीमा भन्दा ५० मिटरको दूरीमा रहेको आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको हत्या भएको हो।

बिहीबार राति बियर खाएर साथीहरूबीच सामान्य विवादकै क्रममा साथीले उनको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। हत्या आरोपमा सोही ठाउँमा बस्ने मृतकका दुई साथीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफ छन्।

प्रहरीका अनुसार रोजा सकेर तीनै जना बियर खान गएको फर्किने बेला त्यो पैसा तिर्ने विषयमा भनाभन हुँदा एकजनाले चक्कु निकालेर घाँटीमा प्रहार गरेका थिए। गम्भीर घाइते भएका कैफलाई परिवारले उपचारका लागि भारतको जयनगर पुर्याएको थियो।

उपचारको क्रममा राति २ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। हत्या आरोपी दुबै जनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Array

छुटाउनुभयो कि ?

कतारसँग विभिन्न विषयका समझदारीपत्रहरू स्वीकृत गर्ने सरकारको तयारी

कतारसँग विभिन्न विषयका समझदारीपत्रहरू स्वीकृत गर्ने सरकारको तयारी

सरकारको तयारी सरकारले कतारसँग हुने विभिन्न विषयका समझदारीपत्रहरू स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार मन्त्रिपरिषद्का निर्णय स...
२५६८औं बुद्ध जयन्तीको अवसरमा कोरियामा भब्य कार्यक्रमको तयारी

२५६८औं बुद्ध जयन्तीको अवसरमा कोरियामा भब्य कार्यक्रमको तयारी

दक्षिण कोरियामा २५६८औं बुद्ध जयन्तीको अवसरमा आगामी मे ११ तारिख(बैशाख २९) मा 'लोटस लालटेन परेड' नामक कार्यक्रमको आयोजना हुने भए...
एसिसी प्रमियर कपमा नेपाल आज मलेसिया विरुद्ध मैदानमा उत्रदै

एसिसी प्रमियर कपमा नेपाल आज मलेसिया विरुद्ध मैदानमा उत्रदै

ओमानमा आजदेखि सुरू हुन लागेको एसिसी प्रिमियर कममा नेपालले आज मलेसियासँग खेल्दैछ। प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले पहिलो खेल ...
सुदूरपश्चिममा १५ लाख पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा १५ लाख पाठ्यपुस्तक बिक्री

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म सुदूरपश्चिममा १५ लाख ११ हजार थान पाठ्यपुस्तक बिक्री वितरण गर...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search