Naya Update

विद्युतीय कारोबारमा हुने ठगी रोकथामका लागि अन्तरक्रिया कार्यक्रम हुँदै

Advertisement

दक्षिण कोरियामा सक्रिय नेपालीद्वारा सञ्चालित सुदूरपश्चिम समाज दक्षिण कोरियाले विद्युतीय कारोबारमा हुने ठगी रोकथाम बारे सचेतता गराउन सनिवार अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ।

बुधबार सुदुरपश्चिम् समाज कोरियाले सूचना जारी गर्दै विद्युतीय कारोबार अन्तर्गत बित्तीय तथा बैंकिङ ठगी रोकथाम सम्बन्धि सचेतताका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको जनाएको हो। समाजले आउँदो अप्रिल ६ मा साँझ ७ बजे भर्चुअल माध्यम ‘जुम’ बाट कार्यक्रमको आयोजना गर्दैछ।

कार्यक्रममा अन्तरक्रियाका लागि ग्लोबल आईयामई बैंक कोरिया शाखाका प्रमुख ईश्वर धामीलाई निमन्त्रणा गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा बैंकिङ कसुर तथा सजाय र सुरक्षित बैंकिङ तथा रेमिट्यान्स सम्बन्धित लगायत अन्य विद्युतीय कारोबार सम्बन्धि विविध पक्षमा अन्तरक्रिया हुने आयोजकले नयाँ अपडेटलाई जनाएको छ।

आयोजकले कार्यक्रममा सहभागी हुन कोरिया स्थित नेपाली नागरिकहरुमा अपिल गरेको छ। जसका लागि ‘जुम’ मार्फत कार्यक्रममा जोडिन आइडी तथा पासवर्ड सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

तिनकुने झडपमा परी एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजतको मृत्यु

काठमाडौको तीनकुनेमा शुक्रबार राजावादी समर्थक र प्रहरी बिच भएको झडपमा एकजना पत्रकारको मृत्यु भएको छ। भवनको छतमा चढेर टेलिभिजनका लाग...
कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

दक्षिण कोरियाको उत्तर ग्यङ्साङ प्रान्तको उईसङमा गएको हप्ता सुरु भएका वन डढेलोले कम्तीमा १८ जनाको ज्यान लिएको छ र बलियो हावा र ...
प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा

कालीकोटको रास्कोट नगरपालिकाको बडीमालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कृष्णप्रसाद बरालले फेसबुकमा नगरप्रमुख धर्मराज शाहीको प्...
सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

सुप विश्वविद्यालय स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार खड्काको चुनावी घोषणापत्र सार्वजनिक

धिरेन्द्र भट्ट/कंचनपुर: सुदूरपश्चिम विश्वविद्यालयमा आगामी चैत २७ मा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सभापतिम...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search