Naya Update

कक्षा १२ को नतिजा २०८० : रौलेश्वर बेलडाँडी पालिकामै प्रथम

Advertisement

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको हो। गत बैशाख दोस्रो सातादेखि परीक्षा संचालन भएको कक्षा १२ को साउन १८ गते साझ परीक्षाफल प्रकाशित गरेको थियो।

कक्षा १२ को परीक्षामा बेलडाँडीको रौलेश्वर माध्यामिक विद्यालय पालिकामै प्रथम भएको छ। बेलडाँडी गाँउपालिकामा कक्षा १२ को परीक्षमा तीन मात्रै सामुदायिक विद्यालय सहभागि भएका थिए। उक्त तीन विद्यालयको तथ्याङ्क अनुसार रौलेश्वर माध्यामिक विद्यालय पालिकामै प्रथम भएको छ।

बेलडाँडी गाँउपालिका २ रौलेश्वर माविले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कुल ६७ मा २६ विद्यार्थी उर्तिण भएका छन। एक मात्रै विषय लागेका २०, दुई विषय लागेका १६ र २ भन्दा बढी विषय लागेका ५ विद्यार्थी रहेका छन।

बेलडाँडी गाँउपालिका वडा न. ४ वैवाहको सरस्वती जनता माविमा ६५ विद्यार्थीमा १४ विद्यार्थी उर्तिण भएका छन। सरस्वती जनता माविका प्रद्यानाध्यापक दिपक बुढाले ६५ विद्यार्थीमा १४ विद्यार्थी उर्तिण भएको बताए। प्रअ बुढाले बाँकी १ र २ विषय लागेका विद्यार्थीको विवरण निकाल्न बाँकी रहेको बताए।

बेलडाँडी गाँउपालिका वडा न. ५ ईमलियाको गणेश माविका १० विद्यार्थी मध्ये २ मात्रै उर्तिण भएका छन। गणेश माविका प्रद्यानाध्यापक जनक थापाले विद्यालयबाट १० मध्ये २ विद्यार्थी उर्तिण भएको र बाँकी १ र २ विषय लागेका विद्यार्थीको विवरण निकाल्न बाँकी रहेको बताए।

कक्षा १२ को मौका(पुरक) परीक्षा भाद्र २५ र २६ गते हुने राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारि गरेको छ। जसमा दुई विषय सम्म लागेका विद्यार्थीले मौका (पुरक) परीक्षामा सहभागी हुने छन्।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण ) भएका छन्।

नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन्। यसैगरी ग्रेड वृद्धितर्फ २०७८/७९ का २८.२६ प्रतिशत पास भएका छन्  भने २०७६/०७७ का ६२.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा कुल चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए। यो वर्ष पहिलो पटक स्वचालित छनोट प्रणालीको प्रयोग गरेर परीक्षा केन्द्र निर्धारण गरेको थियो। २०७९ सालमा ५१.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए  भने २०७८ सालमा ४६.४ प्रतिशत विद्यार्थी पास भएका थिए।

बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार परीक्षा सञ्चालन गर्दै आएको छ। जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने हुन्छ। ३५ प्रतिशत अंक भन्दा कम आउने विद्यार्थीको नतिजा एनजी आउँछ।

माध्यमिक शिक्षाका लागि २०७८ सालमा नै लेटर ग्रेडिङ निर्देशिका लागू भएको थियो। यस अघिसम्म कक्षा १२ को नतिजा मात्रै उक्त निर्देशिका अनुसार सार्वजनिक हुँदै आएको थियो।  २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा त्यही निर्देशिका अनुसार सार्वजनिक भएको थियो।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अमेरिका पुगाउने प्रलोभन देखाइ रकम ठगिको आरोपमा कंचनपुरका एक युवक पक्राउ

अमेरिका पुगाउने प्रलोभन देखाइ रकम ठगिको आरोपमा कंचनपुरका एक युवक पक्राउ

वैदेशिक राेजगारीकाे प्रलोभन देखाएर ठगी गरेकाे आराेपमा कञ्चनपुरका एक युवक पक्राउ परेका छन्। वैदेशिक रोजगारीमा अमेरिका पठाइदिन्छु भन...
देवकोटाको अध्यक्षतामा बर्दिया सम्पर्क समिति कोरियाको नयाँ कार्यसमिति गठन

देवकोटाको अध्यक्षतामा बर्दिया सम्पर्क समिति कोरियाको नयाँ कार्यसमिति गठन

भरत देवकोटाको अध्यक्षतामा बर्दिया सम्पर्क समिति दक्षिण कोरियाको नयाँ कार्यसमिति गठन भएको छ। मंगलबार सम्पन्न समितिको पाचौं अधिव...
वि.सं. २०८२ को दूर्वाष्टमी (गोरा पर्व) भाद्रशुक्लपक्षमा पर्ने!

वि.सं. २०८२ को दूर्वाष्टमी (गोरा पर्व) भाद्रशुक्लपक्षमा पर्ने!

प्रा.डा.प्रमोदवर्धन काैण्डिन्न्यायन विगत १५ वर्षदेखि काठमाडाैँस्थित स्वाध्यायशालाबाट प्रकाशन हुँदै आए‌को वैदिकतिथिपत्र (वै...
‍रोस्टरमा रहेका नेपाली श्रमिकलाई छिटो कोरिया लैजान श्रममन्त्रीको राजदूत पार्कलाई आग्रह

‍रोस्टरमा रहेका नेपाली श्रमिकलाई छिटो कोरिया लैजान श्रममन्त्रीको राजदूत पार्कलाई आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताई योङबीच शिष्टाचार भेट भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search