Naya Update

पत्रकार महासंघ कोरियाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रमको सम्पूर्ण तयारी पुरा

Advertisement

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाद्वारा आयोजना हुनगइरहेको साधारणसभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमको तयारी पुरा भएको छ। आईतबार संस्थाका उपाध्यक्ष केशव पोखरेलले कार्यक्रमको ब्यबस्थापन लगायत सम्पूर्ण तयारी पुरा भईसकेको नयाँ अपडेट सँगको कुराकानीमा बताए।

 

सन् २००७ मा स्थापना भएको नेपाल पत्रकार महासंघको दक्षिण कोरिया शाखाले पत्रकारिता क्षेत्रसँग सम्बन्धित तथा अन्य समाजिक विषयहरुमा बैठक, भेला, सभा, सम्मेलन, गोष्ठि, अन्तरक्रिया, प्रशिक्षण लगायतका विभिन्न रचनात्मक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ।

 

कार्यक्रमको उदघाटनका लागि नेपाल लगायत विश्वभर छरिएर रहेका नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको केन्द्रीय प्रतिनिधि, दक्षिण कोरियाका लागि नेपाली राजदुतावासका श्रम काउन्सेलर मैया कंडेल लगायत नेपाली संघ संस्थाका प्रतिनिधिहरु एवं कोरियाली समुदायका विशिष्ट व्यक्तित्वहरु कार्यक्रममा सहभागि हुने महासचिव बासुदेव भट्टले जानकारी दिए l

 

कार्यक्रममा कोरियामा रहेर देश र समुदायका लागि महत्वपूर्ण योगदान पुर्याएका ब्यक्ति हरुलाई सम्मान साथै उक्त कार्यक्रमले यहाँ रहेका नेपाली श्रमिक र बिध्यार्थीहरुको लागि कोरियाको बसाईं सहज र सरल बनाउनका लागि ठुलो भुमिका खेल्ने संस्थाका कार्यबाहक अध्यक्ष सन्तोष खड्काले बताएका छन्।

मार्च ९ तारिख आईतवार राजधानी सौल स्थित दोङ्देमुनको से-माउल बैङ्कको पाचौ तलामा आयोजना हुन गईरहेको कार्यक्रममा ३०० भन्दा बढि नेपाली समुदायको उपस्थिति रहने अपेक्षा रहेको समेत खड्काले बताए।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पत्रकार महासंघ कोरिया शाखाको साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले "साधारण सभा तथा नेपाली श्रमिकको अवस्था र पत्रकार महासंघको भुमिका" बिषयक बृहत् अन्तरक्र...
पिता र माता(बा र आमा) बराबर हैनन्!

पिता र माता(बा र आमा) बराबर हैनन्!

डा.सम्मोद आचार्य/काठमाडौं पिता र माता (बा र आमा) बराबर हैनन्!  बा भन्दा आमा १००० गुना माननीया हुन्। समानता भनेर मीठो शब्दजालले ...
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कस्तो छ कार्यसूची?

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद स...
एकीकृत समाजवादीका स्याङ्जा जिल्ला अध्यक्ष गिरी बलात्कार अभियोगमा पक्राउ

एकीकृत समाजवादीका स्याङ्जा जिल्ला अध्यक्ष गिरी बलात्कार अभियोगमा पक्राउ

जबरजस्ती करणीको आरोपमा नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ परेका छन्।...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search