२३ आश्विन २०८० ०८:४१
२३ आश्विन २०८० ०८:४१
गाजा, २३ असोज । इजरायली सेनाले आफ्ना सयौँ मानिसको मृत्युको बदला लिन हमासलाई नक्साबाट मेटाउन खोजेको देखिन्छ। त्यसैले इजरायली सेनाले एकपछि अर्को हवाई हमला गर्दै हमासको स्थानलाई निशाना बनाउँदै आएको छ । यसबाहेक हमासले बन्धक बनाएका मानिसहरूलाई रिहा गर्न पनि इजरायलको जोड छ। इजरायली सेनाले गाजा सीमामा प्यालेस्टाइनीहरू माथि विनाश मच्चाइरहेको छ। हमला भएको तीन दिनभन्दा बढी समय बितिसक्दा पनि इजरायली सेनाले प्यालेस्टाइन र हमासका निशानामा तीव्र हमला गरिरहेको छ । इजरायलको द्रुत आक्रमणले प्यालेस्टाइन र हमासलाई स्तब्ध बनाएको छ। तर के तपाईँलाई थाहा छ यो द्वन्द्वको मूल कारण गाजापट्टी पनि हो, जुन मात्रै ४१ किलोमिटर लामो जमिन…