Naya Update

अन्तर्राष्ट्रिय

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

कोरियामा वन डढेलो फैलिँदा कम्तीमा १८ जनाको मृत्यू 

दक्षिण कोरियाको उत्तर ग्यङ्साङ प्रान्तको उईसङमा गएको हप्ता सुरु भएका वन डढेलोले कम्तीमा १८ जनाको ज्यान लिएको छ र बलियो हावा र सुख्खा मौसमका कारण नियन्त्रण गर्न गाह्रो भएको छ। यसले गर्दा आगलागीबाट प्रभावित क्षेत्रको कुल क्षेत्रफल निर्धारण गर्न कठिन भइरहेको छ। सरकारी स्रोतका अनुसार कुल २३,४९१ जनालाई सुरक्षित स्थानमा सारिएको छ, जसमा उईसङका २,९७५, अन्डोङका ६,९३७, चङसङका १३,३९१, यङयाङका ९८० र यङदोकका २,२०८ जना छन्। उनीहरूलाई उईसङ इनडोर जिम्नेसियम वा नजिकैका विद्यालयहरूमा सारिएको छ।
Read More
भारतको मणिपुरमा राष्ट्रपतिय शासन लागू

भारतको मणिपुरमा राष्ट्रपतिय शासन लागू

भारतको मणिपुर राज्यमा राष्ट्रपति शासन लागू भएको छ। केन्द्रीय गृह मन्त्रालयले सूचना गर्दै मणिपुरमा राष्ट्रपति शासन लागू भएको जानकारी दिएको छ। गत आइतबार मुख्यमन्त्री बीरेन सिंहले राजीनामा दिएका थिए। यसअघि, आइतबार मुख्यमन्त्री एन बिरेन सिंहले पदबाट राजीनामा दिएका थिए। राज्यमा लामो समयदेखि जातीय हिंसा जारी रहेकाले उनी हिंसा नियन्त्रण गर्न असफल भएको आरोप लाग्दै आएको थियो। मुख्यमन्त्री हटाउन माग गर्दै मणिपुरका १९ भाजपा सांसदले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएका थिए। पत्रमा सभामुख थोकचोम सत्यव्रत सिंह, मन्त्री थोङ्गम विश्वजित सिंह र युमनम खेमचन्द सिंहको हस्ताक्षर रहेको थियो। मणिपुरमा लामो समयदेखि मैतेई र कुकी समुदायबीच हिंसाले जारी रहेको छ। सोही कारण पनि…
Read More
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

भारतका चर्चित उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ। बुधबार राति मुम्बईको एक अस्पताल उनको निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मुम्बईस्थित एक अस्पतालमा सोमबार भर्ना गरिएको थियो। उपचारको क्रममा उनको निधन भएको हो।  रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो। भारत सरकारले रतन टाटालाई पद्म विभूषणबाट सम्मान गरेको थियो।
Read More
हङकङमा विद्यार्थीमाथि निर्घात कुटपिट गर्ने शिक्षक पक्राउ

हङकङमा विद्यार्थीमाथि निर्घात कुटपिट गर्ने शिक्षक पक्राउ

हङकङमा विद्यार्थीको हड्डी टुट्ने गरी कुट्ने शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। हङकङ ताओइस्ट एसोसिएसन द युन युन इन्स्टिच्युट नम्बर २ माध्यमिक विद्यालयमा उक्त घटना घटेको हो। बुधबार विद्यालयको वार्षिक खेलकुद कार्यक्रम चलिरहेको थियो। यही क्रममा एक छात्राले आफ्नो शैक्षिक नतिजाको विषयलाई लिएर सहपाठीले खिल्ली उडाएको गुनासो गरिन्। यसपछि मध्यस्थता गर्न पुगेका शिक्षकले छात्रलाई शारीरिक हानि हुने गरी कारवाही गरेका हुन्। स्रोतका अनुसार, शिक्षकले १५ वर्षीय छात्रलाई घाँटीमा समातेर भुइँमा धकेलिदिएका थिए। बाहिरी चोट नदेखिएका कारण तुरुन्त चिकित्सातर्फ ध्यान नदिएका छात्रले घटनाबारे घरमा बताएपछि भित्री भागमा चोट लागेको खुलेको हो। उनले आफ्नी आमालाई उक्त कुरा बताएपछि चेकजाँचका लागि अस्पताल लगिएको थियो।…
Read More
इजरायलद्वारा गाजामा पुनः हवाई आक्रमण, १९ जनाको मृत्यु

इजरायलद्वारा गाजामा पुनः हवाई आक्रमण, १९ जनाको मृत्यु

इजरायलले गाजाको मानवबस्तीमा गरेको हवाई आक्रमणमा परी महिला र बालबालिकासहित १९ जनाको मृत्यु भएको छ। त्यहाँको नागरिक सुरक्षा विभागका अनुसार एकै घरका ११ सहित १९ जनाको मृत्यु भएको हो। उत्तरपश्चिमी गाजा सहरमा दार अल-अर्काम विद्यालय नजिकै मानिसको भीडमा हवाई आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार दशौँ हजार विस्थापित प्यालेस्टिनीहरूले शरण लिएको दक्षिणी खान युनिस प्रान्तको अल–मवासी क्षेत्रमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ।
Read More
दक्षिण कोरियाको घट्दो जन्मदर बृद्धि गर्न सरकारका अनेक योजनाहरू असफल

दक्षिण कोरियाको घट्दो जन्मदर बृद्धि गर्न सरकारका अनेक योजनाहरू असफल

दक्षिण कोरियामा जन्मदर तीव्र गतिमा घटिरहेको छ । यस समस्यालाई रोक्न सरकारले गरेका विभिन्न प्रयासहरू अहिलेसम्म पर्याप्त सफल हुन सकेका छैनन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दक्षिण कोरियाले विगत केही वर्षदेखि आफ्ना युवाहरूलाई सन्तान जन्माउन प्रोत्साहित गर्नका लागि अनगिन्ती पहल गरेको छ, तर यस प्रयासको अझै सफलता हात पारेको छैन । २०२३ को अन्त्यसम्म, दक्षिण कोरियाको जन्मदर प्रति हजार जनसङ्ख्या ०.७५ रहेको थियो । जुन विश्वभरिका सबैभन्दा कम जन्मदरमध्ये एक हो । यस वर्षको पहिलो त्रैमासिकमा पनि जन्मदर अझै बढ्न नसकेको रिपोर्ट सार्वजनिक भएको छ । अत्यन्त कम जन्मदर दक्षिण कोरियामा लामो समयदेखि चलिरहेको समस्या हो । जसले जनसाङ्ख्यिक र सामाजिक…
Read More
पाकिस्तानी गुप्तचर संस्था पूर्व प्रमुख हामीद पक्राउ

पाकिस्तानी गुप्तचर संस्था पूर्व प्रमुख हामीद पक्राउ

पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईका पूर्व प्रमुख लेफ्टिनेन्ट जनरल फैज हमीद पक्राउ परेका छन। पाकिस्तानी सेनाले आवास घोटाला प्रकरणमा उनलाई अगस्ट १२ मा पक्राउ गरेको जानकारी दिएको छ। पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछि फैजविरुद्ध यो कारबाही गरिएको सेनाले जनाएको छ। पाकिस्तानी समाचार संस्थाका अनुसार सेनाले उनी माथी कोर्ट मार्सल सुरु गरेको छ। फैजलाई पूर्व प्रधानमन्त्री इमरान खानको नजिकका मानिदैँ आएको छ । पाकिस्तानको इतिहासमा आईएसआईका पूर्व प्रमुखलाई कुनै मुद्दामा पक्राउ गरिएको यो पहिलो पटक हो। गत वर्ष नोभेम्बर १४ मा पाकिस्तानी सर्वोच्च अदालतले आफ्नो आदेशमा फैज हमीद विरुद्धको आरोपलाई नजरअन्दाज गर्न नसकिने बताएको थियो। यो आरोप निकै गम्भीर छ। अदालतले यदि फैज…
Read More
धोनीद्वारा चेन्नईको कप्तानीबाट राजिनामा, गायकवाड बने नयाँ कप्तान

धोनीद्वारा चेन्नईको कप्तानीबाट राजिनामा, गायकवाड बने नयाँ कप्तान

धिरेन्द्र भट्ट। चैत ८ इन्डियन प्रिमियर लिग(आईपिएल) टिम चेन्नई सुपर किङ्सको कप्तानीबाट महेन्द्र सिंह धोनीले राजिनामा दिएका छन्। बिहिवार टिम कप्तानहरु सँग आईपिएल ट्रफी प्रदर्सन कार्यक्रममा चेन्नईको तर्फबाट रुतुराज गायकवाड उपस्थित भएका थिए। गत मार्च ४ मा धोनिले इन्स्टाग्रा पोस्ट मार्फत नयाँ सिजनमा नयाँ भुमिकाका साथ आउने उद्घोष गरेका थिए। उनले लेखेका थिए, 'नयाँ सिजन र नयाँ 'भूमिका' को लागि पर्खिन सक्दिन। सम्पर्कमा रहनुहोस्।' उनको उक्त स्टाटस र आजको कार्यक्रममा उनको अनुपस्थितले चेन्नईको धोनीले कप्तानीबाट राजीनामा गरेको संकेत देखाएको छ। यस्तै नयाँ सिजन सुरुहुन अगाडि नै उनले २०२४ को आइपिएल संस्करण उनको अन्तिम हुने संकेत गरिसकेका छन्। धोनी सन् २००८…
Read More
पाँच हजार चिकित्सकको लाइसेन्स निलम्बन गर्ने कोरियाली सरकारको चेतावनी

पाँच हजार चिकित्सकको लाइसेन्स निलम्बन गर्ने कोरियाली सरकारको चेतावनी

दक्षिण कोरियाले सरकारी चिकित्सा प्रशिक्षण सुधारको विरोधमा राजीनामा दिएका र काम गर्न छाडेका चार हजार ९०० जुनियर चिकित्सकको मेडिकल लाइसेन्स निलम्बन गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ ।चिकित्सकहरूको सङ्ख्या बढाउने सरकारी योजनाको विरोधमा फेब्रुअरी २० देखि सुरु भएको हड्तालले दक्षिण कोरियामा चिकित्सकको अभाव र दक्षिण कोरियाको बढ्दो वृद्ध जनसङ्ख्याको सामना गर्न आवश्यक जनशक्तिको अभाव भएको छ । चिकित्सकहरूले सरकारी योजनाले चिकित्सकीय सेवाको गुणस्तर घटाउने तर्क गरेका छन् । सरकारको कार्यादेश र कानुनी कारबाहीको धम्कीको बावजुद करिब १२ हजार जुनियर चिकित्सक अर्थात् प्रशिक्षार्थी चिकित्सककोे ९३ प्रतिशत सरकारको अन्तिम गणनामा उनीहरूको अस्पतालमा सेवारत छैनन् । प्रशिक्षार्थी चिकित्सकको आन्दोलनले सियोललाई लाखौं डलर राज्यको…
Read More
विराट र अनुष्का दोस्रो सन्तानको पर्खाइमा

विराट र अनुष्का दोस्रो सन्तानको पर्खाइमा

बलिउड अभिनेत्री अनुष्का सर्मा र चर्चित क्रिकेटर विराट कोहली छिट्टै नै दोस्रो सन्तानको अभिभावक बन्ने पक्का भएको छ। दक्षिण अफ्रिकी पूर्व क्रिकेटर ए.बि डिविलियर्सले इन्स्टाग्राम लाइभमा आफ्ना फ्यानहरुसँग विराट र अनुष्का दोस्रो सन्तानको पर्खाइमा रहेको खुलासा गरेका हुन्। डिविलियर्स विराट आवद्ध रहेको रोयल च्यालेन्जर्स ब्याङ्गलोर क्लबका पूर्व खेलाडी एवं उनका मित्र समेत हुन्। ती क्रिकेटरले आफ्ना फ्यानसँगको विशेष कुराकानीमा यो कुरा भनेपछि विराट कोहली र अनुष्का शर्माका फ्यानहरू खुसीले उफ्रिरहेका छन्। शनिबार भारत र इङ्ल्यान्डबीच भएको ५ म्याचको श्रृंखलाबारे बुझ्न आफूले विराट कोहलीलाई फोन गरेको डिभिलियर्सले जनाए। सो क्रममा उनले कोहली ठीकठाक रहेको, परिवारसँग समय बिताउँदै बसेको तथा कोहली दम्पती…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search