Naya Update

Day: ९ पुष २०८० १५:३४

प्रधानमन्त्रीले मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

९ पौष, काठमाण्डौं -  प्रधानमन्त्री पुष्पकमल दाहालले  तेस्रोपटक  प्रधानमन्त्री बनेको एक वर्ष पुगेको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो ३ बजे सम्बोधन हुनेछ । गत वर्ष पुस १० मा उनी एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । एमालेसँगको गठबन्धन दुई महिनामै भत्केपछि उनी कांग्रेसकोसहितका दलको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन् । एक वर्षमा सरकारका मन्त्री र सचिवहरूले सोचेअनुरूप काम गर्न नसकेको गुनासो प्रधानमन्त्री प्रचण्डको छ।
Read More
प्रहरीले खुलायो बीपी राजमार्ग

प्रहरीले खुलायो बीपी राजमार्ग

९ पौष, सिन्धुली - दुर्घटनामा परी दुई जनाको मृत्युपछि आक्रोशित स्थानीय तथा यात्रुले बसमा आगजनी गरेर अवरोध भएको बीपी राजमार्ग प्रहरीले खुलाएको छ । सोमबार बिहान दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएपछि आक्रोशित स्थानीय तथा यात्रुले बसमा आगजनी गरेर सडक अवरुद्ध पारेका थिए । बीपी राजमार्ग अन्तर्गत सुनकोसी गाउँपालिका-३ बोहोरेटारमा बस र मोटरसाइकल एकआपसमा ठक्किँदा मोटरसाइकल चालक खोटाङ तुवाचुङ नपा-२ का २० वर्षीय सुशन राई र पछाडि सवार खोटाङ दिक्तेल नगरपालिका-१० की १८ वर्षीया मुनाकला राईको मृत्यु भएको थियो ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search