२१ मंसिर २०८२ १८:१४
२१ मंसिर २०८२ १८:१४
दक्षिण कोरियामा क्रियाशील सुदूरपश्चिम समाजले आगामी जनवरी १८ मा आफ्नो १९औँ साधारण सभा तथा अधिवेशन भव्य रूपमा सम्पन्न गर्ने तयारी गरेको छ। वर्षभरि सम्पन्न भएका गतिविधिको समग्र समीक्षा, समुदायमुखी कार्यक्रमहरूको प्रभावकारिता मूल्याङ्कन र आगामी वर्षका दीर्घकालीन योजनाहरू तय गर्ने उद्देश्यले सभाको आयोजना गरिएको समाजले जानकारी दिएको छ। समुदायलाई अझ संगठित र सबल बनाउने अभिप्रायले समाजले कोरियामा बस्दै आउनुभएका सुदूरपश्चिम क्षेत्रका सम्पूर्ण दाजुभाइ–दिदीबहिनीहरूलाई साधारण सदस्यता लिएर सहभागिता जनाउन विशेष अपिल गरेको छ। सदस्यता विस्तार समाजको संस्थागत सुदृढीकरण र सामुदायिक सहभागितामा महत्वपूर्ण भूमिका रहने अध्यक्ष महेश भट्टले बताए। कार्यक्रमका विस्तृत विवरणहरू समाजले चाँडै नै औपचारिक रूपमा सार्वजनिक गर्ने जनाएको छ। सन् २००५…