Naya Update

प्रमुख समाचार

कोरिया जाने श्रमिकहरूको उडानमा ढिलाइ हुँदा भिसा रद्ध हुने जोखिम

कोरिया जाने श्रमिकहरूको उडानमा ढिलाइ हुँदा भिसा रद्ध हुने जोखिम

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जाने श्रमिकहरूले उडानमा ढिलाइ भएको जनाएका छन्। भिसा आइसकेको तर, उडान तालिका नआउँदा आफूहरू मर्कामा परेको सम्बन्धित श्रमिकको भनाइ छ। ईपीएस अन्तर्गत छनोट भएर सबै प्रक्रिया पूरा गरिसकेका तर, पर्याप्त उडान उपलब्ध नहुँदा आफूहरू जान नपाएको बताएका हुन्। एक श्रमिकले उडानमा ढिलाइ हुँदा भिसा रद्ध हुने अवस्था आएको बताए । एक हजार ७०० को सङ्ख्यामा आफूहरू उडान तालिकाको पर्खाइमा रहेको ती श्रमिकको भनाइ छ। ‘नेपाल सरकार र दक्षिण कोरियाली सरकारबिचको सम्झौताअनुसार श्रमिकहरू निश्चित समयसीमाभित्र रोजगारदातासँग आबद्ध हुनुपर्ने हुन्छ। तर, हाल उडान सङ्ख्या अत्यन्त कम हुँदा १७०० भन्दा बढी नेपाली श्रमिकहरू अन्योलमा परेका छौँ,’ ती…
Read More

एनआरएनए एकताको महाधिवेशन नयाँ विधान अनुमोदन गर्ने समेत अवसर हो: डा. शेष घले संगको अन्तरवार्ता (भिडियो)

डा.शेष घलेले गैर आवासीय नेपाली संघ(एनआरएनए) आईसीसीमा सन् २०१३ देखि दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । संघभित्र सन् २०२१ सम्पन्न १० औं महाधिवेशनबाट विवाद देखिदैं आएर ११ औं महाधिवेशनमा आइपुग्दा संघ विभाजित अवस्था पुगेपछि सर्वोच्च अदालतको आदेश र परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार डा.घलेलाई एकताको महाधिवेशन गराउने जिम्मेवारी थपिएको छ । डा.घलेसहित १३ सदस्यीय उच्चस्तरीय समिति समेत बनेको छ । काठमाडौँमा आगामी २०८२ वैशाख २० देखि २२ गते सम्म (मे ३–५, २०२५) एकताको महाधिवेशन आयोजना गर्ने मिति तोकेर काम अघि बढाइएको डा.घलेको भनाइ छ । सर्वोेच्चको दुईवटा अलग अलग फैसलाका सवालमा फरक फरक व्याख्या र विश्लेषण भइरहँदा उनले एकताको महाधिवेशन…
Read More
शेष घले नेतृत्वको उच्चस्तरीय समितिद्वारा सदस्यता आह्वान, वेबसाइट सार्वजनिक

शेष घले नेतृत्वको उच्चस्तरीय समितिद्वारा सदस्यता आह्वान, वेबसाइट सार्वजनिक

सर्वोच्च अदालतको गत चैत्र २१ गतेको परमादेश अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले सदस्यता वितरण लगायतका कार्यहरू सहज बनाउन आफ्नै वेबसाइट सार्वजनिक गरेको छ। नयाँ वेबसाइट www.nrnahlc.com मार्फत गैरआवासीय नेपालीहरूलाई सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। सदस्यताका लागि आवेदन दिने अन्तिम मिति २८ फेब्रुअरी २०२५ तोकिएको छ । यद्यपि आवश्यक परे उच्चस्तरीय समितिले उक्त मिति थप गर्न सक्नेछ। एनआरएनए सदस्यता शुल्क सम्बन्धित राष्ट्रिय समन्वय परिषद् (एनसीसी) ले तोकेको दरअनुसार निर्धारण गरिनेछ। एनसीसी नभएका देशमा भने उच्चस्तरीय समितिले शुल्क निर्धारण गर्नेछ। नयाँ सदस्य तथा नवीकरण गराएका सदस्यहरूले ३-५ मे, २०२५…
Read More
प्रचण्डले गरे सर्वदलीय बैठकको आह्वान

प्रचण्डले गरे सर्वदलीय बैठकको आह्वान

पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक आह्वान गरेका छन्। ‘अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न’ सर्वदलीय बैठक आह्वान गरिएको प्रचण्डको सचिवालयले जनाएको छ। सर्वदलीय बैठक नेकपा माओवादी केन्द्रको कार्यालय सिंहदरबारमा आज बिहान १० बजे बोलाइएको छ। आजै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पनि सर्वदलीय बैठक आह्वान गरेका छन्।  सिंहले आह्वान गरेको सर्वदलीय बैठक दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने छ।  
Read More
न्यायाधीश नियुक्तिको विरोधमा नेपाल बार

न्यायाधीश नियुक्तिको विरोधमा नेपाल बार

नेपाल बार एशोसिएशन प्रधानन्यायाधीशले गैर संवैधानिक नियमावलीको आधारमा न्यायाधीश नियुक्ति गर्न खोजेको आरोप लगाउदै आन्दोलित भएको छ। बार एशोसिएशनले आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूहरुले विगत १ वर्षदेखि उठाउँदै आएको विषयलाई नजर अन्दाज गरी न्यायाधीश नियुक्ति गर्न खोजिएको बताएका हुन्। न्याय परिषद्ले २०८० असोज १ गते न्याय परिषद् नियमावली २०७४ मा संशोधन गरेको थियो। उक्त संशोधन संविधानको धारा १४१ को उपधारा १ र ३ सँग प्रत्यक्ष रुपमा बाझिएको छ। उक्त संशोधनले न्यायाधीशहरुको बरियतालाई उथलपुथल गरेको र न्यायलयको गरिमालाई घटाउने काम गरेको अध्यक्ष घिमिरेको दाबी छ। गैर संवैधानिक काम प्रधानन्यायाधीशको अध्यक्षताको न्याय परिषद्ले गरिराखेको अवस्थामा आफूहरुलाई न्यायाधीश…
Read More
टेलिफोन सेवा नियमित गर्न विद्युत् जडान सुरु

टेलिफोन सेवा नियमित गर्न विद्युत् जडान सुरु

सिमकोट गाउँपालिका–७ ओखरेनको पातिहाल्नमा रहेको नेपाल टेलिकमको सेवा २४सै घण्टा सञ्चालन गर्न विद्युत् सेवा जडान सुरु गरिएको छ। विद्युत जडानका लागि ट्रान्समिटर सुर्खेतबाट सिमकोट पुर्याइएसँगै विद्युत् सेवा जडानका लागि जनशक्ति खटाइएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए। खार्पुदोभानमा एक महिना रोकिएको तीन सय पाँच क्विन्टलको ट्रान्समिटर शनिबार जिल्ला प्रहरी कार्यालय र खार्पु दोजाम प्रहरीचौकी प्रहरीको सहयोगमा पुल तारेर सिमकोट ल्याइएको उनले बताए। नेपाल विद्युत् प्राधिकरण हुम्लाले ट्रान्समिटर राख्नका लागि दुईवटा विद्युत् पोल पनि उपलब्ध गराएको छ। सुर्खेतबाट सिमकोट हुँदै पातिहाल्नसम्मको ढुवानी उत्तरी नाम्खा र सिमकोट गाउँपालिकाले बहोर्ने अध्यक्ष भण्डारीले बताए। ट्रान्समिटरसहित प्राविधिकको टोली लिएर नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामा त्यहाँ…
Read More
दक्षिण कोरियाको घट्दो जन्मदर बृद्धि गर्न सरकारका अनेक योजनाहरू असफल

दक्षिण कोरियाको घट्दो जन्मदर बृद्धि गर्न सरकारका अनेक योजनाहरू असफल

दक्षिण कोरियामा जन्मदर तीव्र गतिमा घटिरहेको छ । यस समस्यालाई रोक्न सरकारले गरेका विभिन्न प्रयासहरू अहिलेसम्म पर्याप्त सफल हुन सकेका छैनन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दक्षिण कोरियाले विगत केही वर्षदेखि आफ्ना युवाहरूलाई सन्तान जन्माउन प्रोत्साहित गर्नका लागि अनगिन्ती पहल गरेको छ, तर यस प्रयासको अझै सफलता हात पारेको छैन । २०२३ को अन्त्यसम्म, दक्षिण कोरियाको जन्मदर प्रति हजार जनसङ्ख्या ०.७५ रहेको थियो । जुन विश्वभरिका सबैभन्दा कम जन्मदरमध्ये एक हो । यस वर्षको पहिलो त्रैमासिकमा पनि जन्मदर अझै बढ्न नसकेको रिपोर्ट सार्वजनिक भएको छ । अत्यन्त कम जन्मदर दक्षिण कोरियामा लामो समयदेखि चलिरहेको समस्या हो । जसले जनसाङ्ख्यिक र सामाजिक…
Read More
कोरियामा “सेती महाकाली देउडा साँझ भाग-५” आयोजनाको तयारी

कोरियामा “सेती महाकाली देउडा साँझ भाग-५” आयोजनाको तयारी

दक्षिण कोरियामा नेपालीहरुद्वारा संचालित संस्था सुदूरपश्चिम समाज दक्षिण कोरियाले आगामी सेप्टेम्बरमा "सेती महाकाली देउडा साँझ भाग-५" नामक सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। शुक्रबार सुदूरपश्चिम समाजले कोरियाको महान चाड छुसकको अवसर पारी सेप्टेम्बर १५ मा कार्यक्रमको आयोजना गर्न लागेको जनाएको हो। समाजले आफ्नो २० बर्षको इतिहासमा पहिलोपटक "हाम्रो गौरव हाम्रो सान हाम्रो संस्कृति हाम्रो पहिचान" भन्ने नारा जारी गरि कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रम आयोजनाको उद्देश्य सुदूरपश्चिमको भाषा, कला र संस्कृतिको संरक्षण, सम्बर्द्धन तथा अन्तरार्ष्ट्रिय स्तरमा प्रचारप्रसार तथा आपतकालीन राहतकोष स्थापमा रहेको आयोजक सुदूरपश्चिम समाजले बताएको छ। राजधानी सौलमा बेलुका ४ बजेदेखि राती २ बजेसम्म संचालन हुने कार्यक्रममा सहभागी भई…
Read More
कोरियामा श्रमिकहरुको आगामी बर्षको न्युनतम तलब निर्धारण

कोरियामा श्रमिकहरुको आगामी बर्षको न्युनतम तलब निर्धारण

इपिएस भाषा उत्तीर्ण गरि कोरियामा रहेका श्रमिकहरुको न्युनतम तलब निर्धारण भएको छ। न्युनतम तलब निर्धारण समितिको शुक्रबार बसेको ११औं बैठकले आगामी बर्ष सन् २०२५ का लागि न्युनतम तलब निर्धारण गरेको हो। कोरियामा सन् २०२५ को सबै श्रमिकको न्युनतम तलब प्रति घण्टा १० हजार ३० वोन निर्धारण भएको छ। यो तलब पछिल्लो बर्ष सन् २०२४ को लागि निर्धारण भएको तुलनामा १ सय ७० वोन (१.७%) ले बृद्दी भएको हो। यो निर्णय आगामी जनवरी १ बाट लागु हुनेगरी महिनामा २ सय ९ घण्टा काम गर्ने प्रवासी श्रमिक लगायत अन्य श्रमिकले न्युनतम तलब २० लाख ९६ हजार २ सय ७० वोन पाउनेछन। ज्याला…
Read More
सुशील प्याकुरेल द्वारा दक्षिण कोरियाको राजदूत बन्न अस्वीकार

सुशील प्याकुरेल द्वारा दक्षिण कोरियाको राजदूत बन्न अस्वीकार

मानव अधिकारकर्मी सुशील प्याकुरेलले दक्षिण कोरियाका लागि राजदूत बन्न सरकारले गरेको सिफारिस अस्वीकार गरेका छन्। प्याकुरेलले आइतबार प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’ लाई पत्र लेखेर राजदूत बन्न अस्वीकार गरेका हुन्। उनले पत्र पनि प्रधानमन्त्री कार्यालयमा दर्ता गराइसकेका छन्।   ‘मलाई दक्षिण कोरियाको राजदूत पदमा सिफारिस गर्नुअघि परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद् सचिवालयबाट कुनै सम्पर्क वा संकेतसमेत दिइएन,’ उनले पत्रमा उल्लेख गरेका छन्, ‘राजदूतजस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यदक्षता, रूचि, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थिति सम्बन्धी ज्ञानका विषयमा पूर्वविमर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु। यस सन्दर्भमा राजदूत नियुक्तिसम्बन्धि विगतमा सरकारले तय गरेको मापदण्ड…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search